कला क्षेत्रमा ३ वर्ष पहिले प्रवेस गरेकी गुरूङ अहिले ठुला चलचित्रमा मुख्य नायिकाको रुपमा देखिन थालेकी छिन । सिमा अतिकमर्णको विषयमा निमार्ण  गरिएको चलचित्र “दशगजा”मा मुख्य नायिकाको भूमीका निवाह गरेर ठुलो पर्दामा आएकी गुरूङले “गोरखा पल्टन” चलचित्रमा समेत अभिनय गरिसकेकी छिन ।                             गोरखा थालाजुङमा २०४५ सालमा जन्मिएकी उनी गत अप्रैल १३ मा युनिटी शुभकामना साझमा दोहा आएकी छिन । दोहा आएको अवसरमा गोरखाली चेली तथा तमु चेलीलाई गोरखा प्रवासी संघ र तमु बौध सेवा समितिले शनिबार सम्मान गरेको छ । यसै अवसरमा उनीसंग राजेश्वर ढकालले गरेको कुराकानी
  •  कस्तो लाग्यो त कतार ? 
  • साह्रै रमाईलो लाग्यो । यहाँ दर्शकहरुको माया धेरै पाए धेरै खुशी छु । नेपालीहरु धेरै छन भनेको त सुनेको थिए तर संघ संस्थाहरु छन भन्ने चाहि थाहा थिएन ।
  • सम्मानित हुन पाउदा कस्तो लाग्यो त ?
खुशीको सिमानै छैन प्रदेश आएर यसरी सम्मानित हुन्छ भन्ने सोचेको थिईन ।
  • कला क्षेत्रमा कहिले प्रवेश गर्नुभयो त ?
३ वर्ष पहिले आएको हुँ । करीव २ सय म्युजिक भिडीयोमा अभिनय गरिसकेको छु । हाल आएर ठुला पर्दाका चलचित्र दशगजा र गोरखा पल्टनमा समेत अभिनय गरेको छु ।
  • कसरी ठुला पर्दामा अभिनय गर्ने अवसर आयो त ?
दशगजाको लागि मंगोलियन अनुहारको खोजी भइरहदा मलाई सेलेक्ट गरेको हो । कलाक्षेत्रलाई नै निरन्तरता दिनुहुन्छ ? हजुर अब यस क्षेत्रलाईनै निरन्तराता दिनेछु । उज्यालो चलचित्रमा साइन गरेर आएको छु । यहाबाट गएपछि यसको सूटिंगमा लाग्ने छु ।
  • फेरी पनि कतारमा बोलाए भने आउनु हुन्छ ?
अहिलेको कार्यक्रमले साह्रै उत्साहित बनाएको छ । फेरी पनि दशर्कको माया पाए अवश्य आउनेछु । दर्शकहरु भनेका हाम्रा लागि भगवान हुन ।
  • कतारबासी तपाईलाई माया गर्ने दर्शकहरुलाई के भन्न चाहानुहुन्छ ?
  • सर्वप्रर्थम त नयाँवर्ष २०६७ को सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना दिनचाहान्छु । यहाँ दुख गरेर, पसिना बगाएर कमाएको धनलाई सहि ठाउमा सदुपयोग गर्नुहोला । नेपाली कलासंस्कृतिलाई माया गर्नुहोला ।