ह्रदयघातबाट वर्षेनी सयौं नेपाली कामदारहरुको मृत्यु
Published on Thursday, August 18, 2011
1:45 AM //
Headlines,
प्रबास समाचार
|
ह्रदयघातबाट वर्षेनी सयौं नेपाली कामदारहरुको मृत्यु
August 21, 2010
WRITTEN BY BABUGORKHALI
LEAVE A COMMENT
-दिनेश रेग्मीसात समुन्द्र पारि काम गर्नु परेकाले उत्पन्न चिन्ता र तनाव एवं गरम ठाउँमा कडा परिश्रम र पहिलेदेखिकै रोग नखुट्ट्याइनुले धेरै संख्यामा कामदारहरुलाई मुटु रोग लाग्ने गरेको डाक्टरहरुको भनाई छ।कतारको एउटा निर्माण कंपनीमा काम गर्ने गोर्खा च्याङ्लीका २८ वर्षीय श्रेष्ठ थरका एक युवकको बेलुकाको खाना खाएर सुतेको अवस्थामा केही समय अगाडि मृत्यु भयो।-डा नरेन्द्रकुमार शाक्य, कतारस्थित एकजना नेपाली डाक्टरचार वर्षदेखि कतारमै सिकर्मीको काम गर्दै आएका उदयपुर फोक्सिलाका ४० वर्षीय राई थरका अर्का कामदारको पनि राती सुतेकै अवस्थामा निधन भयो।‘अकस्मात मृत्यु’
उनीहरु दुवैको मृत्यु एउटै कारणले भएको थियो- हृदयघात।उनीहरुको जस्तै अकस्मात हुने मृत्युका शिकार कैयौं कामदारहरु बनेका छन्।पछिल्लो एक वर्षमा कतारमा मृत्यु भएका २ सय १७ नेपाली मध्ये १ सय १५ अर्थात आधाको निधन हृदयघातबाट भएको छ।हृदयघातबाट मृत्यु हुने समस्या खाडिका अन्य राष्ट्र साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराईन र खाडी परको अर्को राष्ट्र मलेसियामा पनि उस्तै छ।वैदेशिक रोजगारमा जानको लागि हरेक कामदारले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिंदा निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने भए पनि त्यसमा मुटु सम्बन्धी रोगबारे केही उल्लेख गर्नुपर्दैन।“उनीहरुको रोग पहिला पत्ता लागेको हुँदैन। यहाँ आएपछि एक्कासी गर्मी वातावरण र कडा परिश्रम पर्छ। यहाँ बढि नुनीलो, चिल्लो खान्छन्। त्यसैले ह्रदयघातको कारण थुप्रैको अकस्मात मृत्यु हुन्छ।”-डा नरेन्द्रकुमार शाक्य, कतारस्थित एकजना नेपाली डाक्टरतर त्यही रोग नै खाडीमा कार्यरत मजदुरहरुलाई ठूलो समस्या हुने गरेको छ जसको कारण कैयौंले ज्यान समेत गुमाउन पुगेका छन्।त्यसो त यहाँ कार्यस्थलमा दुर्घटना, अग्लो ठाउँबाट खसेर, डुबेर, श्वासप्रश्वास समस्या, सडक दुर्घटना, आत्महत्या जस्ता अन्य कारणबाट समेत मृत्यु हुने गरे पनि हृदयघात सबभन्दा ठूलो समस्या बनेको छ।स्वास्थ्यकर्मीहरुका अनुसार मानसिक तनाव, अत्यधिक कामको बोझ, चर्को गर्मी, अस्वस्थ्यकर बसाई र खानपिन, मादक पदार्थ सेवन, ऋणको बोझ र घर परिवारबाट टाढा हुनुको चिन्ता साथै उच्च रक्तचाप जस्ता कारणबाट हृदयघातका समस्या बढेका छन्।एक वर्षदेखि कतारमै कार्यरत नेपाली चिकित्सक डा नरेन्द्रकुमार शाक्यका अनुसार ती मध्ये कतिपयलाई त पहिलेदेखि नै मुटु रोग लागेको हुन्छ।“उनीहरुको रोग पहिला पत्ता लागेको हुँदैन। यहाँ आएपछि एक्कासी गर्मी वातावरण र कडा परिश्रम पर्छ। साथै खानपान मिल्दैन। यहाँ बढि नुनीलो, चिल्लो खान्छन्। त्यसैले ह्रदयघातको कारण थुप्रैको अकस्मात मृत्यु हुन्छ,” डा शाक्यले भने।उपाय
वैदेशिक रोजगारको लागि श्रम स्वीकृत लिन छातीको एक्सरे, रगत र पिसाब जँचाउनु पर्ने नियमसँगै मुटु रोग तथा रक्तचापलाई पनि समावेश गरे यो समस्या कम हुने चिकित्सकहरुको ठम्म्याई छ।यो रोगबाट बच्न कामदारहरुलाई स्वस्थ जीवनशैलीको अभ्यास गर्न उनीहरुले सुझाव दिएका छन्।“चर्को गर्मीमा कडा परिश्रम सकेसम्म नगर्ने तथा बेलाबेला रक्तचाप जाँच गराउने गर्नुपर्छ,” डा शाक्यले बताए।गएको एक वर्षमा अढाई खर्ब रुपियाँको रेमिटेन्स पठाएर अर्थतन्त्रको सबैभन्दा बलियो खम्बाको रुपमा उभिएका ती कामदारहरुको स्वास्थमा देखिएको जटिलताप्रति आवश्यक ध्यान पुग्न नसकेमा देशकै निम्ति घातक हुन सक्ने धेरैको ठम्याई छ
|
Tags:
Headlines,
प्रबास समाचार