BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

दुई छोरीको यादले सताउछ !

Published on Saturday, April 30, 2011 3:35 AM // , ,


घरको कामको लागि निषेधीत गरिएको खाडी मुलुकमा पनि महिलाको आगमन सुरु भएको छ । केही महिलाहरु दलालले झुक्याएर र लहैलहैमा लागेर घरको काममा नआएकी भने हैनन् तर अधिकांश महिलाहरु सरकारले अनुमति दिएको संस्थागत क्षत्रमा काम गर्न आएका छन । खाडी मुलुकहरु मध्य कतार पनि महिलाहरुको लागि एउटा गन्तब्य बनेको छ । कतारमा पनि नामदाम र सम्मान कमाएका छन् । sssकतारमा कार्यरत महिला मध्य एक हुन ३३ वर्षिय सावित्री गिरी । ३ वर्ष हंकंगमा बसरे वैदेशिक जिवनको अनुभव लि सकेकी गिरी स्नातकमा पढादै विदेश हानिएकी थिइन । तनहुँ जिल्ला थप्रेके गा.वि.स मा जन्मेर हाल कर्मथलो पोखरा बनाएकी गिरी आफुलाई भाग्यमानी ठान्छिन । किनभने परिवारको साथ सहयोग बाट नै आज उनि यहाँ सम्म आउन सफल छिन, बाहिरी संसार बुझ्ने अवसर प्राप्त गरेकी छिन । उनको श्रीमान पनि रोजगारीको सिलसिलामा दुवइमा छन् ।
 दुई छोरीकी आमा गिरी नेपालमा हुदा पनि हेबनली गार्डेन पोखरा,मिनार इग्लीस बोर्डिंग स्कुल,कुमुदिनी बोर्डिंग स्कुल काठमाण्डौ शिक्षीका र विभिन्न गैर सरकारीसंस्था एन्जीयो फेरेडिरेसन र साइओकस्र टेड्स जस्ता संस्थाहरुमा पनि आवद्ध थिइन । त्यतिमा मात्र उनको परचिय सिमित छैन । उनी लोकदोहोरी गायीका पनि हुन् । “अल्झियो नजर” भन्ने एल्बम समेत निकाली सकेकि गिरी नेपाल फर्किए पछि दोस्रो एल्वम निकालने सपना बुनेर बसेकी छिन् । हाल १३० भन्दा बढि नेपाली कार्यरत एक क्लिनीड़ कम्पनीको क्याम्प इन्चार्ज रहेकी गिरी ssफुसर्दको समयमा सास्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्ने गरेकी मात्र छैनन् मनकामना सास्कृतीक परिवार गोरखाको उपाध्यक्ष समेत छिन् । महिलाले पनि आफ्नो खुट्टामा उभिएर केही गर्नुपर्छ भन्ने मान्यता राख्ने गिरीसंग गरिएको कुराकानी

दुई छोरीको यादले सताउछ !

  •  विदेशमा चाडवाड आउँदा कस्तो लाग्छ ?
 चाडवाड आउँदा नरमाइलो लाग्नु त स्वभाविक हो तर पनि हामी १३० भन्दा वढि नेपाली दिदीवहिनीहरु छौ त्यसेले दुःख लाग्दैन । चाडवाडमा हामी क्याम्पमा नै मिलेर रमाइलो गर्ने गरेका छौ ।
  • तिहारमा पनि कुनै त्यस्तो योजना बुन्नु भएको होला नि त ?
छौ नि ! तिहारमा लक्ष्मी पुजा गर्नको लागि क्याम्प सफा गरेर लक्ष्मीको मुर्ति तयार पारेका छौ । sसबै मिलेर पुजा गर्ने अनि देउसी भैलो खेल्ने योजना बनाएका छौ । टिकाको दिन विदा नभएपनि आफ्नो भाईहरु हुनेहरुको लागी गेटमा नै थोरै समय मिलाएर टिका लगाउने अवसर समेत दिएका छौ साथै छुट्टीको दिनमा र्कनेसमा गएर नाचगान गर्ने सेलरोटी खाने योजना बनाएका छौ । जहाँ रहेपनि आफ्नो कला र सस्कृतीलाई भुलेका छैनौ र भुल्नु पनि हुदैन ।
  • यहाँ विदेशी नागरिक र नेपाली दाजुभँईहरुबाट कस्तो ब्यवहार पाउनु भएको छ ?
 विदेशी नागरिकहरुबाट त हामिले त्यस्तो कुनै नराम्रो ब्यवहार भोगेका छैनौ ! बरु नेपाली दाजुभँईहरुले नै नराम्रो ब्यवहार गरेका छन् । कति ले राती राती फोन गर्ने नचाहिदो कुरा गर्ने गरेका छन् । यहाँ क्याम्पमा पनि कति दिदीवहिनीहरुलाई त्यस्तो फोन आउने गरेको छ कतिलाई त मैले फोनमा नै सम्झाउने पनि गरेको छु । त्यस्ता नेपाली दाजुभाई मेरो के आग्रह छ भने सबै चेलिबेटीहरुलाई आफ्नो आमा दिदीवहिनी सम्झनु होला ।
  • नेपाली महिलाहरुको अवस्था कस्तो पाउनु भएको छ ?
सम्रगमा भन्नु पर्दा राम्रो नै छ । तर पनि कति दिदीवहिनीहरु कसैले फोनमा बोलेको भरमा गिफ्ट किनेको भरमा अनिहरुको पछि लाग्ने गरेका छन् । त्यस्तो गर्नु एकदम गलत कार्य हो । यसरी लहैलहैमा लागेर आफ्नो जिन्दगी वर्वाद नपार्नलाई आग्रह गर्छु ।
  • नेपाली चेलीहरु विदेशीनुलाई कस्ता रुपमा हेर्नु भएको छ ?
यो त एकदम राम्रो कुरा हो । कुनै पनि महिला आफ्नो खुट्टामा उभिएर केही गर्छु भन्छ भने परिवार र छरछिमेकले साथ दिनुपर्छ भन्ने मेरो मान्यता हो । यस्ता महिलाहरु देख्दा मलाई गर्व लाग्छ । केही गर्छु भनेर दृढ अठोट राख्ने महिलाहरुलाई म हृदय देखी नै सेलुट ठोक्छु ।
  •  कतारमा नेपाली चेलीहरु दूतावासको शरणमा आउने घटना बढ्दो छ । तपाईको विचारमा यस्तो किन हुन्छ ?
 प्रमुख कारण त सरकारको कमजोरी हो । नेपाली महिलालाई पनि विदेशमा आउने बाटो खुला गरिनु पर्छ । नेपाली महिला सधै चुलो र चौकामा मात्र सिमित राख्नु हुदैन । कति अनपढ दिदीवहिनीहरु यहाँ आएर आफ्नो सिपले २०/२५ हजार कमाएर परिवार र छोराछोरीलाई राम्ररी पढाएका छन्आर्थिक पक्षलाई बलियो बनाएका छन् । यदि स्वदेशमा नै भएको भए यो सम्भव थिएन । खाडीमा जस्तो सुरक्षित महिला अरु मुलुकमा हुन सक्दैन जस्तो लाग्छ । हो सरकारले घरेलुकामदारको रुपमा महिलालाई खाडीमा पठाउनु हुदैन ।
  • कतारमा आएर के पाए जस्तो लाग्छ के गुमाए जस्तो लाग्छ ?
यहाँ आएर कामको अनुभव बटुलीयो आर्थिक पक्ष पनि सबल भयो । गुमाएको त परिवारको साथसाथिभाइको माया र नेपालको हावापानी नै हो ।
  • कतारमा रहेर पनि स्वदेशको के कुरा झलझली सम्झनु हुन्छ ?
एउटा आमाको लागी अरु के नै हुन सक्छ र ! मेरो मुटुको धड्कन दुईछोरीहरुको याद ले सताउछ । केही मिठो मसिनो खान लाग्दा पनि उनिहरुलाई नै झलझली सम्झन्छु ।
प्रस्तुति -राजेश्वर ढकाल

0 comments

Leave a comment