BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

दुई / चार वर्षपछि सोचौला !

Published on: Thursday, August 18, 2011 // , ,

आधुनिकतासंगै आधा आकाश ढाकेका महिला चुल्हो चौकाको साँगुरो धेरालाई तोड्दै विश्वभरी छरिन थालेका छन् । पुरुष प्रधान समाज हाम्रो देशमा महिला भनेको पुरुषकै साहारमा ज्युनुपर्छ भन्ने मान्यता छ । पुरुषको अधिनमा रहेर काम गर्नुपर्छ र घरधन्दामा नै सिमित हुनुपर्छ भन्ने मान्यतालाई चुनौती दिदै महिलाहरु पनि हरेका क्षेत्रमा फैलिन थालेका छन् ।
यस्तै आट र अठोट लिएर आफ्नै खुटामा मा उभिएर केही गर्नुपर्छ भन्ने मान्यता बोकेर सरकारले अनुमति दिएको संस्थागत क्षेत्रमा काम गर्न आउने महिलाहरुको संख्या दिनानुदिन बढदै गएको छ । जसको लागि खाडी मुलुक कतार पनि एउटा गन्तब्य बनेको छ ।
कतारमा कार्यरत महिलाहरु मध्य एक हुन ललितपुर थसिखेल की ३५ वर्षिया अन्नपूर्ण पन्थ । ०५१ देखी बैदेशीक रोजगारको लागि प्रकृया चाले पनि २०६२ सालमा बल्ल साइत जुरेको बताउने अन्नपूर्ण उई केयर कम्पनीमा क्लिनरमा आएकी हुन । ४ वर्षको बसाई पछि १ महिनाको छुट्टीमा घर गएर आएकी अविबाहित अन्नपूर्ण उक्त कम्पनीबाट रिलिज लिएर हाल अलदला  क्लिनिङ  कम्पनी कुकमा कार्यरत छिन ।
कतार आफ्नो  गन्तब्यको सोच नभएको बताउने अन्नपूर्ण आफुले सोचे र रोजे जस्तो नभएर लेखेको हुनेमा विश्वास गर्छिन् । तर कतारलाई भने उनले सुनेको र सोचेको भन्दा फरक रहेको पाईन् । कतार आउनु पूर्व प्रारम्भ फेसन गामेन्ट कम्पनीमा कार्यरत अन्नपूर्ण घरपरिवारको साथ सहयोगबाट नै कतार अँएकी हुन् ।
करीव १ सय ३० जना महिलाहरु कार्यरत उक्त क्लिनिङ कम्पनीमा हरेक चाडवाडहरु रमँइलो हुने अनुभव छ । चाडपर्व धुमधामले मनाउने भएकोले घरपरिवारको साथमा नै बसेको भानहुने बताउछिन् । हिन्दु महिलाहरुको महानपर्व तिज नजिकीदै छ । उक्त तिजमा कार्यक्रम गर्नको लागि दाजुभाईहरुसंग सरसल्लाह लिनको लागि उनीहरुले भेटघाट कार्यक्रम राखेका थिए । उक्त अवसरमा भेटीए की अन्नपूर्णसंग गरिएको कुराकानी । 
कतार आउनु पूर्व के गर्नुहुन्थ्यो ?
  • प्रारम्भ फेसन गामेन्ट कम्पनीमा काम गर्थे ।
विदेश आउने रहर कसरी पलायो त ?
  • स्वदेशमा काम गर्ने बातावरण नै छैन सधैको बन्दहडताल छ । म आÏनो खुट्टामा आफै उभिनुपर्छ भन्ने मान्यता राख्ने महिला हो । त्यसैले विदेशमा गएर केही दुःख गरियो भने भविष्य सुन्दर होला भन्ने आशा लिएर आएको हुँ ।
कस्तो लाग्यो त प्रदेशी जीवन ?
  • रमाईलो नै लागेको छ । करिव १ सय ३० नेपाली दिदीवहिनीहरु हुनुहुन्छ । कुनै चाडवाड आउदा दिदीवहिनीहरुको जन्मदिन आउदा रमाइलो गर्छौ । मलाई त प्रवासमा बसेको जस्तो भान पनि भएको छैन । निकै खुशी पो लागेको छ ।
खाडीमा कार्यरत महिलाहरुलाई सुरक्षित हुदैन भन्छन नी
  • त्यो गलत हो । घरेलु कामदारमा आउने महिलाहरुको लागि यस्तो होला । कम्पनीमा आउने महिलाहरुमा त्यस्तो हुदैन । आÏनै घरमा बरु हामी यति सुरक्षिँत हुदैनौ यहाँ भएका छौ ।
कतारमा नेपाली महिलाको अवस्था कस्तो पाउनु भएको छ
  • समग्रमा भन्नुपर्दा राम्रो नै छ । यहाँ आएर आफ्नो  काम अनुसारको दाम र सम्मान पाएका छन ।
कतार आएर के पाए के गुमाए जस्तो लाग्छ
  • यहाँ आएपछि आर्थिक पक्ष र सीप राम्रो भएको छ तर स्वदेशमा साथी भाईसंग टाढा हुनु परॆको छ ।
काम र तलवबाट सन्तुष्ट नै हुनुहुन्छ नी ?
  • सन्तुष्ट नै छु । जे छ त्यसैमा खुशी रहनु पर्छ हैन र ?
६ वर्षको वैदेशीक जीवन बेतित गरिसक्नु  भयो  अव त घरजम गरेर बसौ जस्तो लाग्दैन ?
  • अहिले सम्म त्यस्तो सोच आएको छैन । अझै २४ वर्ष दुःख गरौ अनि त्यो विषयमा सोचौला भन्ने लागेको छ ।
कतारमा रहेर पनि स्वदेशको के कुरा झलझली सम्झनु हुन्छ ?
  • बुबाआमा, घरपरिवार र साथीसंगीहरु ।
प्रस्तुती -;  राजेश्वर ढकाल

परिवार खुसी भएकोमा खुसी छु

तनहुँ सतिसरा-२ मा जन्मे हुर्केका चतुर अहमद कतार प्रवेश गर्दा मात्र १६ वर्षका थिए । १९८५ मा बैदेशीक रोजगारिको सिलसिलामा कतार प्रवेश गरेका उनी अरवियन लाहुरे बन्न पाउँदा निकै खुशी थिए । सरकारी कामको लागि ५ सय कतारी रियाल मासिक तलबको लागि १२ हजार खर्च गरेर कतार अँएका हुन । सुरुमा उनलाई अन्य देशका नागरिकहरुले नेपाल भनेको भारतको कुनै हिस्सा हो भन्दै सोध्ने गरेको तितो अनुभव पनि उनीसंग छ ।
                    उनी आउँदा कर्नेसमा भएको सेराटन होटलमा वेटरमा कार्यरत काठमाण्डौ निवासी ३ जना नेपाली मात्र थिए । उनीहरुलाई मुदिर मालिक ले सेराटनमा नेपाली छन भेट्न जाने हो भने हिड् भनेर लगिदिएका थिए । उनीहरुलाई भेट्दा खुशीले भक्कानिएको क्षण अहिले पनि उनको मानसपटलमा ताजा छ । हामी हरेक विहिवार भेटघाट गथ्र्यो फोनमा कुरा गथ्योकहिले उनीहरुकोमा बस्थ्यो त कहिले उनीहरु हामीकोमा पहिले नेपाली विच जुन आत्मियता थियो त्यो अहिले अलि कम भएको महशुष पनि उनले गरेका छन ।
                                        श्रीमती र ३ छोरीहरुको साथमा हाल तनहुँ डुम्रे बजार-१ लाई बस्दै अँएका अहमद कतार बसाई अब भने छोट्याउने सोचमा छन । आफुले पढ्न नसके पनि छोरीहरुलाई भने पढाउनकै लागि उनले बैक ब्यालेन्स पनि गरेका छन । २६ वर्ष प्रवासी जीवन बिताई सकेका उनी आफु एक्लोले जवानी प्रवासमा नै बिताए पनि आफुसंगै आश्रीत दाजु भाईका परिवार सहित १७१८ जनालाई खुशी दिन सकेकोमा सन्तुष्ट छन ।
               अहमदले २६ वर्षको प्रवासी जीवनमा आÏनो परिवारसंगै रमजान २ वर्षमात्र मनाएका छन । मिठो खान नपाए पनि आÏनो देश र परिवारको साथमा बसेर रमजान मनाएको जस्तो रमाईलो प्रवास नहुने उनको अनुभव छ । प्रवासमा पनि इदको ३ दिनभने साथीभाई आफन्तहरुसंग शुभकामना आदान प्रदान गर्दै रमाईलो गर्ने गरेका छन ।
                                 सामाजिक सेवामा रुचि भएका अहमदकै पहलमा कतारमा कार्यरत करिव ८० जना आÏनै गाँउका साथीभाईहरु मिलेर उठाएको ५१० कतारी रियालबाट गाउँमा १० वर्ष देखी मदरसा संचालन गरिरहेका मात्र छैनन उनीहरुले पानि कुवा बनाउने देखी लिएर नाजुक अवस्था भएका परिवारहरुलाई आर्थिक सहयोग पनि गर्दै अँइरहेका छन । उनै अहमद संग गरिएको कुराकानी ।

तपाई कतार आउँदा कस्तो अनुभव गर्नुभयो ?
निकै रमँईलो महष्ाश भएको थियो । किनकी त्यति खेर घर गाउँमा पनि अरवियन लाहुरे बन्न लागेको भनेर सबैले निकै उत्साह देखाउथे फेरी एकै गाउँको चिनजानको साथीहरु २६ जना संगै आएकोले पनि विदेशमा भएको अनुभव भएन । तर पनि आÏनो जन्मभूमी जस्तो त कहाँ हुँदो रैछ र । म ४ वर्षको कतार बसाई पछि पहिलो छुट्टीमा स्वदेश फर्कदा जन्नत स्वर्ग नै पुगेको अनुभव गरे ।
रमजानको बारेमा थोरै जानकारी दिनुस्न ?
रमजान मुस्लिम समुदायको सबै भन्दा ठुलो पर्व हो । मुस्लिहरुको कुरा नाजिल भएको महिना यनि यहि महिना हो त्यसैले पनि यो १ महिना निकै महत्वपूर्ण हो । एक महिना रोजा व्रत बस्छौ । दिनभरी केही खानु हुदैननराम्रो बोल्नु पनि हुदैन । यो महिनामा दिनदुखीलाई सहयोग गरेमा पुण्य प्राप्ती हुन्छ । ३० दिन सम्म उपबास बसेपछि चाड इद आउँछ । इदको ३ दिन चेलीबेटीहरुइष्टमित्रहरु बोलाउने खुवाउने शुभकामना आदान प्रदान गर्ने गछर्ँै ।

के फरक पाउनु भयो त प्रवासमा र स्वदेशमा रमजान मनाउदा ?
धेरै फरक छ नी । हुन त यो महिना हाम्रो पवित्र महिना भएकोले सबै खुशी नै हुन्छौ तर आफ्नो देशमा परिवारको साथमा बस्न पाउँदा निकै रमँईलो वातावरण हुन्छ । स्वदेशमा सेहरीविहानको खाना खाने समयमा उठेको छैन भने छरछिमेकका दाजुभाईहरुले उठँईदिनु हुन्छ ।

प्रवासमा आएर के पाएँ के गुमाए जस्तो लाग्छ ?
विदेशमा आएर आÏनो जवानी गुमाए । म एक्लोले आफ्नो जवानी गुमाएर पनि १७१८ जनाको परिवार खुशी राख्न सके त्यसैमा खुशी छु ।


कुनै स्मरणिय क्षँण ?
कतार आएको २ महिना जतिमा भाई काकाको छोरा गुमाउन पर्यो । हामी ३ जना डिउटी जादै थियौकर्नेस निर रोडक्रस गर्ने बेलामा उताबाट कार अँएको देखर हामी २ जना वरिनै बस्यो उँ -काकाको छोरा भने गाडी टाढा छ आऔ भन्दै अगाडी बढ्दै थियो त्यहि बेलामा गाडीले उस्लाई हानीदियो । एकदम रफतारले आइरहेको कारले किचेपछि घटना स्थलमा नै उसको मृत्यु भयो । जुन घटना अहिले पनि मेरो मानसपटलमा छाइरहन्छ ।

अन्तमा केही भन्न चाहानुहुन्छ ?
देश विदेशमा छरिनु भएका सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम दाजुभाई दिदीवहिनीहरुलाई रमजान मुबारक भन्न चाहान्छु ।

प्रस्तुती ः राजेश्वर ढकाल
(कान्तिपुर प्रवास साप्ताहिक ११ अगष्टमा प्रकाशित )

पैसा फिर्ता मागेको क्षण विस्रन सक्दिन

Published on: Tuesday, May 17, 2011 // , ,

आधुनिकता संगै आधा आकाश ढाकेका नेपाली महिलाहरु चुलो चौकाको साँधुरो धेरालाई तोड्दै विश्व भरी छरीइ सकेका छन । पुरुषको अधिनमा रहेर काम गर्नुपर्छ र घरधन्दामा नै सिमित रहनुपर्छ भन्ने मान्यतालाई चुनौती दिदै महिलाहरु हरेक क्षेत्रमा फैलिन थालेका छन । कतारमा मात्रै करिव २५ हजारको हाराहारीमा नेपाली महिलाहरु कार्यरत छन ।
                    यस्तै वीर नेपाली महिलाको पहिचान बोकेर ग्रुपफोर सेक्युरिटी काममा कार्यरत छिन प्रमिशा लामा । सुपरमार्केटमा सेक्युरिटी गर्दै आएकी उनको कतारबसाई भने २६ महिना भएको छ । नुवाकोट रातमाटे जन्मेकी उनको कर्मथलो भने काठमाण्डौ हो । ०६१ सालमा विवाह बन्धनमा बाधिएकी उनी ४ वर्षीय छोरीकी आमा हु्न । घरपरिवार र श्रीमानसंगको सहमती अनुसारनै वैदेशीक रोजगारीमा आएकी उनी आफु भाग्यमानी भएको ठान्छीन । हालै कतारले उनलाई अर्को पहिचान समेत दिएको छ । यहाँ निमार्णधिन चलचित्र “इशारा जिन्दगीको” मा उनले नायिकाको भुमीका निभाएकी छिन । उनै सुरक्षकर्मी एबं नायीका प्रमिशासंग गरिएको कुराकानी ।
कस्तो लाग्दै छ प्रवासी जीवन ?
रमाईलो नै मान्नु पर्छ । आफन्तसंग विछोडीएको पिडा सहरे बस्नु परेको छ । बाध्यताले प्रवासीएको हो यहि बाध्यताको बिचमा पनि प्रवासी जीवन रमाइलै चलेको छ ।
बैदेशीक रोजगारको लागि पारिवारिकक अवरोध आएन ?
कुनै पनि अवरोध आएन फेरी श्रीमान पनि पहिले यहि कार्यरत हुनुहुन्थ्यो । सबै कुरा उहाँले बुझेर जानुभएको थियो । केही गर्नुपर्छ भन्ने होसाला दिने परिवार र मलाई बुझने श्रीमान पाएकोले कुनै अवरोध आएन ।

बैदेशीक रोजगारीको लागि महिलाहरु विदेशीनुलाई कसरी लिनुभएको छ ?
राम्रो रुपमा लिएको छु । हाम्रो देशमा पुरुष सरह महिलाहरु पनि शिक्षीत छन । नेपालको संस्कार र परम्पराका कारण महिलाहरु शिक्षँत भएर पनि परिधिमा बाधिएर बस्नु परेको छ । सरकाले अनुमती दिएको कम्पनीमा आफनो दक्षता अनुसार बुझेर आउनु पर्छ । शिक्षीत महिलाहरुको लागि राम्रँे अवसर देखेको छु ।

कतार अँएर के पाए के गुमाए जस्तो लाग्छ ?
पाएको भनेको आफनो खुटामा उभिने आधार बनाउन सकेकम्प्युटर चलाउन सिके । तर घरपरिवारको मायाँ साथ गुमाएँ । केही पाउन केही गुमाउनै पर्ने रहेछ ।

सुपर मार्केटमा कार्यरत हुनुहुन्छ कसैको नराम्रो ब्यवहार पाउनु भएको छ कि ?
कसैले पनि नराम्रो ब्यवहार गरेको छैन । हामी डिउटी टाईममा डे्रसमा आइडी लगाउनु पर्छ नाम पढेर नेपाली दिदी हुनुहुदो रहेछ बोल्न अनुमती छ कि छैन भन्दै सोध्नुहुन्छ । अनि सामानहरु कहाँ पाउछ जानकारी लिनुहुन्छ । राम्रै मान्छेसंग भेटेर हो की अहिले सम्म कुनै नराम्रँे ब्यवहारहरु पाएको छैन । आफु भलो त जगत भलो भन्छन होइन र ?

खाडीमा कार्यरत महिलाहरुको सुरक्षा हुदैन भन्छन नी ?
हाम्रो त एकदम सुरक्षित छ । घरेलु कामदारको लागि आउने महिलाहरुको लागि त्यस्तो होला । तर कम्पनीमा आउनेका लागि त्यस्तो हुदैन ।

चाडबाडमा विदेशमा हुँदा कस्तो अनुभव गर्नुभयो ?
आफ्नो चाडपर्ब आउँदा नरमाइलो त लाग्छ नै, तर पनि यहा पनि दशै तिहार कि्रसमसनया वर्ष्रबर्थ डे साथीहरु संग मिलेर रमाईलो गर्छौ । फोटोहरु खिचेर घरमा पठाउछौ । तर पनि परिवारको साथमा बसेर मनाएको जस्तोत कहाँ हुन्छ र !

तपाईले बारम्बार सम्झने कुनै क्षण छ की ?
स्कुलबाट ९ कक्षाको विधार्थीहरुलाई पिक्निक लगेको थियो । हामी सबै साथीहरुे गाडीको प्रतिक्षा थियौ । गाडी सानो भएकोले ३ पटक टि्रप गर्यो । अन्तिमा म छुटे । कोहि पनि लिन आएनन । पछि स्कुलमा सरसंग मेरो पैसा फिर्ता दिनु भन्दै झगडा गरेको क्षण कहिल्यै बिस्रन सक्दिन ।

                             प्रस्तुती -: राजेश्वर ढकाल

लोभिनेहरुलाई रेस्पोन्स नै गर्न भ्याउँदिन

Published on: Sunday, May 8, 2011 // , ,


वाचन प्रवीण दीनवन्धु पोखरेल अहिले ठूलो अभियानमा लाग्नुभएको छ । आफ्ना स्वर्गीय बुबा वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको नाममा काठमाडौंमा देशकै नमूना आध्यामिक केन्द्र बनाउनको लागि उहाँ श्रीमद्भागवत महायज्ञको तयारीमा व्यस्त हुनुहुन्छ । महायज्ञ गरेर आध्यमिक केन्द्र बनाउन पुग्ने रकम संकलन गर्ने उहाँको योजना छ । त्यसो त यज्ञबाट रकम संकलन गर्न पोखरेल माहिर हुनुहुन्छ । अब एकैछिन दीनवन्धु पोखरेलसँग कुराकानी गरौं ।
  •  हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
काठमाडौंको रामकोटमा देशकै नमूना आध्यात्मिक केन्द्र निर्माणको काममा लागेको छु । केन्द्र निर्माणको लागि सहयोग जुटाउन बैशाख २३ गतेदेखि ३१ सम्म टुंडिखेल खुलामञ्चमा श्रीमद्भागवत महायज्ञ हुँदैछ । यो अभियान सफल बनाउने काममा लागेको छु ।
  • किन बनाउने आध्यात्मिक केन्द्र ?
अध्यात्मबाट मात्र शान्ति र विकास सम्भव छ । त्यसैले रामकोटमा देशकै नमूना आधुनिक आध्यामिक केन्द्र बनाउने उदेश्यले श्रीमद्भागवत महायज्ञ गर्न लागिएको हो ।
  • कहिलेसम्म हिंड्ने यसरी भागवत लगाएर ?
अध्यात्मलाई संस्थागत गर्ने मेरो अभियान हो । अध्यात्ममार्फत शान्ति, समृद्धि र एकताको मार्ग देखाउने अभियान पूरा नहुँदासम्म यसमा लागिरहन्छु ।
  • भागवत सुनाएर पैसा उठाउन त निकै सिपालु हुनुहुन्छ है ?
हो……विकासका काममा हौस्याउने बित्तिकै मान्छे दान दिन तयार हुन्छन् । अरुले आयोजना गरेको भागवतमा त लाखौं रुपैंया उठाएको छु । तर आफूले आयोजना गरेकोमा चाहिं के हुन्छ थाहा छैन ।
  • तपाईंको काम त मान्छेलाई एकछिन भुलाएर अर्थात मोहनी लगाएर पैसा उठाउने जस्तो देखिन्छ नि ?
कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा हो यो । हरेक मान्छेमा करुणाभाव हुन्छ । दान र सहयोग गर्ने उसको भित्री भावनालाई यज्ञबाट उजागर गर्ने मात्र हो । त्यसमाथि स्कूल, कलेज खोल्ने भन्नेपछि मान्छे सहयोग गर्न तत्पर भैहाल्छ । भागवत लगाउने क्रममा मैले यस्ता धेरै दयालु र सहयोगी मान्छे भेटेको छु ।
  • संकलित रकम सही ठाउँमा प्रयोग भएको छ त ?
सही ठाउँमा नै भैरहेको पाएको छु । अबिश्वसनीय ठाउँमा म भागवत लगाउन जाँदै जान्न ।
  • निकै आकर्षक देखिनुहुन्छ । बोली पनि उस्तै । तपाईं देखेर भुतुक्कै हुनेहरु त धेरै होलान् है ?
प्राकृतिक कुरा हो । रुप र बोलीको प्रभावले होला लोभिनेहरु धेरै हुन्छन् । तर प्राथमिकता के हो भन्ने कुरा हो । लोभिनेहरुलाई समय दिने मेरो फुर्सद नै हुँदैन । रेस्पोन्स गर्न नै भ्याउँदिन ।
  • सबैलाई यसरी प्रभावित गर्न सक्ने मान्छे, राजनीतिमा आउन मन लाग्दैन ?
त्यस्तो महत्वाकांक्षा मैले गरेकै छैन । राजनीतिमा जाँदा विश्वसनियता घट्न सक्छ । आदर्श समाज बनाउने मेरो अभियान राजनीति गरेर भन्दा अहिलेकै कामबाट ठीक छ । जनस्तरबाट गर्यो भने जे कुरा पनि संभव हुन्छ ।
Shabhar : Onlinekhabar.com

दुई छोरीको यादले सताउछ !

Published on: Saturday, April 30, 2011 // , ,

घरको कामको लागि निषेधीत गरिएको खाडी मुलुकमा पनि महिलाको आगमन सुरु भएको छ । केही महिलाहरु दलालले झुक्याएर र लहैलहैमा लागेर घरको काममा नआएकी भने हैनन् तर अधिकांश महिलाहरु सरकारले अनुमति दिएको संस्थागत क्षत्रमा काम गर्न आएका छन । खाडी मुलुकहरु मध्य कतार पनि महिलाहरुको लागि एउटा गन्तब्य बनेको छ । कतारमा पनि नामदाम र सम्मान कमाएका छन् । sssकतारमा कार्यरत महिला मध्य एक हुन ३३ वर्षिय सावित्री गिरी । ३ वर्ष हंकंगमा बसरे वैदेशिक जिवनको अनुभव लि सकेकी गिरी स्नातकमा पढादै विदेश हानिएकी थिइन । तनहुँ जिल्ला थप्रेके गा.वि.स मा जन्मेर हाल कर्मथलो पोखरा बनाएकी गिरी आफुलाई भाग्यमानी ठान्छिन । किनभने परिवारको साथ सहयोग बाट नै आज उनि यहाँ सम्म आउन सफल छिन, बाहिरी संसार बुझ्ने अवसर प्राप्त गरेकी छिन । उनको श्रीमान पनि रोजगारीको सिलसिलामा दुवइमा छन् ।
 दुई छोरीकी आमा गिरी नेपालमा हुदा पनि हेबनली गार्डेन पोखरा,मिनार इग्लीस बोर्डिंग स्कुल,कुमुदिनी बोर्डिंग स्कुल काठमाण्डौ शिक्षीका र विभिन्न गैर सरकारीसंस्था एन्जीयो फेरेडिरेसन र साइओकस्र टेड्स जस्ता संस्थाहरुमा पनि आवद्ध थिइन । त्यतिमा मात्र उनको परचिय सिमित छैन । उनी लोकदोहोरी गायीका पनि हुन् । “अल्झियो नजर” भन्ने एल्बम समेत निकाली सकेकि गिरी नेपाल फर्किए पछि दोस्रो एल्वम निकालने सपना बुनेर बसेकी छिन् । हाल १३० भन्दा बढि नेपाली कार्यरत एक क्लिनीड़ कम्पनीको क्याम्प इन्चार्ज रहेकी गिरी ssफुसर्दको समयमा सास्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने गरेकी मात्र छैनन् मनकामना सास्कृतीक परिवार गोरखाको उपाध्यक्ष समेत छिन् । महिलाले पनि आफ्नो खुट्टामा उभिएर केही गर्नुपर्छ भन्ने मान्यता राख्ने गिरीसंग गरिएको कुराकानी

दुई छोरीको यादले सताउछ !

  •  विदेशमा चाडवाड आउँदा कस्तो लाग्छ ?
 चाडवाड आउँदा नरमाइलो लाग्नु त स्वभाविक हो तर पनि हामी १३० भन्दा वढि नेपाली दिदीवहिनीहरु छौ त्यसेले दुःख लाग्दैन । चाडवाडमा हामी क्याम्पमा नै मिलेर रमाइलो गर्ने गरेका छौ ।
  • तिहारमा पनि कुनै त्यस्तो योजना बुन्नु भएको होला नि त ?
छौ नि ! तिहारमा लक्ष्मी पुजा गर्नको लागि क्याम्प सफा गरेर लक्ष्मीको मुर्ति तयार पारेका छौ । sसबै मिलेर पुजा गर्ने अनि देउसी भैलो खेल्ने योजना बनाएका छौ । टिकाको दिन विदा नभएपनि आफ्नो भाईहरु हुनेहरुको लागी गेटमा नै थोरै समय मिलाएर टिका लगाउने अवसर समेत दिएका छौ साथै छुट्टीको दिनमा र्कनेसमा गएर नाचगान गर्ने सेलरोटी खाने योजना बनाएका छौ । जहाँ रहेपनि आफ्नो कला र सस्कृतीलाई भुलेका छैनौ र भुल्नु पनि हुदैन ।
  • यहाँ विदेशी नागरिक र नेपाली दाजुभँईहरुबाट कस्तो ब्यवहार पाउनु भएको छ ?
 विदेशी नागरिकहरुबाट त हामिले त्यस्तो कुनै नराम्रो ब्यवहार भोगेका छैनौ ! बरु नेपाली दाजुभँईहरुले नै नराम्रो ब्यवहार गरेका छन् । कति ले राती राती फोन गर्ने नचाहिदो कुरा गर्ने गरेका छन् । यहाँ क्याम्पमा पनि कति दिदीवहिनीहरुलाई त्यस्तो फोन आउने गरेको छ कतिलाई त मैले फोनमा नै सम्झाउने पनि गरेको छु । त्यस्ता नेपाली दाजुभाई मेरो के आग्रह छ भने सबै चेलिबेटीहरुलाई आफ्नो आमा दिदीवहिनी सम्झनु होला ।
  • नेपाली महिलाहरुको अवस्था कस्तो पाउनु भएको छ ?
सम्रगमा भन्नु पर्दा राम्रो नै छ । तर पनि कति दिदीवहिनीहरु कसैले फोनमा बोलेको भरमा गिफ्ट किनेको भरमा अनिहरुको पछि लाग्ने गरेका छन् । त्यस्तो गर्नु एकदम गलत कार्य हो । यसरी लहैलहैमा लागेर आफ्नो जिन्दगी वर्वाद नपार्नलाई आग्रह गर्छु ।
  • नेपाली चेलीहरु विदेशीनुलाई कस्ता रुपमा हेर्नु भएको छ ?
यो त एकदम राम्रो कुरा हो । कुनै पनि महिला आफ्नो खुट्टामा उभिएर केही गर्छु भन्छ भने परिवार र छरछिमेकले साथ दिनुपर्छ भन्ने मेरो मान्यता हो । यस्ता महिलाहरु देख्दा मलाई गर्व लाग्छ । केही गर्छु भनेर दृढ अठोट राख्ने महिलाहरुलाई म हृदय देखी नै सेलुट ठोक्छु ।
  •  कतारमा नेपाली चेलीहरु दूतावासको शरणमा आउने घटना बढ्दो छ । तपाईको विचारमा यस्तो किन हुन्छ ?
 प्रमुख कारण त सरकारको कमजोरी हो । नेपाली महिलालाई पनि विदेशमा आउने बाटो खुला गरिनु पर्छ । नेपाली महिला सधै चुलो र चौकामा मात्र सिमित राख्नु हुदैन । कति अनपढ दिदीवहिनीहरु यहाँ आएर आफ्नो सिपले २०/२५ हजार कमाएर परिवार र छोराछोरीलाई राम्ररी पढाएका छन्आर्थिक पक्षलाई बलियो बनाएका छन् । यदि स्वदेशमा नै भएको भए यो सम्भव थिएन । खाडीमा जस्तो सुरक्षित महिला अरु मुलुकमा हुन सक्दैन जस्तो लाग्छ । हो सरकारले घरेलुकामदारको रुपमा महिलालाई खाडीमा पठाउनु हुदैन ।
  • कतारमा आएर के पाए जस्तो लाग्छ के गुमाए जस्तो लाग्छ ?
यहाँ आएर कामको अनुभव बटुलीयो आर्थिक पक्ष पनि सबल भयो । गुमाएको त परिवारको साथसाथिभाइको माया र नेपालको हावापानी नै हो ।
  • कतारमा रहेर पनि स्वदेशको के कुरा झलझली सम्झनु हुन्छ ?
एउटा आमाको लागी अरु के नै हुन सक्छ र ! मेरो मुटुको धड्कन दुईछोरीहरुको याद ले सताउछ । केही मिठो मसिनो खान लाग्दा पनि उनिहरुलाई नै झलझली सम्झन्छु ।
प्रस्तुति -राजेश्वर ढकाल