BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कस्को कति फ्यान ?

Published on Sunday, March 27, 2011 9:27 AM //



facebook_in_400

सामाजिक सन्जाल फेसबुकमा हाल थुप्रै नेपाली सिनेकर्मीहरुको फ्यान पेज पाउन सकिन्छ । महानायक राजेश हमालदेखि लिएर भर्खरै मात्र नेपाली रजतपटमा छिरेकी नायिका केकी अधिकारी सम्मका फ्यान पेजहरु हामीले भेट्यौं ।

फेसबुक मार्फत् फ्यान बटुल्ने दौडमा चर्चित हास्य अभिनेता हरिवंश आचार्य सबैभन्दा अगाडी रहेका छन् । आचार्यको पेजलाई हालसम्म १,०४,१९७ जनाले लाईक गरेका छन् । त्यस्तै उनलार्ई पछ्याउदै नायिका नम्रता श्रेष्ठ ७२,८६३ फ्यानहरुको साथमा दोस्रो स्थानमा छिन् भने पुर्वमिस नेपाल तथा ‘गुडबाई काठमान्डौं’की नायिका माल्भिका सुब्बा तेस्रो स्थानमा छिन् । उनको पेजलाई हालसम्म ५९,४६५ ले लाईक गरेका छन् ।

नायिका रेखा थापाले फेसबुक मार्फत् ३६,९८९ जना फ्यानहरु बटुलेर आफुलाई चौथो स्थानमा उभ्याएकी छिन् भने चर्चित हास्य जोडी मह २०,९७३ फ्यानहरुकका साथमा पाचौं स्थानमा छन् । यता महानायक राजेश हमाल १४,९६४ फ्यानहरुका साथमा छैठौं स्थानमा देखिन्छन् । चक्लेटी नायक आर्यन सिग्देल हमाललाई पछ्याउँदै १०,९५६ फ्यानहरुका साथमा सातौं स्थानमा छन् भने आर्यनलाई पछ्याउँदै नायिका ऋचा घिमिरे ७,६५५ फ्यानहरुका साथमा आठौं स्थानमा छिन् । पुर्व इन्डियन आईडियल तथा नायक प्रशान्त तामाङ्ग ३,७३७ फ्यानहरु बटुल्दै नवौं स्थानमा छन् भने नायिका केकी अधिकारी ३,६७२ फ्यानहरुका साथमा दशौं स्थानमा छिन् ।

Tags:

0 comments

Leave a comment