BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

वास्तविक चलचित्र क्लाइमेक्समा

Published on Sunday, July 10, 2011 12:32 AM //



सुव्रत आचार्य,अश्विनी कोइराला
वास्तविक जीवन चलचित्रजस्तो नहुँदो रहेछ । लामो समयदेखि विभिन्न लफडामा फसिरहेका भुवनको जीवनमा आधारित सत्यकथा अहिले क्लाइमेक्समा पुगेको छ। धेरै युवतीका

'पि्रय साथी' भुवन केसीमाथि दुई छोरीकी आमा शर्मिलालाई मोहनी लगाएको आरोप उनका पति रत्नमान डंगोलले लगाएका छन्। यही निहुँमा डंगोलले केसीलाई काठमाडौंको बीच सडकमा हात हाल्ने प्रयाससमेत गरेको बताइन्छ। तीनवटी श्रीमती भित्र्याएका एवं तीन सन्तानका पिता भुवनको पछिल्लो कथा यति तीव्र गतिमा अघि बढिरहेको छ कि शर्मिला र उनका पतिबीच चारवटा मुद्दा चलिरहेको छर ती सबै मुद्दाको केन्द्रबिन्दुमा भुवन केसी नै छन्। शर्मिलाले आफ्ना पतिसँग सम्बन्धविच्छेद गरिपाऊँ भनेर निवेदन दिएकी छिन्। भुवन र शर्मिलाको मित्रता उत्कर्षमा पुगेका बेला जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा पुग्नुले पनि उनीहरूबीच विवाह हुने सम्भावना प्रबल देखिन्छ।

बाहिरबाट हेर्दा यो कथा जति आकर्षक छ, भित्र भने त्यस्तो देखिँदैन। भुवन केसी यो कथामा आफूलाई हिन्दी चलचित्र 'मोहरा'को सुनिल सेठ्ठीसँग तुलना गर्छन्। केसीको भनाइ छ, 'मलाई शर्मिला असल महिला लागिन् र मित्रता गाँसें, तर मलाई मोहरा बनाइयो। यता शर्मिला पनि आफ्नो जीवनलाई हिन्दी चलचित्रसँग तुलना गर्छिन्। 'तपाईंले हिन्दी चलचित्र अग्निसाक्षी हेर्नुभएकै होला,' शर्मिला भन्छिन्- 'म अग्निसाक्षीकी पतिपीडित मनिषा कोइराला हुँ।' शर्मिलाका पति रत्नमान डंगोल पनि के कम ? साप्ताहिकसँगको भेटमा डंगोलले भने, 'म त फिल्ािमसिलिम हेर्दिनँ, तर म त्यो श्रीमान् हुँ, जसले जीवनभर माया गर्दा पनि एकछिन माया देखाउने हिरोसँग मेरी ४५ वषर्ीया श्रीमती फसिन्। यो बुढेसकालमा उनमा कहाँबाट जवानी आयो, म आफैं छक्क छु।

भुवन केसीले धेरै चलचित्रमा नायकको भुमिका निर्वाह गरे। ती चलचित्रमा उनी सुरुदेखि नै मुख्य भूमिकामा देखिन्थे। चलचित्रमा कहिले उनी गुन्डाहरूबाट कुटाइ खान्थे, कहिले गुन्डालाई तह लगाउँथे। कथामा विभिन्न आरोह-अवरोह आउँथ्यो। यद्यपि जस्तोसुकै बाधा आए पनि भुवन अप्ठयारा पन्छाउँदै अघि बढ्थे र अन्त्यमा उनी हिरोइनलाई घर भित्र्याएरै छाड्थे। अभिनय कौशलका कारण दर्शक सन्तुष्ट हुँदै आफूले तिरेको रकम सदुपयोग भएको भन्दै घर र्फकन्थे। यस्तै चरित्रका कारण भुवन ५० वर्ष नाघिसक्दा पनि सफल हिरोको भूमिकामा जमिरहेका छन्।

यद्यपि वास्तविक जीवन चलचित्रजस्तो कहाँ हुँदो रहेछ र ? लामो समयदेखि विभिन्न लफडामा फसिरहेका भुवनको जीवनमा आधारित सत्यकथा अहिले बुढयौली उमेरमा क्लाइमेक्समा पुगेको छ। धेरै युवतीका 'पि्रय साथी' भुवन केसीमाथि घर भाँडेर दुई छोरीकी आमा शर्मिलालाई मोहनी लगाएको आरोप उनका पति रत्नमान डंगोलले लगाएका छन्। यही निहुँमा डंगोलले केसीलाई काठमाडौंको बीच सडकमा हात हाल्ने प्रयाससमेत गरेको बताइन्छ। तीनवटी श्रीमती भित्र्याएका एवं तीन सन्तानका पिता भुवनको पछिल्लो कथा यति तीव्र गतिमा अघि बढिरहेको छ कि शर्मिला र उनका पतिबीच चारवटा मुद्दा चलिरहेको छर ती सबै मुद्दाको केन्द्रबिन्दुमा भुवन केसी नै छन्। शर्मिलाले आफ्ना पतिसँग सम्बन्धविच्छेद गरिपाऊँ भनेर निवेदन दिएकी छिन्। भुवन र शर्मिलाको मित्रता उत्कर्षमा पुगेका बेला जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा पुग्नुले पनि उनीहरूबीच विवाह हुने सम्भावना प्रबल देखिन्छ।

बाहिरबाट हेर्दा यो कथा जति आकर्षक छ, भित्र भने त्यस्तो देखिँदैन। भुवन केसी यो कथामा आफूलाई हिन्दी चलचित्र 'मोहरा'को सुनिल सेठ्ठीसँग तुलना गर्छन्। केसीको भनाइ छ,

'मलाई शर्मिला असल महिला लागिन् र मित्रता गाँसें, तर मलाई मोहरा बनाइयो।

शर्मिला कुनै दुध पिउने बच्ची होइनन्, जसलाई भुवनले फसाउन सक्छ।' यता शर्मिला पनि आफ्नो जीवनलाई हिन्दी चलचित्रसँग तुलना गर्छिन्। 'तपाईंले हिन्दी चलचित्र अग्निसाक्षी हेर्नुभएकै होला,' शर्मिला भन्छिन्- 'म अग्निसाक्षीकी पतिपीडित मनिषा कोइराला हुँ।' शर्मिलाका पति रत्नमान डंगोल पनि के कम ? साप्ताहिकसँगको भेटमा डंगोलले भने, 'म त फिल्ािमसिलिम हेर्दिनँ, तर म त्यो श्रीमान् हुँ, जसले जीवनभर माया गर्दा पनि एकछिन माया देखाउने हिरोसँग मेरी ४५ वषर्ीया श्रीमती फसिन्। यो बुढेसकालमा कहाँबाट जवानी आयो, म आफैं छक्क छु।' भुवन केसी जस्तोसुकै अप्ठयारो भए पनि आफू शर्मिलाको बेस्ट प|mेन्ड भएको बताउँदै उनलाई अप्ठयारो पर्दा सधैं साथ दिने बताउँछन्। शर्मिलाले पनि आफूले यो उमेरमा बल्ल डि्रम ब्वाइ भेट्टाएको र बल्ल जीवन सार्थक भएको भन्दै खुसी व्यक्त गर्छिन्। यता रत्नमान डंगोल आफ्नो २८ वर्षे वैवाहिक जीवनमा शर्मिलाबाहेक पराई युवतीको आँखा पनि नहेरी उनलाई प्रेम गरेको भन्दै आँसु खसाउँछन्।

यो खेलमा पीडित भएका छन्, शर्मिलाका दुई छोरी र भुवनका छोरा अनमोल। शर्मिलाकी २६ वषर्ीया जेठी छोरीको विवाह नजिकिँदैछ। अमेरिकाको एक युवकसँग ६ महिनाअघि कुरा छिनिएपछि ती युवक विवाहका लागि नेपाल आएका छन्। उता भुवनकी छोरी काजलको पनि विवाह हुँदैछ।

भुवन केसीका छोरा अनमोल पनि यो प्रकरण मसलाका रूपमा बजारमा आएपछि आफ्नो करियरप्रति चिन्तित हुन थालेका छन्। अनमोल हिरो भएको चलचित्र 'साथी म तिम्रो' रिलिज हुने तरखरमा छ। 'बुबालाई बजारमा गलत रूपमा प्रस्तुत गरिएको छ, जसले मेरो करियर सुरु नहुँदै बिगि्रएला कि भन्ने डर छ,' अनमोलले साप्ताहिकसँग भने, 'बुवा बजारमा आफ्ना बारेमा नराम्रो कुरा आयो भनेर चिन्तित हुनुहुन्न, मेरो करियर बिग्रन्छ कि भनेर पीर गर्दैहुनुहुन्छ।'

गएको फागुनमा मात्र शर्मिला र भुवनको भेट भएको थियो। यद्यपि यो छोटो समयमा विकसित भएको उनीहरूको सम्बन्धले बजारमा जसरी सनसनी मच्चाइरहेको छ, त्यसबाट प्रहरी प्रशासनलाई पनि 'टेन्सन' भएको छ। शर्मिलाका पतिले आफ्नी श्रीमती खोजीपाउ“m भनी प्रहरी कार्यालयमा ललितपुरमा दुई महिनाअघि निवेदन दिएका थिए। त्यसपछि सुरु भएको प्रहरीको टेन्सन अहिले मुद्दा-मामिलामा पुगेको छ। रत्नमानले दिएको निवेदनका आधारमा प्रहरीले शर्मिलालाई भेटेर परिवारको रोहबरमा जिम्मा लगाइदिएको थियो। प्रहरी कार्यालय एकान्तकुनामा जोईपोइबीच पुराना कुरा बिर्सने र श्रीमान्ले माया गरेर राख्ने मिलापत्र भएको थियो। त्यसको साता दिन नबित्दै शर्मिलाका तर्फबाट प्रहरी कार्यालयमा उजुरी पर्‍यो। उजुरीमा आफ्ना श्रीमान् र बुबाले आफूविरुद्ध गुन्डा लगाएको एवं आफ्नो स्वतन्त्रतामा हस्तक्षेप गरेको आरोप लगाइएको थियो। उक्त उजुरीका आधारमा रत्नमानलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्‍यो।

'मेरी श्रीमती घरमा बस्न छाडेर बाहिर हिँड्न थालेपछि मैले घरबेटीलाई उनको गतिविधि जानकारी गराएको थिएँ,' रत्नमान भन्छन्- 'आफ्नी श्रीमतीका बारेमा जान्न खोज्दा शर्मिलाले गुन्डा लगाएको आरोप लगाउँदै ममाथि प्रहरी लगाइन्।' मुद्दामामिलामा रत्नमान पनि के कम ? प्रहरीले सोधपुछ गरेको भोलिपल्टै उनले पनि आफूले कमाएको सम्पत्ति शर्मिलाले सकेको भन्दै थप सम्पति बेचबिखन गर्न रोक्का गरिपाउ“m भनी निवेदन दिए। अहिले शर्मिलाको नाममा रहेको सबै सम्पत्ति रोक्का गर्न निर्देशन दिइएको छ भने शर्मिलाका तर्फबाट यस्तो श्रीमान्सँग बस्न नसक्ने भन्दै उनीमाथि गरिएको अन्यायको क्षतिपूर्तिसहित पारपाचुके गरिपाउ“m भन्ने निवेदन जिल्ला अदालत पाटनमा परेको छ। रत्नमानले सबैजसो निवेदनमा भुवन केसीलाई दोषी देखाएका छन् भने शर्मिलाले भुवनको कुनै संलग्नता नभएको भन्दै बचाउ गरेकी छिन्। स्वयं भुवन केसी उनीहरूको पारिवारिक झगडामा आफ्नो कुनै भूमिका नभएको भन्दै जोई-पोइको झगडामा आफूलाई मोहरा बनाइएको बताउँछन्।

प्रहरीका अनुसार यी सबै मुद्दा केही समयपछि नै किनारा लाग्दैछन्। केही साताभित्र शर्मिला र रत्नमानबीच पारपाचुके भएपछि सबै मुद्दा आफैं निष्त्रिmय हुनेछन्। यद्यपि भुवन केसी भने उनीहरूको पारपाचुके भए पनि तुरुन्तै विवाह गर्ने मनस्थितिमा आफू नभएको बताउँछन्। 'म शर्मिलाजीको राम्रो होस् भन्ने चाहन्छु। किनभने उहाँ मेरो असल साथी हो,' साप्ताहिकसँगको भेटमा भुवनले भने- 'म अहिलै विवाह गर्ने सोचमा छैन, तर यसको अर्थ हामीबीच केही छैन भन्ने पनि होइन।' जेठी श्रीमती विजयातर्फकी छोरीको विवाहपछि भुवन छोरा अनमोलले नायकका रूपमा डेब्यु गर्ने चलचित्र 'साथी म तिम्रो' को रिलिजमा व्यस्त हुनेछन्। 'त्यसपछि भने तपाईंको शर्मिलाजीसँग चौथो विवाह हुन्छ हो ?' साप्ताहिकले सोधेको प्रश्नमा भुवनले भने, 'असल केटी साथीसँग विवाह हुँदैन भन्न सकिँदैन। अनुकूल अवस्थामा विवाह पनि हुन सक्छ, तर यस विषयमा म अहिले नै केही भन्न सक्दिनँ।'



म शर्मिलाजीकै कारण चुप छु

फेरि विवादमा आउनुभयो, के भन्नुहुन्छ

तपाईंलाई शर्मिलाजीका श्रीमान्ले पत्रिकामा अन्तर्वार्ता दिएर मेरो बेइज्जत गरे भन्ने लागेको होला, त्यो उहाँकै बेइज्जत हो। मलाई बदनाम गर्ने चक्करमा उहाँले आफ्नै बदनामी गरिरहनुभएको छ। जबसम्म डिभोर्स हुँदैन, आफ्नी श्रीमतीलाई त्यसरी गाली गर्नु हुँदैन। म त अझ के भन्छु भने डिभोर्सपछि पनि गाली गर्नु हुँदैन। यत्रो वर्ष सँगै बसेकी श्रीमतीलाई जसरी उहाँले जथाभावी गाली गर्नुभएको छ, त्यसमा त महिला अधिकारवादीहरू पनि गम्भीर हुनुपर्ने हो।

तपाईंमाथि पैसाका लागि अर्काकी श्रीमती फकाएको आरोप छ, के भन्नुहुन्छ

उहाँलाई कसरी जवाफ दिनुपर्छ, त्यो मलाई राम्रोसँग थाहा छ। मैले बोल्दा शर्मिलाजीको प्रतिष्ठामा आँच आउँछ भनेर मात्र म चुप बसेको हुँ। मसँग पर्याप्त जबाफ हुँदाहुँदै पनि म चुप रहन बाध्य छु। म शर्मिलाजीलाई साह्रै इज्जत गर्छु, त्यसकारण उहाँको श्रीमान्का बारेमा धेरै बोल्न चाहन्न।

तैपनि शर्मिलाजीले डिभोर्स मागिरहनु भएको छ, उहाँको श्रीमान् दिन्न भन्नुहुन्छ, यसमा तपाईंको प्रतिक्रिया के छ

यो दास युग होइन। दास प्रथा अन्त्य भएको कति भयो, थाहा छ ? कसैले स्वतन्त्र हुन्छु भन्दा स्वतन्त्र हुन नदिनु कहाँसम्मको मुख्र्याइँ होला ? श्रीमतीसँग कुरा मिलेन भने छोरीहरूको इज्जतका लागि पनि उहाँले हामीलाई बद्नाम गर्न छाड्नुपर्छ। स्वतन्त्र हुन्छु भन्नेलाई स्वतन्त्र हुन दिनुपर्छ।

रत्नजीले तपाईंमाथि शर्मिलाजीलाई उचालेर मुद्दा-मामिला गर्न लगाउनुभएको आरोप लगाउनु भएको छ, के भन्नुहुन्छ

उनी दूध खाने बच्ची हुन् र उचाल्नु ? सेन्टम्यारिज पढेकी बिजनेस वुमेनलाई मैले सिकाइरहनुपर्छ र ?

तपाईंहरू कहिले विवाह गर्दैहुनुहुन्छ

हामीबीच न प्रेमको कुरा भएको छ, न त विवाहको। हामी असल मित्र मात्र हौं। अहिले मेरो चिन्ता छोराको करियर मात्र हो। साथी म तिम्रो रिलिज हुँदैछ, मैले सारा ध्यान त्यसैमा लगाएको छु। विवाह भन्ने कुरा हुँदै हुँदैन भन्न पनि मिल्दैन, गरिहाल्छु भन्ने अवस्थामा पनि छैन।



उनले प्रेम गर्न जानेनन्

यो बुढयौली उमेरमा पनि प्रेम हुँदो रहेछ हगि

कहाँ बुढयौली ? म त्यस्ती देखिन्छु र? म त अहिले पनि २० वर्षे तरुनी जस्ती देखिन्छु, देखिन्न र ? लौ तपाईं नै भन्नुहोस्। २० वर्षे युवतीजस्तो फेसन गर्दा समाजले रुचाउँदैन भनेर नै म सिम्पल भएकी हुँ। तर मेरो यो लवाइ र खुला सोचाइलाई नै नकारात्मक रूपमा लिइएको छ। प्रेम भन्ने कुरा सबै उमेरकालाई चाहिन्छ।

घरमा दुई छोरी र श्रीमान् हुँदाहुँदै पनि बाहिरी प्रेमको आवश्यकता पर्दो रहेछ 

मेरो १६ वर्षको उमेरमा विवाह भयो। प्रेम के हो भन्ने थाहै नपाई दुई छोरी भए। श्रीमान्ले प्रेम गर्नै जानेनन्। अहिले बल्ल जीवनमा प्रेम र इज्ज्ात के हो थाहा पाउँदैछु। तपाईंले हिन्दी चलचित्र अग्निसाक्षी हेर्नुभएकै होला। म त्यही चलचित्रकी मनिषा कोइरालाजस्तै हुँ।

भुवन केसीसँग प्रेम भएकै हो

हामी असल साथी हौं। उहाँजस्तो दिलको राजा अनि सुपरस्टारले मलाई साथी भनेर सार्वजनिक रूपमा भन्नु नै ठूलो कुरा हो। मजस्ती साधारण महिलालाई उहाँले जुन इज्जत दिनुभएको छ, त्यो उहाँको महान्ता हो।

कहिले विवाह गर्दै हुनुहुन्छ

के असल साथी हुनु नै पर्याप्त छैन र ? उहाँले प्रेम गर्नुहुन्छ त्यो नै ठूलो कुरा हो। प्रेम सर्त राखेर गरिँदैन।

मानिसहरूले भुवन केसीलाई प्लेब्वाय भन्छन्, तपाईं उहाँको मोहजालमा फस्नुभएको परिवारको आरोप छ, के भन्नुहुन्छ

जसले भुवन केसीलाई अर्काको कुरा सुनेर वा पत्रपत्रिका पढेर प्लेब्वाय भन्छन्, सबै गलत छन्। भुवन केसी महिलालाई साह्रै इज्जत गर्नुहुँदो रहेछ। महिलाहरू किन भुवन केसी भनेपछि मरिहत्ते गर्छन् भन्ने कुरा मैले बल्ल थाहा पाएँ। पहिलो पटक तपाईंहरूको भेट कहिले भयो

गएको फागुनमा मेरो बर्थ डे थियो। म आफ्नो बर्थ डे राम्रोसँग मनाउन चाहन्थंे। यसका लागि म मेरो पार्टीमा पुरुष सेलिब्रेटीमध्ये कसैलाई विशेष गेस्ट बनाउन चाहन्थें। भुवनजीले मेरो प्रस्ताव सहर्ष स्वीकार गर्नुभयो।

केही क्षणमै प्रेम हुँदो रहेछ

केही क्षण होइन, हामीले त्यो पार्टीमा चार घण्टाजति बितायौं।

भुवन तपाईंको पहिलो प्रेमी हो

हो, तर प्रेमी नै नभनौं क्यार ! उहाँ मेरो असल साथी हुनुहुन्छ। श्रीमान्सँग विवाह त भयो तर प्रेम भएन। भुवनसँग भेटेपछि थाहा भयो, पुरुषले कसरी महिलाको इज्जत गर्दा रहेछन्। कसरी प्रेम हुँदो रहेछ। 

तपाईंका श्रीमान्का अनुसार

तपाईं भुवन केसीभन्दा अघि

पनि परपुरुष सम्बन्ध राख्नुहुन्थ्यो भन्नुभएको नेपालजस्तो मुलुकमा विवाहित महिलाले यति धेरै स्वतन्त्रता खोज्नु उचित हो 

मेरो श्रीमान् कति शंकालु हुनुहुन्छ भन्ने कुरा यसैबाट पुष्टि हुन्छ। म फेसन डिजाइनर भएका नाताले धेरै जनासँग भेटघाट गर्नुपर्छ। यस्तो बेलामा मेरी श्रीमती फलानोसँग सल्की भनेर चियो गर्दै हिंड्नु, अभद्र व्यवहार गर्नु कहाँको सभ्यता हो ? मर्दले त यस्तो काम गर्दैनन्।

श्रीमान्ले कमाएको धेरै सम्पत्ति सक्नुभयो रे, बाँकी सम्पत्ति पनि दिन मान्नुहुन्न रे। पारपाचुके गर्दा पनि सबै सम्पत्ति हात पार्न खोज्दै हुनुहुन्छ रे, किन त्यसो गर्नुभएको

मेरो श्रीमान्लाई तपाईंका छोरीहरू कहाँ पढे, कसरी पढे भनेर सोध्नुहोस् त ? कान्छी छोरीलाई लाखौं खर्च गरेर मैले नै पढाएँ। आफ्नै बलबुताले बुटिक खोलेर आज दुई चार पैसा खेलाउने भएकी छु। नेपालको कानुनले पारपाचुके गर्दा श्रीमतीलाई आधा सम्पत्ति दिएर बिदा गर्नुपर्छ भनेको छ, तर मेरा श्रीमान् मलाई दिनु त कता हो कता, मैले कमाएको सम्पत्तिमा हक खोज्दैछन्। योभन्दा लाजमर्दो कुरा अरू के हुनसक्छ ?

तपाईंहरूको मुख्य असमझदारी के हो ? के भुवन केसीकै कारण परिवार बिगि्रएको हो

होइन, मेरा कारणले त्यति असल मानिस बदनाम हुनुभयो, त्यसमा मलाई ठूलो चिन्ता छ। म पहिलेदेखि नै अलि फेसेनेबल थिएँ। मलाई दुई-चार दिनमा नयाँ ड्रेस सिलाउन मन लाग्छ। नयाँ साथी बनाउने, नयाँ गाडी चलाउने मेरो सौख हो, तर मेरा श्रीमान् ठिक विपरीत। घरमै बसोस्, सबै कुरा सहोस् भन्ने। आजको जमानामा त्यस्तो हुन्छ ? श्रीमती के गर्दा खुसी हुन्छे कुनै कुरा थाहा नपाउने। बिहानदेखि ग्यारेज गयो, राति अबेला मात्र र्फकने। अनि कसैसँग सल्किई कि ? भनेर सधैं मान्छे लगाएर चियो-चर्चो गराउने। केवल आमा-बुवाको इज्ज्ातका लागि मैले सहें। कहिलेकाहीँ घुम्न जाने, समयमा घर आउने, छोरीहरूलाई समय दिने गरेको भए यो दिन आउँदैनथ्यो। विचार नमिलेकै कारण म सात वर्षदेखि अलगै कोठामा सुत्न थालें, तर कोठामा अर्को कोही व्यक्ति पस्छ कि भनेर म नभएका बेला भित्रको छिस्किनी र आग्लो भाँचिदिन्थे। यस्तो शंकालु व्यक्तिको के कुरा गर्नु ? यति हो, मेरो परिवार बिग्रनुमा भुवनजीको कुनै दोष छैन।

तपाईं छोरीहरू पढाएँ भन्नुहुन्छ, अहिले तिनै छोरी तपाईंको विपक्षमा छन्, किन होला

हाम्रो समाजले मजस्तो स्वतन्त्रता मन पराउने महिलाप्रति कस्तो व्यवहार गर्छ थाहा भएकै कुरा हो। परम्परागत समाजले मेरो कुरा बुझ्न सक्दैन। अहिले उनीहरू बाध्यतामा मलाई नराम्रो भनिरहेका छन्, समय आएपछि छोरीहरूले मेरो कुरा बुझ्नेछन्।

तपाईंका श्रीमान्ले भुवन केसीले तपाईंसँग भएको सम्पत्ति देखेर फसायो भन्ने आरोप लगाउनुभएको छ, भुवनकी पूर्वश्रीमतीको पनि त्यस्तै आरोप छ, कहिलेकाहीं भुवनमाथि शंका लाग्दैन

भुवनजी खानदानी मान्छे हो। उहाँ सम्पत्तिलाई महत्व दिनुहुन्न र कसैको सम्पत्ति खाएको भए चार गुणा बढी दिन्छु भन्नुभएको छ, तर कोही दाबी गर्न आएका छैनन्। त्यसै आरोप लगाउन पाइन्छ ?

श्रीमान्माथि चार-चारवटा मुद्दा हाल्नुभएको छ, किन

ममाथि चियो-चर्चो गर्ने, भुवनका विरुद्ध पत्रिकामा जथाभावी इन्टरभ्यु दिँदै हिँड्ने, श्रीमतीलाई चरित्रहीन भनी हिँड्नेलाई त्यसै छाड्न मिल्छ ? मानिसलाई स्वतन्त्र हुन नदिने यो कस्तो संस्कार हो? मैले यस्ता मानिससँग बस्न सक्दिनँ, पारपाचुके गरिपाउ“m पनि भन्न नपाउने ? सुरक्षा गरिपाउँ, भनेर प्रहरीसँग सुरक्षा माग्न नपाउने ? बरु मेरो सम्पत्तिमा आँखा लगाउँदै, मलाई स्वतन्त्र हुन नदिन उहाँले ममाथि दुईवटा मुद्दा हाल्नुभएको छ।

भविष्यको योजना के छ ? भुवनजीसँगै विवाह गर्नुहुन्छ

मैले उहाँले विवाह गर्नुहोला भनेर मित्रता गाँसेको होइन। उहाँले जसरी सार्वजनिक रूपमा मेरो हात थाम्नुभयो, मलाई उहाँमाथि भरोसा छ। यद्यपि विवाह नै हुन्छ भनेर म भन्न सक्दिनँ।



हाम्रो सम्बन्ध औपचारिक मात्र हुन पुग्यो

भुवन केसीलाई चिन्नुहुन्छ

पहिले त चिन्दिनथेँ, तर मेरी श्रीमतीले गति छाडेपछि चिनें।

कसरी चिन्नुहुन्छ

अरूले त उनलाई सुपरस्टार भन्छन्, म भने उनीबाट पीडित छु। सम्पत्तिका लागि भुवनले मेरी श्रीमतीलाई फसाए। भुवनलाई शर्मिलासँग धेरै सम्पत्ति छ भन्ने भ्रम परेको छ। तर उनको नाममा मैले दुःख गरेर कमाएको १ करोड ३६ लाख पर्ने घर र एउटा बुटिक मात्र छ। यो कुरा भुवनले किन नबुझेका हुन्, मलाई अचम्म लागेको छ।

आफ्नी श्रीमतीलाई ठाउँमा राख्न नसक्ने अनि अरूलाई दोष दिन मिल्छ

त्यसो त मिल्दैन। मेरी श्रीमती नै उस्तै हुन्, तर अरूको कमजोरीको फाइदा पनि उठाउनु भएन नि ? श्रीमती नै बेकामे भएपछि अरूलाई के दोष लगाउनु ? समाजमा इज्जत गएपछि मनमा अनेक तर्कना आउँदो रहेछ।

श्रीमतीलाई माया नगर्नु, सम्हाल्न नसक्नु तपाईंको दोष होइन

५-७ वर्षअघिसम्म ठीकै थियो। विवाह भएको २८ वर्षमा उनले कहिल्यै गुनासो गरिनन्। उनलाई जे गर्न पनि स्वतन्त्रता दिएकै थिएँ। यो बुढेसकालमा यसो गर्लिन् भन्ने पत्तै भएन। यत्रो वर्षसम्म म ठीक थिएँ, अहिले मभन्दा राम्रो केटो भेटियो भनेर मेरो इज्जतसँग खेलबाड गर्न मिल्छ, लौ तपाईं नै भन्नुहोस् त ? उनलाई के पुगेको थिएन, काठमाडौंमा घर छ, मेरो राम्रो व्यापार छ, उनले पनि गरी खाएकै थिइन्। के नपुग्दो थियो र ?

मेरी श्रीमती मसँग सन्तुष्ट छैन भनेर कहिलेदेखि थाहा पाउनुभयो

जबदेखि बुटिक खोलिन्, उनी मसँग सुत्नै छाडिन्। उनलाई मजति राम्री कोही छैन भन्ने घमन्ड छ। अनि मेरो लोग्ने नराम्रो छ भन्ने लाग्दो हो कि ? खै के भन्ने ? केही वर्षअघिसम्म कालीमाटी पुगेर तरकारी किनेर ल्याउँथिन्। घरेलु थिइन्। कुरा पनि मिल्थ्यो। बुटिक खोलेपछि जब राम्रा केटाहरूसँग संगत हुन थाल्यो, हाम्रो सम्बन्ध औपचारिक मात्र हुन पुग्यो।

भनेपछि भुवनजीभन्दा अघि पनि शर्मिलाजीको अरूसँग उठबस थियो भन्न खोज्नुभएको

मलाई मानिसहरूले कुरा सुनाउन थाले। पछि पो थाहा पाएँ, उनी त अर्कै भैसकिछन्। तीन वर्षअघि एउटालाई पक्रेर ठीक पनि पारें, तर उनको सम्बन्ध अरूसँग पनि छ भन्ने थाहा पाएँ। आफ्नै घर बिगि्रएपछि अरूलाई के दोष दिनु ?

शर्मिलाजीले तपाईंसँग डिभोर्स माग्नुभएको छ, तपाईं भने डिभोर्स दिन मानिरहनुभएको छैन, किन

मेरो सबै सम्पत्ति उनको नाममा छ। एउटी छोरीको विवाह हुँदैछ, अर्कीको करियर बनाउनै बाँकी छ। यस्तो अवस्थामा उनले सबै सम्पत्ति लिएर मलाई छाड्न मिल्छ ? उनी जाने हो भने सबै सम्पत्ति छाडेर जाऊन् न। सम्पत्ति मलाई दिनु पर्दैन, छोरीहरूको नाममा सारे पुग्छ। सम्पत्ति फिर्ता नदिई म डिभोर्स दिन्नँ।

नेपालको कानुनअनुसार पुरुषले चाहेर पनि डिभोर्स रोक्न सक्दैन भन्ने थाहा छ

थाहा छ, त्यसैले मैले सबै सम्पत्ति रोक्का गर्नर्े मुद्दा हालेको। के गर्ने बुढेसकालमा श्रीमतीसँग मुद्दा लड्नुपरेको छ। सम्पत्ति रोक्काको निवेदन दिँदा प्रहरी लगाएर थर्काउँछिन्। कहिले मेरो श्रीमान्ले ममाथि गुन्डा लगायो भनेर मुद्दा हाल्छिन्। म सोझो मान्छेलाई साह्रै दुःख दिइन्।

स्वतन्त्र हुन चाहनेलाई किन रोक्नुभएको ? डिभोर्स दिए भैहाल्यो नि

मेरो यसै इज्जत गयो, उसै इज्जत गयो। मैले उनलाई किन सरक्कै छाड्ने ? म त त्यसै छाड्दै छाड्दिनँ। यो उमेरमा समाज र सन्तानको ख्याल नराखी कसैको बेइज्जत गर्न पाइन्छ ?

Shabar : saptahi

0 comments

Leave a comment