BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

दुई / चार वर्षपछि सोचौला !

Published on Thursday, August 18, 2011 1:47 AM // , ,


आधुनिकतासंगै आधा आकाश ढाकेका महिला चुल्हो चौकाको साँगुरो धेरालाई तोड्दै विश्वभरी छरिन थालेका छन् । पुरुष प्रधान समाज हाम्रो देशमा महिला भनेको पुरुषकै साहारमा ज्युनुपर्छ भन्ने मान्यता छ । पुरुषको अधिनमा रहेर काम गर्नुपर्छ र घरधन्दामा नै सिमित हुनुपर्छ भन्ने मान्यतालाई चुनौती दिदै महिलाहरु पनि हरेका क्षेत्रमा फैलिन थालेका छन् ।
यस्तै आट र अठोट लिएर आफ्नै खुटामा मा उभिएर केही गर्नुपर्छ भन्ने मान्यता बोकेर सरकारले अनुमति दिएको संस्थागत क्षेत्रमा काम गर्न आउने महिलाहरुको संख्या दिनानुदिन बढदै गएको छ । जसको लागि खाडी मुलुक कतार पनि एउटा गन्तब्य बनेको छ ।
कतारमा कार्यरत महिलाहरु मध्य एक हुन ललितपुर थसिखेल की ३५ वर्षिया अन्नपूर्ण पन्थ । ०५१ देखी बैदेशीक रोजगारको लागि प्रकृया चाले पनि २०६२ सालमा बल्ल साइत जुरेको बताउने अन्नपूर्ण उई केयर कम्पनीमा क्लिनरमा आएकी हुन । ४ वर्षको बसाई पछि १ महिनाको छुट्टीमा घर गएर आएकी अविबाहित अन्नपूर्ण उक्त कम्पनीबाट रिलिज लिएर हाल अलदला  क्लिनिङ  कम्पनी कुकमा कार्यरत छिन ।
कतार आफ्नो  गन्तब्यको सोच नभएको बताउने अन्नपूर्ण आफुले सोचे र रोजे जस्तो नभएर लेखेको हुनेमा विश्वास गर्छिन् । तर कतारलाई भने उनले सुनेको र सोचेको भन्दा फरक रहेको पाईन् । कतार आउनु पूर्व प्रारम्भ फेसन गामेन्ट कम्पनीमा कार्यरत अन्नपूर्ण घरपरिवारको साथ सहयोगबाट नै कतार अँएकी हुन् ।
करीव १ सय ३० जना महिलाहरु कार्यरत उक्त क्लिनिङ कम्पनीमा हरेक चाडवाडहरु रमँइलो हुने अनुभव छ । चाडपर्व धुमधामले मनाउने भएकोले घरपरिवारको साथमा नै बसेको भानहुने बताउछिन् । हिन्दु महिलाहरुको महानपर्व तिज नजिकीदै छ । उक्त तिजमा कार्यक्रम गर्नको लागि दाजुभाईहरुसंग सरसल्लाह लिनको लागि उनीहरुले भेटघाट कार्यक्रम राखेका थिए । उक्त अवसरमा भेटीए की अन्नपूर्णसंग गरिएको कुराकानी । 
कतार आउनु पूर्व के गर्नुहुन्थ्यो ?
  • प्रारम्भ फेसन गामेन्ट कम्पनीमा काम गर्थे ।
विदेश आउने रहर कसरी पलायो त ?
  • स्वदेशमा काम गर्ने बातावरण नै छैन सधैको बन्दहडताल छ । म आÏनो खुट्टामा आफै उभिनुपर्छ भन्ने मान्यता राख्ने महिला हो । त्यसैले विदेशमा गएर केही दुःख गरियो भने भविष्य सुन्दर होला भन्ने आशा लिएर आएको हुँ ।
कस्तो लाग्यो त प्रदेशी जीवन ?
  • रमाईलो नै लागेको छ । करिव १ सय ३० नेपाली दिदीवहिनीहरु हुनुहुन्छ । कुनै चाडवाड आउदा दिदीवहिनीहरुको जन्मदिन आउदा रमाइलो गर्छौ । मलाई त प्रवासमा बसेको जस्तो भान पनि भएको छैन । निकै खुशी पो लागेको छ ।
खाडीमा कार्यरत महिलाहरुलाई सुरक्षित हुदैन भन्छन नी
  • त्यो गलत हो । घरेलु कामदारमा आउने महिलाहरुको लागि यस्तो होला । कम्पनीमा आउने महिलाहरुमा त्यस्तो हुदैन । आÏनै घरमा बरु हामी यति सुरक्षिँत हुदैनौ यहाँ भएका छौ ।
कतारमा नेपाली महिलाको अवस्था कस्तो पाउनु भएको छ
  • समग्रमा भन्नुपर्दा राम्रो नै छ । यहाँ आएर आफ्नो  काम अनुसारको दाम र सम्मान पाएका छन ।
कतार आएर के पाए के गुमाए जस्तो लाग्छ
  • यहाँ आएपछि आर्थिक पक्ष र सीप राम्रो भएको छ तर स्वदेशमा साथी भाईसंग टाढा हुनु परॆको छ ।
काम र तलवबाट सन्तुष्ट नै हुनुहुन्छ नी ?
  • सन्तुष्ट नै छु । जे छ त्यसैमा खुशी रहनु पर्छ हैन र ?
६ वर्षको वैदेशीक जीवन बेतित गरिसक्नु  भयो  अव त घरजम गरेर बसौ जस्तो लाग्दैन ?
  • अहिले सम्म त्यस्तो सोच आएको छैन । अझै २४ वर्ष दुःख गरौ अनि त्यो विषयमा सोचौला भन्ने लागेको छ ।
कतारमा रहेर पनि स्वदेशको के कुरा झलझली सम्झनु हुन्छ ?
  • बुबाआमा, घरपरिवार र साथीसंगीहरु ।
प्रस्तुती -;  राजेश्वर ढकाल

0 comments

Leave a comment