BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

चुनावको तयारी बारेमा राष्ट्रपतिलाई अध्यक्ष रेग्मीद्वारा जानकारी

Published on Thursday, July 4, 2013 2:42 PM //

फाइल फोटो: राष्ट्रपति भवन शीतल निवास
फाइल फोटो: राष्ट्रपति भवन शीतल निवास
काठमाडौं, २० असार। राष्ट्रपति डा. रामवरण यादवसँग मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले साँझ राष्ट्रपति निवास शीतलनिवासमा भेट गर्नुभएको छ। भेटका क्रममा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकारले गरेका तयारीहरुका बारेमा राष्ट्रपति डा. यादवलाई जानकारी गराउनुभएको थियो।
सोही क्रममा अध्यक्ष रेग्मीले देशका विभिन्न स्थानमा हालै भएको प्राकृतिक प्रकोपका कारण भएको क्षति र सरकारले पीडितलाई लक्षित गरी सञ्चालन गरेका राहत तथा पुनस्र्थापना कार्यक्रम, विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र वितरण भएको राहतका बारेमा राष्ट्रपति यादवलाई जानकारी गराउनुभएको थियो।
भेटकै अवसरमा आगामी संविधानसभाको निर्वाचनमा अधिकाधिक जनसहभागिता सहित स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने कुराको सुनिश्चित गर्नका लागि निर्वाचन मैत्री वातावरण निर्माण गर्न भइरहेका विभिन्न काम कारबाहीका बारेमा पनि अध्यक्ष रेग्मीले राष्ट्रपति यादवलाई जानकारी गराउनुभयो।
मन्त्रिपरषिद् अध्यक्ष रेग्मीले जानकारी गराउनुभएको सरकारका गतिविधि र स्थितिप्रति राष्ट्रपति यादवले सन्तोष व्यक्त गर्नुभएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनुभएको छ।

0 comments

Leave a comment