BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

घासे मैदानदेखि भेडीगोठसम्म...!

Published on Tuesday, March 29, 2011 11:27 AM //


-राजेश्वर ढकाल
हरेक साता शुक्रबारे छुट्टी कतार बस्ने हामी श्रमजीविका लागि रामरमाइलो उत्सव र आरामीको दिन हो । यो रमाइलो मनाउने काइदा आ-आफ्नै हुन्छ जुन बिहिबार साझै तय भैसकेको हुन्छ । शुक्रबारे विदामा धेरैजसो हामी आफन्त वा साथीभाईसँगको भेटघाटमा जान्छौं भने केही भने रेगिस्तान यात्रामा निस्केका हुन्छौं । कोही भने लुमा खजुरबोटेका रुख चढ्ने पुर्वतयारीमा पनि हुन्छन् ।
हामीले पनि गत विहिवार अर्थात २५ नोभेम्वरको दिन लुमामा झुम हुनुभन्दा यसो घुमफिर गरि रमाईलो गरौं भन्ने योजना बनायौं । अलरकियाको घासे मैदान हुदै जमेलियामा छत्रेदाईको गधा चढ्नेसम्मका योजनाहरु बुनिए । यो योजना देवेन्द्र सर(देवेन्द्र भट्टराई)को थियो । हामी दोहाबाट मात्र ७ जना थियौ । बिहान ५ बजे कोठाबाट निस्किए पनि अभिलासी तेजदाई तेजप्रसाद खनालले गाडी लिएर आउन ढिला गरेको कारण दोहामैं सात बजिसकेको थियो । दोहा मात्रै होइन सनैयामा पनि साथीभाइहरु हामीलाई नै कुरिरहेका थिए । जसोतसो आठ बजेतिर मात्रै हामी सनैयाबाट ११ जनाको हुल बाधियो । अनि योजना बमोजिम हुइकियौ अलरकियातिर । यो ठाउ साउदी रोडको ४२ नम्बरको आकाशे पुलबाट दाहिने- मोडीएर जानुपर्ने रहेछ ।
यसभन्दा पहिले पनि अलरकिया दिनेश सर( दिनेश रेग्मी)पहिले पनी पुगिसक्नु भएकोले उहाँले बाटो बताउदै जानु भयो । तेजदाई आफ्नै रपुतारमा गाडि कुदाई राख्नुभएको थियो भने रेवत सर(रेवत पौडेल),थापा सर(रामचन्द्र थापा) रामकृष्ण खत्री, धुव्र सुर्खेती ,जयराज भट्टराई ,सुवास कोइराला ,महेश्वर नेपाल र मचाहि गाडीमा बजेको लोकदोहोरी गीत “घामभन्दा चम्कीलो जुन हुदैन…” बोलको गीतमा स्वर मिलाउदै थपडि मार्न ब्यस्त थियौ ।
साउदिको ४२ नम्वर गेटबाट भित्र छिरेपछि अझै १२ किमि भित्र रहेछ- घासेमैदान । त्यहाँ चिनारु मित्रहरु गनबहादुर फगामी, दावा शेर्पा, इकिन्द्र बुढाथोकी ,रोशन थापा लगायत हाम्रो आगमनको प्रतिक्षामा आँखा विछ्याई रहेका थिए । हामी भने साझको ९ बजेतिर मात्रै त्यहा पुगेका थियौं ।
हुन त यो घासे मैदानमा म यसअघि पनि आइसकेको थिए । यहा आएका केही नयाँ साथीभाइ भनॆ यो हरियाली देखेर दंगदास पर्दै नजर डुलाइ रहेका थिए । हुन पनि त्यो ठाउ साच्चै प्रकृतिपूर्ण लाग्थ्यो । चराचुरु¨ीहरुको चिरविर चिरविर आवाज अनि सरर चल्ने चिसो बतासले सबैलाई आÏनै पहाडी गाउघरमा पुगेको भान हुन्थ्यो ।
रातीमा मैदानमा जाडो बढ्दै थियो साथीहरु धुनी तापौ भन्दै आगो बाल्न कस्सिए । आगोको राँको तापले गर्दा होला- साथीहरुमा जोस बढ्दै गयो अनि सुरु भयो नाचगान । घासे मैदानकै टेकबहादुर विक चाहि नाच्नमा माइकल ज्याक्सन नै रहेछन । सुरुमा त अलि लजाउदै थिए । रेवत सरले “लु त यी भाइको नाच राम्रो छु” भन्दै उक्साएपछि उनी पनि के कम शरिरका पार्ट-पार्ट हल्लाउदै नाच्न थाले । त्यही पार्टसंग ताल मिलाउदै मादल ठोक्दै थिए रामकृष्ण पनि ।
आगोको भुग्रोमा माछा पोलेर खानुपर्छ भन्दै हक्कि स्वभावका रेवत सर तम्सीए । यता भने देवन्द्र सर, दिनेश सर ,तेजदाई थापा सर ,धुव्र दाईले भने हो मा हो मिलाए । उतातिर माछा पोलिदै थियो यतातिर भने “पछ्यौरि ल्याउ बैना आजै टुंगो लगाई देउ माया छकी छैन…!” स्या¨जालीलाई नभन जालि..!” “वारि जमुना पारि जमुना…” गीतमा सुवास र टेकबहादुरको युगल नृत्य चल्दै थियो । हामी पनि मौन बस्न सकेनौ- जय ,महेश्वर र म पनि नाच्न थाल्यौ । रात छिप्पिदै गयो चिसोको महसुस हुदै गयो अनि खानपिन गरेर सुत्ने तरखरमा लाग्यौ । भोली छत्रे दाईकोमा गधा र भेडो चढ्ने मिठो कल्पना र सपना लिएर ओछ्यान पस्यौं ।
विहान ५ बजे नै म उठे अनि घुम्न जाउँ भन्दै महेश्व , जय र सुवासलाई उठाए । हामी घासे मैदान नियाल्दै फोटो सेसनमा ब्यस्त थियौ । धेरै पर नजाउ है अब छत्रे दाईकोमा जानुपर्छ भनेर कसैले बोलाएपछि फर्कियौ । साथीहरु उठिसकेका रहेनछन् फेरी थापा सरलाई गाडीमा घुमौ भन्दै घासे मैदान डुल्यौ ।भलिबलको कोर्ट देखेपछि विगतमा स्कुलमा खेलेको भलिवलको याद आयो र बल खेलौ भन्दै त_िम्सयौ । सुवासले जोश निकालेर भनिहाले- सनैया र दोहा विचको मैत्रीपूर्ण भलविल खेलौ भनेर । हामी पनि के कम कस्सियौ साह्रै रमाईलो भयो भलिवल पनि ।
घासे मदानका साथीहरुले आÏनो ड्युटी पुरा गरिसकेपछि नौ बजेतिर छत्र दाईकोमा जाने तरखरमा पुग्यौं । छत्रे दाईकोमा हामी १४ जनाको जम्वो टोली लिएर बाटा लाग्यौं । त्यसदिन भने ड्राइभरको हेरफेर भयो । तेज दाइ अलिक नातागत र धनु कमजोर भएको जस्तो लागेर रेवत सरको जिम्मामा गाडी गयो । साच्चै रेवत सरले गाडीलाई रफतारमा हाक्नुभएको थियो । घासे मदानबाट निस्किएर हामीले जमेलियाका पुराना मजेराका साथीहरुलाई भेट्यौ अनि उनीहरुसंग विदा भएर हामी छत्र दाईकोमा हिड्यौ । “हामी अँइपुग्न लाग्यौ है” भन्दै देवेन्द्र सरले छत्रदाईलाई फोन गर्नु भयो ।छत्रे दाई गधा चढेर उट हेर्न गएका रहेछन । गाडी उनको खेमातिर गएपछि उनी गधालाई दगुराउदै आए । फरासिला छत्रेदाईले एकमुष्ट सबैलाई नमस्कार गर्दै भित्र आए । दायाबाया बालुवा बाहेक केही नदेखिने उजाड मरुभूमीमा पाल टागेर बसेका छत्रेदाईको अनुहारमा कुनै दुखको भाव नदेख्दा अच्चम पनि लाग्यो उनी भित्रको सहनशिलता देखेर ।
हामीले बाटोबाट खबुज, दहि ,मोहि र माछा लिएर गएका थियौ । उता छत्रेदाईले पनि दाल भात पकाएर राख्नुभएको रहेछ । साथीहरु भोकले छत्रे दाइकोमा पुग्न पाएको छैन-खब्बुस तोडन थाले । खानपिन पछि थोरै समय साथिहरु विश्राम लिए अनि छत्रदाईको भेडो र गधा चढी फोटो सेसन गर्न तिर लागे ।रेवत सरले “झण्डै १ सय केजीको तेज सरलाई “भेडो र गधा चाहि चढाउनु पर्छु भन्दै उनलाई उचालेर भेडोमा चढाए । सुरुमा तॆजदाइ अलि डराए भेडोले नधान्ने होकी भनेर । गधामा चढनलाई सिफारिस गर्दा तेजदाई फेरि डराए । अनि अलि जोश देखाएर महेश्वरले धाप मार्दै गधामा चढ्न सफल भए । पहिलो पटक गधामा चढन सफल भएका उनि चन्द्रमामा पुगेको झै गमक्क परेका थिए ।
अलि ठट्यौलि पाराका छत्रेदाईले गधालाई “मेरो इज्जत धानेस्” भन्दै धाप मार्दै थिए । हामी सबै जनाले गधा चढ्यौ । जय सुवास दिनेश सर र देव सरले चढनु भएन । उनीहरु पहिले नै चढिसकेको भन्दै तर्किए । सबैजना बसेर ग्रुप फोटो लिनुपर्छ है भन्दै छत्रदाइसंग बसेर ग्रुपफोटो खिच्यौ अनि निस्कियैां त्यहाबाट ।
धेरै साथीहरु भेटिए मजरामा ,भेडीगोठमा यसरी दुईदिनको यात्रालाई विट मार्दै हामी लाग्यौं आफ्नै गन्तब्यतिर …।

Tags:

0 comments

Leave a comment