BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

रेखालाई छाडा शब्दहरुले गाली

Published on Sunday, March 27, 2011 2:34 AM //


rekha_in_400_01

सामाजिक सन्जाल फेसबुकको एक पेजमा नायिका रेखा थापालाई मन नपराउनेहरु उनलाई अँग्रजी छाडा शब्दहरु प्रयोग गरी गाली दिन पनि पछि परिरहेका छैनन् । ‘आई हेट रेखा थापा’ नामक उक्त पेजको भित्ता–भित्तामा रेखालाई गरिएका गाली र छाडापन झल्कने बिभिन्न समाग्रीहरु पर्याप्त भेट्न सकिन्छ ।


दुई हजार दुई सय चौवालिस जनाले मनपराएको यो पेज, रेखालाई मन नपराउने ब्यक्तिहरुको समुह निर्माण गर्ने उद्देश्यले खोलिएको बुझ्न सकिन्छ । यद्यपी उक्त पेजमा केहि ब्यक्तिहरुले भने रेखा एउटा राम्रो अभिनय गर्ने अभिनेत्री हो भन्ने प्रतिक्रिया पोष्ट गरेका छन् । तर यी र यस्ता सकारात्मक कुराहरु भन्दा नकारात्मक कुराहरु बढि पोष्ट हुने यस पेजका बिषयमा रेखा भने अनबिज्ञ छिन् ।

दिनानुदिन यस पेजलाई लाईक गर्नेहरुको संख्यामा पनि बृद्धि भैरहेको पाईन्छ । मेरोसिनेमाले गएको माघ महिनामा गरेको सर्वेक्षणमा यस पेजलाई अठार सय साठ्ठीले लाईक गरेका थिए ।

यसरी एक चिरपरिचित सेलिब्रेटीलाई कुनै सामाजिक सन्जाल मार्फत् बदनाम गर्न खोजिनुलाई तपाई हामीले के भन्ने ?

Tags:

0 comments

Leave a comment