BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

अनेसास नवोदित दोस्रो वाचन श्रृखला सम्पन्न

Published on Saturday, May 14, 2011 4:17 PM // , ,



                                                                                  -राजेश्वर ढकाल
दोहा- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको सयुक्त आयोजना "अनेसास र नवोदित दोस्रो वाचन श्रृखला" १३ मे शुक्रबार सम्पन्न गरेको छ । चर्तित ढुङगेलको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली नियोगका दितिय सचिव तथा बरिष्ठ साहित्यिकार जय छाङ्छा प्रमुख श्रोताको भूमीका निभाएका थिए ।

                                कार्यक्रमको बारेमा जानकारि दिदै अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालले हामी एउटै यात्रामा हिड्ने सृजनाकारहरु एकआफमा अपरिचित भएका छौ । सबै साहित्यिक मनहरुलाई एकआपसमा भेला गरि रचना वाचन गर्ने तथा वाचित रचिनाको मन्थन गर्नेसिक्ने सिकाउने साझा चौतारीको हो । त्यसैले सम्पूर्ण साहित्यिक मनहरुलाई उपस्थित हुन आग्रह गरे अनेसास कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालले । 
वाचन श्रृखलामा कोहि म मुर्ख हुँ भन्दै कुल्न्थे त त कहिले छोडेको मायालुलाई सम्झदै गीत मार्फत भन्ने गर्थे-
"तिमीले छोडी गएदेखी तड्पी तड्पी वाचेको छु 
खुशी राखी बन्दकीमा देखावटी हांसेकोछु…!"
                    कहिले आफु किसानी भन्दै गजल गाउथे- 
"हिउद वर्षा धुवा धुलो ख्वाको मान्छे परे म त 
खाली गोडा कुवा कुलो धाको मान्छे परे म त…"
कहिले देशको चिन्तन गर्दै नेतालाई गालि गर्दै भन्थे-
"हिजो खार्यो झापड मात्रैभोली मर्रौला 
बिना कार्मै भत्ता धेरैदार्छौ कतिन्जेल ?  यसरी श्रष्ठाहरुलाई दुःख सुख्ख साटेका थिए । उक्त कार्यक्रममा भिमबहादुर लिम्वुले हातलै नै तयार गरेको चित्रकला प्रदशन गरिएको थियो । उनको चित्र कलालाई उपस्थित सम्पूर्णले प्रसंसा गरेका थिए । 

       कार्यक्रममा बोल्दै प्रमुख श्रोता नेपाली नियोगका दितिय सचिव तथा बरिष्ठ साहित्यिकार जय छाङ्छाले साहित्यिले आनन्द दिने बताउदै साहित्यलेअहिले हैन भोली वाच्न सिकाउने तर्क ब्यक्त गरे । उनले श्रृखलामा वाचित रचनाहरु सम्पूर्ण आफुलाई मन परेको बतँउदै चित्रकलामा प्रदशन गरेको चित्रको पनि खुलेर प्रसंसा गरे । दोहाको साहित्यिक माहोल देखेर खुशी हुदै उजार मरुभूमीमा रसमय होला भन्ने सोचेकै थिइन तर एकदम उर्वर र रसमय पाएकोमा गर्व महशुष गरेको बतँए बरिष्ठ साहित्यिकार जय छाङ्छाले । "मोसफलका मान्छेहरुलाई 
शहरले पासो थाप्छ 
पासोमा बल्झीरहन्छन 
मान्छेहरु…!"
शहर के हो ?, मायाको आकार, तिम्रो तस्विर शिर्षकको कविता पनि सुनाएका थिए । 

कार्यक्रममा साहित्यकार बद्री प्रसाद पराजुली, दीपक भेटवाल, तिर्थसंगम राई, हेमन्त परदेशी, भानु सुनुवार,राजकुमार पुत्ला, नविन लामा, महेन्द्र वियोगी गुरुङ ,नवराज नवोदित ,अतृप्त कमल, सिन्तोष सिटौला, सरोज थापा, वेदनाथ पुलामी, भोजराज दाहाल ,महेश्वर नेपाल, प्रेम लामा ,पूण वेघा,दीपक राजवंशि पराई,नन्द सारु मगर,रजक रायन लगायत २५ भन्दा बढी साहित्यक मनहरुको उपस्थित थियो । 

0 comments

Leave a comment