BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

रेगिस्तानमा कमल फुलाउँनु पर्छ’ – नवनायिका कोपिला कार्की

Published on Sunday, March 27, 2011 8:53 AM //



व्यस्त जीवन शैली र समय अभावको बाबजुत पनि हिजो आज दोहामा सुनि रहने र मिडियामा आई रहने कला क्षेत्रकी नव नायिकाको एउटा नाम हो कोपिला कार्की । ललितपुरको गोदावरीमा स्थानिय घर भई हाल कतारको एक प्रतिष्ठित कम्पनिमा सेल्स अफिरको काम गरि रहेकी कोपिला नेपालबाट नै कला क्षेत्रमा प्रवेश गरेकी हुन । कोपिलाको जीवन रफ्तार र उतार चढाव सगै कहिले सिङ्गापुर कहिले कुवेत हुदै हाल दोहामा २ बर्ष देखि कार्यरत छिन् । परिवारको जिम्मेवारी र आफ्नो जीवनलाई सहि तरिकाले समायोज गरेर अघि बढि रहेकी कोपिलाले कतारमा भएका स्टेज सोहरुमा उदघोषिकाको भुमिका पनि निभाउदै
आईरहेकी छिन् ।

कोपिलाले कतारबाट निर्मित नेपाली कथानक चलचित्र ‘यदि’ बाट अभिनयको आरम्भ गरेकी हुन । तर प्राविधिक कारणले उक्त चलचित्रलाई बिचमा नै छोड्नु परेको तीतो यथार्थलाई उनी बिर्सन सक्दिनन् । पछिल्लो समयमा सिने सरोकार केन्द्र दोहा कतारले निर्माण गरि रहेको चलचित्र ‘इसारा जिन्दगीको’ मा पुन नायिकाको भुमिकामा अनुबन्धित् भएर काम सुरु गरिरहेकी छिन् ।


कलाकारिताको सुरुवात कसरी गर्नु भयो ?
२ बर्ष अगाडि स्टार क्रियशनमा शिव विकको निर्देशनमा सबै भन्दा पहिला लोक दोहोरीमा मोडलिङ गरेबाट मेरो कलाकारिताको सुरुवात भएको हो । त्यस पछि मैले इसियार एफ एम गोदावरीबाट संचालित ‘शन्देस’ कार्यक्रममा उद्घोषिकाको रुपमा पनि काम गरे । अहिले दोहाबाट बनि रहेको बिभिन्न म्युजिक भिडियोहरु र सिने सरोकार केन्द्र दोहा कतारबाट निर्माण भईरहेको चलचित्र ‘इसारा जिन्दगीको’ मा नायिकाको भुमिका गरिरहेकी छु ।
‘इसारा जिन्दगीको’ कस्तो चलचित्र हो ?
यो चलचित्र प्रवास र दोहाको नेपाली जनजीवनको दर्पण हो । जुन दर्पणमा हामी कतार र कतारको नेपालीहरुको जनजीवन नियाल्न सक्दछौ ।
दोहामा रहेका कलाकारहरुकॊ भुमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
सबै भन्दा पहिला नेपाली कला र संस्कृति झल्काउने र संरक्षण गर्ने हुनुपर्छ । सम्पुर्ण नेपाली कलाकारहरुले पहिला म नेपाली हुँ मैले गरेको कामले नेपालको प्रतिनिधित्व गर्ने छ भनेर सोच्न जरुरी हुन्छ । त्यस पछि व्यावसायीकरण तिर लम्कदै अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने प्रस्तुति दिन सक्नु पर्छ । तर नेपाली कला र संस्कृतिको मर्म र भावलाई भने मार्न हुदैन । म त यो भन्न चाहान्छु हामीले पोखरीमा हैन रेगिस्तानमा कमल फुलाउँनु पर्छ तब मात्र दोहाको कलाकारहरुको पहिचान हुनेछ ।


दोहामा कलाकारिताको अनुभव र भविष्य कस्तो देख्नु भएको छ ?
दोहाको परिवेशमा कलाकारिताको अनुभव अति नै कष्टकर छ । सातामा छ दिन ड्युटि एक दिन शुक्रबार बिदा हुन्छ । त्यहि दिनलाई सदुपयोग गर्नु पर्ने हुन्छ । त्यस पछि कतारको अति नै कडा कानुन प्रचण्ड गर्मी सबै कुरालाई सम्झौता र सामना गरेर यो क्षेत्रमा लाग्नु पर्ने हुन्छ । तर पनि सुर्टिङ्ग स्पोटमा हुने पारिवारिक माहौलले गर्दा यो सब कुरा ख्याल हुदैन । दोहामा पनि कलाकारितालाई व्यावसायीकरण गर्न सकिने अवस्था छ । यहाँ भएका सम्पुर्ण कलाकारहरु एक आपसमा मिलेर गएको खण्डमा कलाकारिताको भविस्य पनि राम्रो छ ।
भविष्यमा यहि क्षेत्रलाई निरन्तरता दिनु हुन्छ या अरु नै योजना बनाउनु भएको छ ?
अहिले यसै भन्न सक्ने स्थीति छैन । गर्दै जाऊ यो क्षेत्रमा टिकिरहन सके यसै क्षेत्रलाई अगाडि बढाउने छु । तर बैकल्पिक बाटोहरु बनाएर अगाडि बढ्न भने छाड्ने छैन । भोलि कस्ले देखेको छ र ?
यस क्षेत्रमा कसलाई प्रेरणाको श्रोत मान्नुहुन्छ ?
धेरैको नाम लिनु पर्ने हुन्छ तर म दोहामा रहेको मेरो बाबालाई मेरो प्रेरणाको श्रोत मान्दछु ।


प्रवासमा रहेका कलाका पारखी नेपालीहरुलाई केहि भन्न चाहानु हुन्छ ?
प्रवासमा रहनु भएका सम्पुर्ण नेपालीहरु जो परिवारबाट टाढा रहेर परिवारको लागि श्रमको खेति गरि रहनु भएको त्यो अति नै सम्मानजनक छ । तर नगन्य संख्यामा रहनु भएका ती नेपाली दाजुभाई र दिदी बहिनीहरु प्रति दुःख लाग्छ जस्को आँखा अति नै कुण्ठित र घिन लाग्दो छ । बिशेष गरेर हामी महिला कलाकारहरुलाई हेर्ने वहाँहरुको आँखा सारै नै गतल छ । म वहाँहरुलाई भन्न चाहान्छु कि हामीले कलालाई साधना र पुजाको रुपमा लिएका छौ । इमान्दारी र नेपाली पहिचान हाम्रो कसी हो । यसलाई गलत आँखाले अर्को परिभाषा नलाई दिनु होला ।

Tags:

2 comments

  1. प्रगतीले सोपान चुमोस शुभकामना प्रीया जी

    ReplyDelete