BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

Published on Sunday, June 30, 2013 12:45 PM // ,

सप्रराईज
–राजेश्वर ढकाल हरेक रातहरु तिम्रो मिठो कल्पनामा बितेका हुन्छन । त्यहि तिम्रो साथ र मिठो कल्पना नै मेरो दिनभरीको थकानलाई भुलाउने माध्यम बनेको छ । आयुषा मेरी जीवनमा जव प्रवेश गरिन तब मलाई अझै जीवन के हो भन्ने बुझ्ने अवसर प्राप्त भयो । आयुषा संगको मेरो भेटपनि सामाजिक संजाल फेसबुकले नै जुराएको हो । फेसबुकले सम्बन्ध जुराएका कुरा, छुटाएका कुरा ,भ्रममा पारेका कुराहरु त नौला हैन आजको दिनमा । सधै झै विहान चिया नास्ता गरेपछि फेसबुक लगअन गरे मेरो होम पेजमा एकजना मित्रले आयुषाको फोटोमा कमेन्ट गरेछ । मलाई पनि उनको फोटोले आकषण गरायो । सुन्दर केटी देखे पछि कुन केटाहरुको मन चुकचुक नहोला र ? मैले पनि उनको प्रोफाइल भिजिट गर्नुभन्दा पनि पहिले उनलाई सिधै फ्रेन्डरिक्योस्ट पठाए । उनले पनि तुरुन्तै एसेप्ट गरिन । मैले धन्यवाद है मित्रता स्वकारेकोमा म्यासेज पठाए । उनका प्रोफाइल भिजिट गर्न थाले, फोटोहरु अवलोकन गर्न थाले ,सुन्दरनगरि पोखराकी रैछीन ,मैले उनको एक तस्विरमा कमेन्ट गरे –सुन्दर पोखरा जस्तै सुन्दर तिमी पनि नजर लाग्ला है...। त्यसपछि दैनिक जसो उनीसंगको च्याटले हामीलाई अझै नजिक बनाउन थाल्यो । सधै विहान उठ्ने वित्तिकै म उस्ले पठाएको म्यासेज हेर्न आतुर हुन्थे । हाई हेल्लोबाट रुसु भएको हाम्रँे सम्बन्धले अर्कै रुप लिन थाल्यो । मतलब हामी एक प्रेमीप्रेमीकाको रुपमा परिचित हुनथल्यौ । फेसबुकै माध्यमबाट मैले प्रस्ताव राखे । उनले सहजै स्वकार गरिन । कहिले हामी भावि जीवनको परिकल्पना गथ्र्यो ,कहिले कतैसंग हातसमाउदै घुमेका कल्पना गथ्र्यो त कहिले भावि सन्तानको नामकरणमा गर्दै झगडा गथ्र्याे । उनी पनि मेरै निम्ती भन्दै पोखराका रमणिए स्थलको विभिन्न सुन्दर तस्विरहरु फेसबुकमा दैनीक पोष्ट गर्न थालीन । मलाई पनि फोटोहरु पोष्ट गर्न आग्रह गर्थिन । सदैव फेसबुकको कुराकानीले मात्र हामीमा तृप्त हुने सकेनौ कहिले फोन त कहिले स्काईपमा कुरा गर्न थाल्यौ । आयुषा संगको मेरो भेट दिन, महिना, हुदै वर्ष बितेको पत्तै भएन । यो मरुभूमीमा मन बुझाउने साहारा बनिन आयुषा । हरेक दिन म उनकै फोटो र स्ट्याटसहरुमा नै भुलेको हुन्थे अनेक मिठा मिठा कमेन्टहरु गर्थे , उनी पनि त्यस्तै गर्थिन । भर्खर जवानी चढेको मेरो शरीरमा उत्साह र उमंग आउनु कुनै नौलो कुरा थिएन । चुल्बुलताले छाउदा कहिले झट्टै उनीभएको ठाउ“मा जाउ“ जस्तो बनाउथ्यो , अनी एकमनले फेरी सम्हाल्थे । कहिले काहि मैले गलत त गरेको छैन भन्ने मन नउठेको कहँ“ हो र ? तर उसको ती हिसोलो अनुहार र लोभ लाग्दा कुराहरुले मलाई कहिले झुटो छु भन्ने आभाष दिलाउन नै दिएन । हाम्रो सम्बन्ध भएको २ वर्ष पछि मेरो नेपाल फर्कने समय पनि भयो । मैले यो कुरा उसलाई भनिन । एक हप्ता देखी उसंग म कन्ट्याक लेस भएर फेसबुकको एकाउन्ट नै बन्द गरिदिए । मैले उनलाई सप्रराईज दिने सोचको साथ । जुन दिन मैले सप्रराईज दिने सोचले फेसबुक एकाउन्ट बन्द गरिदए । उनी पागल जस्तो भईछिन । साथीहरुलाई पनि सोध्ने गर्थिन रे राज कता हरायो, तपाईसंग भेट भयो भने मलाई म्यासेज गररे भनिदिनु ल । मैले उनको फोन पनि रिसिभ गरिन , साथीहरुलाई मेरो बारेमा सोधे थाहा छैन भनिदिन आग्रह गरेको थिए । म उसलाई सप्रराईज दिने सोचमा थिए तर त्यो सप्रराईज मेरो लागि घातक सावित भयो । त्यहि सप्रराईजले निम्ताएको घटनाले आज पछुतोमा पिरोलिरहेको छु । मैले आशुषाले यस्तो गर्थिन भन्ने कल्पना पनि गरेको थिइन । तर जे नहुनु पर्ने थियो त्यहि भएरै छोड्यो । जब म नेपाल आउने १०, १५ दिन मात्र बांकी छ भन्दा उनले असाध्यै खुशी हुदै भन्ने गर्थीन राज आइ.एम वइटिङ फर यु , प्रिलज कम सुन भन्ने गर्थीन । जब म सम्र्पक विहिन भए त्यसपछि उनी चिन्तीत हुन थालेछिन । उनको परिवारका सदस्यहरुलाई पनि हाम्रो सम्बन्धको बारेमा थाहा भईसकेको थियो । म नेपाल आएपछि विवाह बन्धनमा बाधिएर बस्ने सोच पनि थियो हाम्रो त्यसैले उनको धेरै ठाउँबाट आएको विवाहलाई पनि रोक्दै मेरै प्रतिक्षामा बसेकी थिइन । जब म नेपाल फर्कने समयमा कुनै खबर नगरि त्यसो गर्दा उसको ढुकढुकीले सिमा नाघे छ । उनले सोचिन राज धोकेबाज रहेछ । नत्र यति लामो सम्म सधै हासि खुशी हुने मान्छे आज किन यसरी अलग भयो । उनको परिवारमा पनि यस घटनाको थाहा भएपछि झनै विवाहको लागि प्रेसर हुन थालेछ आयुषालाई । हुन पनि हो हाम्रो नेपाली समाज कहा“ सजिलो छ र पुरुषलाई जस्तो महिलाहरुलाई । म आयुषाको लागि रिं¨,मोवाइल गिफ्ट किने मनमनै सोचे भोली आयुषालाई एकै चोटी पोखरा आउदै गरेको सुनाउदा उनी एकै छिन रिसाउछीन होला त्यो भन्दा बढि खुशी हुनेछीन । मनमा यस्तै यस्तै उत्साह बुन्दै म नेपालको यात्राको लागि हिडेको थिए । विहानी पख काठमाण्डौमा उतारिदियो कतार एयरवईजले । म काठमाण्डौमा नभुली बसपार्कबाट सिधै पोखरा तिर हिडे, घर तिर पनि मैले कसैलाई आउदैछु भनेर जानकारी दिएको थिईन । पोखरामा आयुषासंग भेट भएपछि संगै आयुषालाई लिएर घर जाने सोच बनाएको थिए । पोखरा जादै गर्दा फोन गरे आयुषाको मोवाइला लामो समय रिङ गयो तर उठेन, बारम्बार गर्दा एक चोटी फोन उठ्यो हेल्लो , मैले आयुषा म राज । को राज ? म आयुषा हैन,आयुषाको साथी, उसको आज विवाह हुदैछ । फोन धेरै आएकोले मैले उठाएको । आयुषाको साथी एकहोरो बोल्दै गईन ,म छांगोबाट खसे जस्तै भए । उनले फोन राखेर विदा भईन । मेरो कानमा त्यही आवाज गुन्जिरहयो । आयुषाको विवाह हुदैछ । म गह्रौ मन लिएर आफैले थापेको जालोमा आफै पर्दै जीवनलाई धिक्कार्दै डुम्म्रमा नै झरे । त्यसदिन त्यहि डुम्रेको होटलमा नै रात कटाए । उनले सुहागरात मनाउदा म नशामा झुम्दै थिए । धेरै पिएं । सायद जीवनमा यति धेरै दुःखी आज सम्म भएको थिईन होला । उनको उत्साहवद्ध बोलिहरु, उनको हसिलो अनुहारहरु झलझली आ“खामा आउन थाले ,अनी फेरी नशाको साहारा लिन्थे । यसरी नै बिहान भएको पत्तो पनि पाईन । विहान पख घर जाने तर्खरमा गाडीको प्रतिक्षामा बसे । पोखराबाट गोर्खा जाने बस आयो हात उठाए । गाडीमा चढ्ने बित्तिकै आयुषालाई देखी हाले । प्रत्यक्ष भेट नभएपनि उनको फोटाहरु सबै देखेको थिए, स्काईपमा भिडियो च्याटहरु भएको थियो । उनलाई मैले र मलाई उनले पहिचान गर्न गाह्रो भएन । मेरो नजर उनीमा ठोकिने बितिकै उनले आफ्नो नजर झुकाई र मलाई चिने नचिने जस्तो गरिन । मैले त्यहा“ गए बोल्नु ठिक लागेन । गल्ति मेरै थियो । त्यो उनको रहर हैन बाध्यता थियो । खाजा खान गाडी रोक्यो उनको श्रीमानले आयुषालाई तिमी के खान्र्छौ आयुषा भन्दै थिए, मैले सोचे आयुषा खाजा खान नगए देखी आयुषासंग कुरा गर्ने समय हुनेथियो । जे मैले सोचेको थिए त्यही भयो । आयुषा भोक लागेको छैन हजुर खानुस भनेर गाडी मै बसिन । म आयुषाको नजिक गएर सोधे । आयुषा तिमीले किन यस्तो गरेको ? उनले आ“खा भरी आशु पार्दै राज तिमीलाई मैले यति धेरै माया गरे तिमीले मलाई यसरी धोका दियौ । किन म संग मायाको नाटक रचेको एकहोरो उनी बोल्न थालिन । अब मेरो नजिक तिमी कहिले नआउनु जे हुन भै सक्यो । मैले भनेको मान्छौ भने प्लिज तिमी यो बसबाट उत्रेर अर्कै बसमा जाउ“ । अब मेरो भलो चाहान्र्छौ भने । मलाई केही भन्ने अवसर पनि पाईन सबै खाजा खाएर आए । म त्यहि झरे । त्यसपछि न उनीसंगको मेरो सम्बन्धले विट मार्यो उनले आफ्ना फेसबुक एकाउन्टहरु, स्काईप मोवाइल सबै परिर्वतन गरीन । म भने अझै त्यो सप्रराईजले भरिएको भारी जिवन वाचिरहेको छु आशुषाको यादमा ।

0 comments

Leave a comment