BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

राजको पत्र आशालाई र आशाको जवाफ राजलाई

Published on Tuesday, July 12, 2011 1:50 PM // , ,

          राजको अन्तिम पत्र आशालाई                                                           
राजेश्वर ढकाल 
                                   
पराई प्रेयसी आसा……
रेगिस्तानबाट अन्तिम प्रेमोपहार 
 नयाँ  जीवनको शुभकामना सहित 
                   आसा र म एकै छिमेकका बसेरा हौ । मैले थाहा पाए अनुसार आसाले मलाई मनपराउथी तर भन्न डराउथी । हामी दुईकै पानी भर्ने पधेरी एकै थियो । एकदिन साँझपख उनको र मेरो पधेरीमा भेट भयो । मैले उसलाई छेड हाने "के हो ,आशा यति साँझ पधेरीमा ?चक्रर छ जस्तो छनी ? ऊ पनि के कम थिई र तुरुन्त जवाफ फर्काई हाली "छ नी ? तिमीलाई तिमीलाई कस्ले भन्यो यस्तो नचाहिने कुरा " केहिबेर पछि थोरै लजाउँदै फेरी भनिन् " अँ॥छ त किन जलन भयो र ? मैले आसाको मुहारमा हेरें नशालु आँखाबाट बैशालु सपनाहरु छचल्किरहेको थियो "हैन सोधेको मात्र हो ,आजभोलि तिमी निक्कै राम्री देखिदैछौ तिमीमा परिवर्तन आएको छ नी ।"आसाले जवाफ नफर्काइ पानीको गाग्री भरियो । उनी गाग्री टिपेर घर तिर लागिन् जाने बेलामा मात्र लजाउदै यति भन्न भ्याई "भोलि पनि यहि समयमा भेटुँ है ।" म अक्क न बक्क भएँ केहि असामान्यजस्यता र उत्सुक हुदै मैले पुनः सोधे "यहि समय किन भेट्ने आसा "? निरुत्तर आसा हाँस्दै-हाँस्दै मेरो नजरबाट ओझेल परी । 
ममा कौतुहलता र वेचैनी बढ्यो । एक प्रकारको तरङ्ग पैदा भयो । यो भोलि कतिखेर आउँछ होला समय किन यति धिमा गतिमा बित्दैछ आज म हतास भएँ । आसाको अन्तिम आग्रहले म मदहोस र पागल भईरहेको थिएँ । हरेक सूर्यदयले एउटा नयाँ बिहानी बोकेर ल्याउँछ । मेरो लागि पनि त्यो बिहानीले केहि ल्याएको होला यहि बिश्वासका साथ म भोलि त्यहि समय पधेरीमा गए । आसा म पुग्नु अगावै आइसकेकी रहेछिन् । प्रायः हामी भेट्नेक्रममा औपचारिक बोल्नको लागि त्यस्तो कुनै गाह्रो कुरा कहिल्यै भएन । कहिले आसा त कहिले म नै बोलचालको क्रम सुरु गर्ने गरेका थियौं तर आज यो के भई रहेको छ आसाको अगाडि म कति सजिलै प्रस्तुत हुने मान्छे आज गला आफै अवरुद्ध भईरहेकोछ । आसाले पनि मलाई ठाडो शीर गरेर हेर्न सकिरहेकी छैन । हाम्रो भेटको पाँच मिनेट सुन्यतामा नै सकियो । मैले बोल्ने शाहसमात्र के गरेथें उनले मलाई एउटा बन्द खाम दिइ अनि भनी "भोलि फेरी यहि समय यसको जवाफ लिएर आउनु है ।"मलाई उत्सुकता भयो खाम भित्र के होला तर मैले उनीलाई प्रश्न गर्न सकिन म अवाक् मुर्तिवत उभिई रहें उनी मलाई एकपटक पनि नहेरी बिलिन भई । के दिई आसाले मलाई के हुन सक्छ यो खाम भित्र म यस्तै प्रश्नहरु मनभरि बुन्दै घरको आगनमा पुगेछु । आमाले कराउँदा पो मेरो सुद्धि फिर्यो"हैन राज खालि गाग्रो बोकेर फर्केको पानी खै त ? "अहो ! लाजले मर्नुको जुनी भयो पधेरोबाट त पानी नै पो नलिई आएछु । बित्यास पर्यो अब के गर्ने होला मैले तत्काल झुट बोले "आमा बाटोमा जादाजादै टाउको दुखेर आयो अनि मत आधा बाटोबाट नै फर्केको ।"यति भनेर मैले गाग्रोलाई त्यहि छाडेर सरासर आफ्नो कोठामा पसें । कोठामा पस्ने बित्तिकै चनाखो भएर झ्याल ठोका बन्द गरें एकपटक बाहिरको वातावरणलाई बिचार गरें त्यसपछि आसाले दिएको खाम बिस्तारै खोलें । सुन्दर अक्षरहरुले सजाएर उनले मेरो सामुन्ने प्रत्यक्ष भन्न नसकेका भावनाहरुलाई पत्रभरि पोखेकी रहेछिन् । जुन शब्दहरु सबै यहाँ उल्लेख गर्न असमर्थ छु तर सारशंमा भन्नु पर्दा आसाले प्रेम प्रस्ताव राखेकी रहिछिन् । उस्ले दिएको बन्द खाम प्रेमपत्र रहेछ । जुन स्वभाविक प्रकि्रया हो । तर म यो पत्र पढि सकेर निक्कै रोमान्चित बनेको थिएँ त्यो रात । त्यो समय त्यो पल । सायद जीवनको पहिलो प्रेमपत्र र पहिलो प्रेम प्रस्ताव भएर पनि होला ।
                        निलो आकाशमा केहि बादलका सेतो धब्बा बाहेक अरु केहि छैन आज । म अलिक मौन तर हर्ष मिश्रित अनुहार बोकेर आसालाई भेट्न पधेरी गएँ । उनी सधैको भन्दा भावुक देखिन्थी । मुस्कुराई रहने उनको मुहार आज सावनको झरी जस्तो बनेको दृश्य साँच्चै हृदयविदारक थियो । सायद प्रेम अस्वीकारको सामना गर्नु पर्ने होकी भन्ने डर र त्रासले पनि हुनसक्छ । हामी केहिबेर मौन सुन्यतामा मनोवाद गरिरह्यौ । लाली गुराँसको थुङ्गा जस्तो उनको सौन्दर्य आज फिका देखें मैले । तर उस्को आँखामा प्रेम अनुनयको प्रतिक्षारत आग्रह प्रस्ट देख्न सकिन्थ्यो । मैले उसलाई धेरै तड्पाउन चाहिन बिस्तारै भन्न थालें "आसा प्रेम प्रस्ताव राख्नु या प्रेम गर्नु अपराध होईन । यो प्राकृतिक नियम हो तर यो समयको पनि दोष हो की हामी यो उमेरमा प्रेम भन्दा धेरै आशक्ति र आकर्षणबाट प्रभावित हुन्छौ ।" म बोलिरहेको थिए आसा मेरो कुरालाई ध्यान दिएर सुनिरहेकि थिई मानौ म शिक्षक र उनी बिध्यार्थी हुन म फरी भन्दै गए "आशा यति छिटै यस्तो निर्णय गर्नु उचित हुदैन । हामीले एक अर्कालाई बुझ्न जरुरी छ । जीवन धेरै लामो छ बाँच्नको लागि अनेक बहाना होला तर सार्थक जीवन बाँच्न सहि बाटो हिड्नु सक्नुपर्छ । प्रेम स्वीकार गरे सम्बन्ध जोड्नु ठुलो कुरा हैन । जोडिएको सम्बन्धलाई जिवन्त पार्न सक्नु पर्छ किन भने हामी सम्बन्ध जोडिदा जति खुशी हुन्छौ तोडीदा त्यो भन्दा बढि दुखी हुनेछौ । आजको सानो भूलले भोलि जीवन नरक बन्न सक्छ । हामी सामाजिक प्राणी हौ । हाम्रो समाजको केहि सामाजिक नियम र संस्कार छ । हामी दुईको सानो गलत कदमले भोलि यो समाज र हाम्रो पारिवारीक संरचना भत्किन सक्छ । हाम्रो परिवारले यो सम्बन्धलाई अस्वीकार पनि गर्न सक्छन् ।"म बोलिरहदा आसाको अनुहार मलिन थियो । यो सब भनिरहदा मैले आफुलाई सयौंपटक मुटुमा भाला रोपेको थिए किनभने म पनि आसालाई मन पराउथें अब धेरै आसा नतड्पाई उनलाई स्वीकार गर्ने पक्षमा थिएँ । 

                       "आसा म पनि तिमीलाई मायाँ गर्छु तर डर लाग्छ यो समाज देखि कहि हाम्रो प्रेमको बाधन बनेर हाम्रो चोखो प्रेमको सुरुवाद अगावै अन्त पो हुने होकी " मेरो शब्दहरु पुरा नहुदै आसाले मेरो मुख थुनिदिई अनि मलाई प्रेमील नयनले हेरिहरी । आसाको गहभरि आँशु छल्किएको थियो । मैले पनि आफुलाई रोक्न सकिरहेको थिईन अनायस आसाले मलाई अंगालो हालेर भनि "राज म यहि शब्द सुन्न बर्षौ देखि आतुर थिए । आज मेरो तपष्या पुरा भएकोछ । तिमी केहि नबोल बस् हामी एकअर्कालाई मायाँ गर्छौ यो समाज र परिवार हामीले बनाएको हौ । साँचो प्रेमले यी सबैको अवरोधहरुको सामना गरेर अगाडि बढ्ने छ ।" हामी त्यो समय निक्कैबेर सँगै रोएका थियौं सायद मानिस खुशीमा पनि रुदोंरहेछ मैले त्यहिबेला अनुभव गरेको थिए । परस्त्रीको मदहोश वाशना त्यहि समय महशुस गरेको थिए । धेरैबेर अंकमाल गर्यौ केहि लजायौं केहि धकायौ तर प्रेमको पराकाष्ठ र सामाजिक मर्यादालाई तोडेनौं ।

                               हाम्रो मायाको संगमस्थल त्यहि पधेरी थियो । दुख सुख हाँसो रोदन हामी त्यहि पधेरीमा साट्थ्यौ । घण्टौ-घण्टौ त्यहि पधेरीमा बिताउथ्यौं । कति बसन्त बित्यो कति शिशिरले काचुली फेर्यो तर हाम्रो प्रेम अजम्बरी फून बनेर तिनै पाखा पखेरी बनजंगल र पधेरीमा फुलि रह्यो । समयको पदचापलाई कस्ले रोक्न सक्छ र उमेर बढ्दै जादा ममा पनि पारिवारीक जिम्मेवार थपिन थाल्यो । आसालाई विवाह गरेर नयाँ जीवनको सुरुवात गर्न अगावै म आत्म निर्भर हुन चाहान्थे । तर देशको बिग्रदो अशान्तमय बातावरणमा केहि गर्न सक्ने अवस्था थिएन । धेरै सोच बिचार पश्चात मैले बैदेशिक रोजगारीमा जाने निर्णय लिएँ । मेरो कुरा सुनेर आसाले इन्कार गरि म बिना बाँच्न नसक्ने आशक्ति देखाई । तर मैले जीवन प्रेमले मात्र नचल्ने बाँच्नको लागि गर्नु पर्ने संघर्षहरुको बारेमा बताएँ । प्रेम प्राप्ति हैन समर्पण र त्याग पनि हो भन्ने कुरा सम्झाएँ । मेरो परिवार र आसा प्रति उत्तिकै उत्तरदायित्व रहेको कुरा भने पछि उनी मौन भई त्यस दिन हामीले हाम्रो प्रेम हाम्रो वर्तमान र भविस्यको बारेमा धेरै कुरा गर्यौ । छुट्टिने बेलामा हामीले एकअर्कालाई साक्षि राखेर त्यहि पधेरीको पानी छोएर कशम खायौं धेरै बेर सँगै रोयौं हामीले सोचेको थियौं त्यो हाम्रो जीवनभरको लागि अन्तिम रुवाई अन्तिम बिदाई होस ।

                                         वैदेशिक रोजगार आफुले सोचेको जस्तो कहाँ हुदो रैछ र ? आफुले समेटेर ल्याएका सपनाहरु मरुभूमीको वालुवा सँगै उडेर हावामा विलिन हुदो रहेछ । आसालाई चाहेर पनि मैले सम्पर्क गर्न सकिन । न हातमा मोवाईल थियो न त चिठी पत्र पठाउने ठाउँ नै । एक महिना उनीसंग सम्पर्क विनानै बित्यो । सायद त्यो एक महिना मेरो लागि आसासँग छुट्टिनुको पीडा भन्दा बिषाक्त बन्यो । हरेक रात आसाको नाममा चिठ्ठी लेख्थे अनि विहान साईडमा गएर समुन्द्रमा बगाई दिन्थे सोच्थे यो पानीले बगाएर मेरो आसाको हातमा पुर्याउने छ । तर म कति मुर्ख थिए यो पानी कहिले पनि मेरो घर गाउँको आसपास पुग्ने छैन । हुनसक्छ मेरा सयौं प्रेमपत्रहरु हिन्द महासागरमा तैरिरहेका होलान् अथवा अन्र्टाटिका महादेशमा पानी सँगै जमिरहेको होला । तर पनि म थोरै खुसी छु मेरो प्रेमपत्रको थोरै अस्तित्व त छ । कुनै अन्य देशको अनेपाली नागरिकले भेट्यो भने एकपटक नजर त लगाउने छ । म सम्झने छु कसैले त हेर्यो मेरो प्रेमपत्र । धेरै समय पछि उनीसँग सम्पर्क भयो उनी धेरै दुःखी थिईन । मेरो वियोगमा मेरो जुन हातल थियो उनी पनि त्यसबाट बिमुख हुन सकिनछिन् । होस पनि कसरी एउटा मुटु दुई भागमा बाडिएको थियो । त्यस पछिको समय भने हाम्रो नियमित सम्पर्क भइरह्यो कहिले फोनमै त कहिले एसएमएसबाट । यसरी बितिरह्यो म बिदेश आएको केहि समय । नयाँ ठाउँ नयाँ मानिसहरु अनि मेरो बिशिष्ट प्रेम । उनले एकदिन आफ्नो मोवाईल विग्रीएको जनाउदै अब नियमित सम्पर्कमा हुदिन होला भन्ने म्यासेज गरिछिन । त्यसको लगतै मैले रिप्लाई गर्न खोजे तर म्यासेज फेल भयो । त्यसपछी उनीसँग फेरी सम्पर्क टुट्यो । सम्र्पक हैन मेरो मेरो जीवनको तार टुट्यो जसरी सारङ्गीबाट तार चुडिन्छ त्यसरी नै मेरो जीवनसंगीतको सुर छुट्यो । मैले धेरैसँग सम्पर्क गरे साथीहरुसँग पनि बुझे । उनले मोवाईल नम्वर अरु साथीहरुलाई पनि दिएकी रहिनछिन । अरु कुनै बिकल्प नभेटे पछि उसको एकदमै नजिकको साथीलाई फोन गरेर अनुनय गरे सायद मेरो आँशुले उनलाई बगालेछ क्यार कसैलाई नभन्ने शर्तमा आसाको नम्बर दिई । तर सबै मेहनत ब्यर्थ भयो नत आसाले फोन रिसिभ गरि नत मेरो म्यासेजको जवाफ नै फर्काई । तर पनि मैले केहि राहतको श्वास लिए आसाले मेरो फोन रिसिभ नगरे पनि मेरो मनको भावना त म्यासेज मार्फत पढिनै रहेकी छे । म यतिमा नै चित्त बुझाउथे ।
                                                 उष्ण प्रदेशको एक विहान मोवाइलमार्फत आसाको म्यासेज आयो । सायद धेरै दिनपछि म निक्कै खुसी भए । मैले मोवाईललाई पटक-पटक चुम्बन गरें तर मेरो यो खुसीको स्थायित्व म्यासेज हेरिसके पछि समाप्त भयो । आज म रेगिस्तानमा निरिह एक्लो भएँ । सडकमा कुदिरहेको सवारी साधनहरु स्तब्ध भए ग्यास प्लान्टका साईरनहरु बन्द भए उर्लिरहेको अरव सागर मरुभुमिमा सुक्यो ४९ डिग्री तापक्रम सँगै मेरो सपनाहरु जलेर राख भयो । सपनाहरुको मलामी गएर प्रेमको अन्त्यष्टी गरे पनि जीवन त चलिरहदो रहेछ यो प्राकृतिक नियमको अगाडि मैले रुनु र शोक मनाउँनु भनेको मध्यरातमा सूर्यको किरण खोज्नु जस्तै रहेछ । मेरो प्रेमको एउटा अध्यायको समाप्ति सँगै आसा मेरो जीवनबाट टाढा भईसकेकी थिईन् । मैले आसालाई गाली या श्राप गरेर मेरो चोखो प्रेमलाई श्रापित गर्न चाहन्नथे किन भने कुनै समय त्यहि आसा र प्रेम मेरो लागि बरदान थियो । आज आसाले अर्को बाटो रोजेर मलाई छोड्दैमा उनी कसरी धोकवाज अथवा विश्वासघाति हुन्छे ? म िकंमार्थ आसालाई गाली गर्ने पक्षमा छैन । किन भने आसाको शारिरिक प्राप्ति मलाई नहोला तर उनलाई मैले आध्यात्मिक मायाँ त गर्न सक्छु नी ? यो मेरो अधिकार हो चाहेर पनि कसैले खोस्न सक्ने छैन । उनले रोजेको बाटाहरुमा फूलैफूल बिछ्याएको होस् मैले दिन नसकेका असिमित सुखभोग उनको पतिले दिन सकोस् भन्ने कामना सहित नयाँ  जीवनको शुभकामना । 
दुई बर्ष पछि………………।
                                हेमन्तमा झरेका फूल र पातहरुमा बसन्तको आगमन सँगै पाहुर र कोपिला लागे जस्तै समयले दिएको चोटलाई समयले नै पुरिदिदो रहेछ । प्रवासको बसाई सकिए पछि म आफ्नो देश आफ्नो जन्मभूमी गाउँ फर्के । स्वदेशको माटो गाउँको आत्मिय प्रेममा रेगिस्तानको दुःख र आसाको वियोग सप्पै विर्षे मैलें । बृद्धा बाबुआमाको अनुरोधमा छिमेकी गाउँकी कन्या सँग बिवाह गरें । मेरो विगतको सबै कुरा उनलाई सुनाएँ किन भने म ईमान्दार पति बन्न चाहन्थे । मेरो कुरालाई उनले सहजरुपमा लिई । हामी बिच राम्रो समझदारी भयो । बिस्तारै हामी एकअर्कालाई अगाध प्रेम गर्न थाल्यौं सायद विवाह पछिको प्रेममा यहि मज्जा हुदोरहेछ । तर पनि पहिलो प्रेमको असर जीवनको अन्त सम्म रहदो रहेछ ।
                             अचानक एक दिन हटियामा आसालाई देखें म तीन छक्क परें । मैले बोल्न चाहादा चाहदैं उनी तर्केर हिडि । उनको पहिलाको सुन्दरता अझ भनौ शरिरको बनावटमा पुरै परिवर्तन आएको थियो । एकछिन त मलाई चिन्न नै हम्मे पर्यो । म भित्र धेरै प्रश्नहरु आए आसा किन यस्तरी दुब्ली भएकी आसा पक्कै सुखी छैनन् भन्ने कुरा प्रस्ट थियो । बिस्तारै मैले आसाको बारेमा थाहा पाएँ की आसाको श्रीमानले अर्की बिवाह गरे पछि आसा माईतीमा नै बस्दैछिन रे । अहो ! यो कस्तो दूरभाग्य किन आसाको जीवन नरक बन्यो म रातभर निरुत्तर प्रश्न लिएर छट्पटाई रहें मैले चाहेर पनि केहि गर्न सक्दिनथे । किन भने हामी एक नदिको दुई किनारा भई सकेका थियौं । तर पनि म कसरी उनलाई यो हालमा हेर्न सक्थे म अझै पनि त उस्लाई आत्मिय प्रेम गरिहेको थिएँ । उनको आँखाभरिको आँशुले मलाई कस्तरी हेरेकी थिई म सम्झी रहेकोछु । मेरी श्रीमतिले मेरो यो हाल देखेर सोधी "आज तपाईलाई के भएको छ सधै भन्दा आज तपाई भिन्नै देखिनु हुन्छ नी ।" मैले केहि हैन अलिक थकान लागेकोले मात्र हो भनेर टार्न खोजे तर उनले मलाई राम्ररी चिनि सकेकी हुनाले यो मान्न तयार भइएनन् अनि भन्न थाली "म तपाईकी अर्धागिनी हुँ अर्थात आधा अंग । तपाईलाई पीडा हुदा मलाई दुख्छ । प्लिज भन्नुहोसन ।
                                       "श्रीमतिको अनुरोध अगाडि म निस्तेज भएँ अनि आज भएको सबै घटना सबिस्तार भने । मलाई लागेको थियो उनी दुःखी हुनेछिन् अथवा म देखि रिसाउँनेछिन् तर अचम्म भयो । उनी त मलाई नै पो सम्झाउँन थाली ूराज तपाईले सोच्नु भएको होला यो सब सुनेर तपाई देखि रिसाउँछु भनेर तर तपाई गलत हुनुहुन्छ । किन भने आसा तपाईको प्रेम हो । यो सत्य हो कि म तपाईकी श्रीमति हुँ तर तपाईले या अरुले तपाईलाई चोखो प्रेम गर्ने अधिकार छ । प्रेमले बिध्वंस ल्याउनु हुदैन प्रेमले सद्भाव र आर्दश जीवनशैली ल्याउँनु पर्छ ।" मैले आस्था मेरी श्रीमतिलाई हेरें "आस्था तिमीले भनेको मैले बुझिन ।"आस्था मलाई भन्दै थिई "राज प्रेम पुण्य हो पाप हैन । तपाईले गरेको प्रेमले आज तपाईलाई परिक्षा माग्दैछ । म तपाईलाई यो परिक्षामा असफल हुन दिने छैन पुरा सहयोग गर्नेछु । तपाईले आसालाई अपनाउनुहोस् या विवाह गर्नुहोस म भन्दिन तर तपाई र म मिलेर उनलाई नयाँ जीवनको बाटो खन्ने काममा उत्पे्ररित त गर्न सक्छौ नी । हामी आसाको सहमित्र भएर उनको जीवनमा आई परेको समस्याको सामाधान गर्न सक्छौ । फेरी आसालाई नयाँ सोच र नयाँ जीवनयापनका अनेकौं बाटो देखाएर जिन्दगीको रंगमाचमा अर्को पर्दा उठाएर नयाँ जीवनको थालनी गर्न सहयोग गर्ने सक्छौ ।" आस्थाको कुराले मेरो पीडामोचनको काम गर्यो ।
                               म हिजो सम्म आस्थालाई प्रेम मात्र गर्थे आजबाट सम्मान र पुजा पनि गर्न थाले । मैले आस्थाको चिउडोमा समाएर उनको सजल आँखामा हेरें त्यस आँखाभरि मैले अथाह मायाँको समुन्द्र देखें । आस्था कस्तरी लजाएकी जुन दृश्य मैले शुहागरातमा पनि देखेंको थिईन । त्यो हाम्रो प्रेमको निख्खर रात म अनि आस्थाको मिलन बिन्दुका रात । आसा यी सबै कुराहरु तिमीलाई किन सेयर गर्दैछु भने तिम्रो र मेरो प्रेम अमर पार्न जुन भुमिका आस्थाले मेरी पत्नि निभाई त्यो सायद संसारका कुनै पत्निले गर्लान् । आज तिमी भुगोलको अर्को पाटोमा बसेर सफल जीवन बाँचिरहेकी छौ त मेरो कृपा या सहयोगले हैन आस्थाको आर्दश प्रेमले हो । आसा यो हाम्रो अन्तिम प्रेमपत्र हुन सक्छ । तर पनि आत्मिय प्रेम सधै रहने छ । अब बाकि उप्रान्त म मेरो सम्पुर्ण प्रेम आस्थामा खन्याउन चाहान्छु जसको हकदार उनी हुन । सम्झना तिमी सधै रहनेछौ तर मेरो बर्तमान जीवनमा अब आस्थाको प्रेम बिश्वास र सद्भाव रहनेछ ।

अतितको प्रेमी 
बर्तमानको सुभेच्छुक
राज
-- 
                     आशाको जवाफ  राजलाई                                              
 -सागर अजनवी
                                                                                                  
मेरो आदर्श  
प्रेम को देवता  
राज  
हजुर को अन्तिम पत्र पढि रहेको छु  
जीवन  मा शायद सबै भन्दा बढी म अभागीनी आजै रोए होला ति हाम्रा पुराना दिनहरु ले एति बेला मलाई पल पल च्व्स् च्व्स्स् घोची रहेको छन  
चाहन्छु यो पिडा  मेरो जीवन भर  कायम  रहोस्  
                       जिन्दगी को यात्रा मा सम्झौता नै सम्झौता गर्नु पर्ने रहेछ l भाग्य मा जे छ त्यो भोग्नै पर्ने  मेरो भाग मा जे थियो त्यो भोगी रहेको छु lअब त शायद अर्को कुनै ठुलो पिडा छैन होला मेरो जीवन मा l तिमी जस्तो देवता लाई धोका दिए साची नै म पापिनी हु  र सजाए भोग्दैछु जती जती पिडा मिल्छ लाग्छ अलि अलि पाप पखालीदैछ मेरो मानसpaटल मा राज त्यो दिन सलबलाइ रहन्छ एउटा मिठो याद बनेर जती नै ठुलो चोट मानि सहन सक्ने ताकत बनेको छ एति बेला ति हाम्रा पुराना अनि रङिन बितेका दिन हरुl  
साची नै त्यो पहिलो पत्र  तिमी लाई लेख्दा म रात भर सुत्न सक्एको थिइन तिमी ले स्विकार गर्छौ गर्दै नौ भन्दै  एक आसा थियो भनेका थियौ" निकै राम्री देखिन्छौ परिवर्तन आएको छ नि ? ?
                       रात भर घरि घरि सयौ पल्ट दर्पण मा आफु लाई हेरे मेरो अनुहार अनि छाती मा फुल्दै गरेका मेरा बैसालु तरङ्गका उपहार पुस्ट पुस्ट देखिदै थिए जो कोही आकर्शित हुन्छ नै म आँफै त्यो पल दर्पणा मा आँफै लाइ हेर्दै लजाएथे आफ्न लाजका गहना हेरी राज रात भर तिमी लाई सम्झी सम्झी सुत्नै सक्एको थिइन सोच्थे तिमी आएर मलाई त्यो तिम्रो बाहु मा लिने छौ मलाई चुम्ने छौ म मदहोस् भएको थिए l तिमी लाई सम्झी सम्झी पतै नपाई रात बिते छ l तिम्रो याद मा कति बेला हिजो को समय हुन्छ अनि पधेरिमा तिमी लाई  
भेटी मैले अणि मेरा अधर ले  भन्न नसकेका शब्द हरुको कोसेली प्रेम पत्र  तिमी लाई दिन आतुर थिए तिम्रो जवाफ कस्तो आउछ मनमा डरै डर थियो राज तिमी मलाई संसार मै सब भन्दा बढी मन परेको पुरुष थियौ, छौ र हुनेछौ । । ।
                                         पत्र दिएको दिन धेरै बोल्छु भनेको थिए जब तिमी आयौ  म ला टि एको थिए तिमी लाई देखि क यौ प्रयास गर्दा नि बोल्न स कि न  मात्र भने भोली यही समय यही आउ है जवाफ सहित'
मेरो निद सबै हराएको थियो राज फेरी भोली सम्म बेचैनी जिन्दगी जिउनु पर्ने भन्दै फर्किए  म प धे रि  बाट  
रात भर प्रश्न नै प्रश्न खेली रहे क तै म गलत त गरी रहेको छैन ? ?
तिमी ले मलाई तस्तो  न सोचेको  रैछ भने ? ?
भुल गरे झै भाई रहेको थियो  तर के गर्नु तिम्रो माया म मा पागल बनेकी थिए राज म  
प्रतिछा  को घडी ज्यादै कश्ट कर हुदो रैछ तै समय भोगेको थिए बल्ल बल्ल फेरी भेट्ने समय आयो म तिमी भन्दा अघी नै  प धे रि मा पुगेथे  
तर मेरो मन मुटु नयन अ ध र जे जे थिए म सग सबै डर मानी कापी रहेका थिए पर बाट तिमी आएको देखे गुलाबी सर्ट कालो पेण्ट  
साह्रै सुन्दर देखेथे त्यो पल मेरो प्रेम को राजा  राज तिमी लाई  केही बोल्न स कि न  आएर बोलयौ कति सुने कति सुनिन पतै भएन  तर जती सुने हर शब्द शब्द मा जीवन थियो शायद तेसै ले होला आज राम्रो लेखक बनेको छौ  
भन्यौ 'यो उमेरमा प्रेम भन्दा धेरै आशाक्ती र आकर्शणा बाट प्रभाबित हुन्छौ  
'  
भन्दै गयौ समाज अनि परिवार बाट डराइ रहेको थियौ त्यो पल सातो गएथो त्यो पल तिम्रा कुराहरु ले  
बरु त्यो पल तिमी ले मेरो प्रश्ताब अस्विकार गरेको भए म पापिनी हुने थिइन होला धोकेवाज बन्ने थिइन होला
अन्तत प्रेम स्विकार गर्यौ जिन्दगी को सबै भन्दा ठुलो खुशी को छण त्यो नै हो कम खुशी भएनउ है हामी l दुबै अन्कमाल गरी खुब रोएथ्यौ  
खुशी भनेको छणिक हुदो रैछ जब तिमी लाई पधेरि मा भेटी धेरै बेर तिम्रो छाती मा ढल्केर कुरा गर्थे त्यो पल म संसार कै भाग्यमानी प्रेमिका भएको घमन्ड हुन्थो म मा तर केही समय को खुशी रैछ कस्तो जीवन है  १५  दिन मा १ पल्ट उदाउने जुन  लाई हेरी रम्नु पर्ने ? ?
हिमाल ले हिउ गुमाउछ पुन पाउछ ,आँखा ले आशु बहाउ छ पुन पाउछ तर अधरले गुमाएको हासो कहिले पुन प्राप्त नहुदो रैछ राज तिम्रो बिदेशिने अनि  हाम्रो सुन्दर सपना पुरा गर्ने चा हा मा नै हाम्रो प्रेम को अन्त भैस के को रहेछ  
तिमी ले सम्झाएथ्यौ प्रेम प्राप्ती मात्र होइन त्याग पनि हो भनि त्याग त गर्न स किन धोका भने दिए तिमी रेगिस्तान को मरु भुमी मा हाम्रो सुन्दर संसार सजाउन पसिना दिएर खुशी किनी  रहदा म पराइ को ढोली मा च ढे र पराइ को बने त्यो मेरो बिबशता थियो सबै कहाँनी भनेर म तिमी लाई दुखी बनाउन चाहन्न र अब धेरै ढिलो भयो त्यो राज राज मै सिमित होस् बरु चाहन्छु घिर्णा देउ  सपना को तिम्रो महल छण भर मै तहस् नहस् बनाए  
जलाई दिए तिमी अनि तिम्रो सपना साथ मा म नि जले र कालो बोकी बचेँए रहेको छु राज २ बर्ष कति तड्पियौ होला पराइ भुमी मा मेरो माया को न्यानो स्पर्श मा रम्न दिइन मैले गरेको प्रेम घा त म भने धेरै जल्याउ म बुझ्दथे त्यो पल तिम्रो पिडा चोट तर म परिवार को खुशी मा आफ्नो खुशी साटे  
अब सफाइ डिएर कुनै फाईदा छैन अहिले म आफ्नै जीवन को कोमा मा छु एक मृत सरिर लिएर बचेँए रहेको छु  
जिन्दगी सधैं सोचे जस्तो नहुदो रैछ  
नचाहेर पनि आशु सग खुशी साट्नु पर्दो रहेछ  
                       हासो लाई पराइ बनाइ बिहा गरे बाबा मामु ले रोजेको केटा सग तर बिश्वास गर या नगर आज सम्म दिल बाट तिमी लाई निकाल्न सक्एको छैन र सक्दिन पनि  मेरो पहिले प्रेम लाई कसरी भुलु म ? ?
मेरो माया सबै तिमी लाई दिएथे  श्रीमान बनाउदो लाइ दिन सक्इन दिए उस्लाई छाला र मासु मिठो मानी खुब खायो गिद्द बनी अघायो शायद केही समय पछी अनि लत्यायो सबै रस् चुसेर फाले झै कताइ जाने ठाउँ थिएन मर्न खोजे तिम्रो मुहार को झलझली याद आयो एक पल्ट तिमी लाई हेर्छु अनि मार्चउ भन्ने सोचे माइतै मा बसे सधैं तिम्रो हाल खबर तिम्रो बैनी समु सामु साथी लाई सोध्न लगाउ थे तर खै दाई ले फोन नै गर्नु हुन्न आज भोली भन्ने मात्र जवाफ पाउथे  
एक दिन तिमी आउने खबर सुने ।
त्यो पल म कति बेला तिमी लाई  हेर्नु भा थियो अनि तिम्रो छाती मा धेरै रुन मन लागेको थियो  
तर समय ले मेरो सब खुशी लुटि सके को थियो  तिम्रो सामु नगै परै बाट हेर्ने इच्छा भो ।
त्यो दिन तस्तै ४ बजे को थियो म बस पार्क मा बाटो हेर्दै थिए पर देखे मेरो प्रेम प्रस्ताब राखेको दिन मा झै गुलाबी सर्ट र कालो पेण्ट मा देखे त्यो बिते को पल सम्झी धेरै रोए तिम्रो याद मा राज म ।
पहिले भन्दा सुन्दर मुहार अलि मोटो तर एउटै कमि हसिलो मुहार थिएन त्यो मै धोके वाज ले लुटेको हु तिमी जहाँ जहाँ घुम्थ्यौ म पछी पछी हुन्थे लुकी लुकी हेर्थे । तिम्रो बिवाह भएको दिन बिहान त आउन सकिन  बेहुला भएको सुन्दा हजार तिर ले एकै पल्ट मलाई घो चे को पिडा भएको थियो आखिर तिमी ले पनि मेरो बिवाह म यो पिडा  सहेको थियौ  
केही बेर रोए अनि साथी उर्मिला सग गए बेलुकी तिमी अनि तिम्रो बेहुली हेर्न  
सुन्दर जोडी थियो त्यो राज तिमी अनि तिम्रो श्रीमती को  
उपहार आँफै दिन स किन अनि तिम्रो मुहार हेर्न पनि उदास मुहार थियो तिम्रो शायद मेरो याद अझै मेटिएको थिएन तर तिमी ले भने झै हामी दुई कि ना रा  भ इ स के का थियौ हाम्रो माया लाई नदी बनाइ जो सागर भेट्न निरन्तर बही रहेछ  
बिवाह को केही समय पछी तिमी गोर खा को ठुलो हाट मा जडइ गर्दा पछी पछी लुकी लुकी हेरी रहे सगै यात्रा गर्न नसक्ने भएर लुक्नु परेको थियो राज तै बेला लुक्ने ठाउँ पाइन र तिमी ले देखि हा ल्याउ आँखा जुद्यो तिमी आतिए झै भयौ बोल्न खोज्यौ म तर्केर हिंडे मेरो राज माफ गर है म तिमी सामु आफ्नो यो मुहार देखा उन लाएक छैन बोल्न त पर जावोस्  
 । । । । ।
आज अलि खुशी खुशी मिलेको छ तिमी ले अ थाह माया गर्ने सङी नि पायौ जो सधैं तिमी खुशी को कामना गर्छिन तिम्रो हर दुःè सुख मा साथ दिन्छिन सुखद दाम्पद्य जीवन को कामना अन्त मा पत्र कोर्दै जा दा गल्ती भयो होला हुन त धोका दिएर मुटु मा चोट लगाएको छु   
भन्नु पर्ने धेरै छ लेख्नु पर्ने धेरै थ्यो तर सक्इन  राज यती मै बिदा मागे है तिम्रो अन्तिम पत्र को जवाफ सग्गै 
उहि तिम्रो धोकेवाज प्रेमिका  
आशा  
बगुवा ५ गोरखा
हाल काठमाण्डौ

0 comments

Leave a comment