BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नयाँ वर्षको शुभकामनासंगै दुःख सुख साटे स्रष्टाहरुले

Published on Wednesday, April 13, 2011 1:41 PM //


दोहा- "नयाँ वर्ष सबैमा खुशी बुनेर आउनु 
ओठै भरी पारीलो हर्ष उनेर आउनु…" 
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाईल पुस्तकालयको सयुक्त आयोजनामा "अनेसास र नवोदित साहित्यिक पहिलो वाचन श्रृखला"मा वाचित शेर हो माथीको गजलको शेर । 
साहित्यिकाहरुले आफुना रचनाहरुलाई वाचन गरि त्यसमा भएका कमिकम्जोरीहरु औलाउने टिका टिप्पडी गर्ने उद्धेश्य स्वरुप आयोजकहरुले वाचन श्रृखलको सुरुवात गरेका छन् । लेखेर राख्नु मात्र ठुलो कुरा हैन हामीले लेखेका रचनाहरुलाई साथीभाई संग पनि वाड्न सकियोस भन्ने उद्धेश्यका साथ यो कार्यको थालनि गरिएको हो मोवाईल पुस्तकालय संयोजक ईश्वर दाहाल कविजीले कार्यक्रमको बारेमा जानकारी दिए । वाचित रचनाहरुलाई संग्रहको रुपमा प्रकाशित गर्ने बताउदै साहित्यमा भएको विकृती विसंगती र फाटाहरुलाई हटाउदै एकिकृत भएर सबैलाई एकै मुलधारमा ल्याउने पनि कार्यक्रमको उद्धेश्य हो उनको तर्क थियो ।
                      श्रष्टाहरुले कार्यक्रममा फेसबुकमा देखिएको वाद सम्बन्धि विवादमा पनि टिप्काटिप्पणी गर्दै साहित्यकारहरुले समस्याको समाधान मात्र उजागर गर्ने काम भयो अब समस्याको समाधान तिर कलम चलाउनु पर्ने तर्क राखे ।
वाचन श्रृखलामा नयाँवर्षको शुभकामना आदान प्रदान गर्दै कहिले देशमा बन्न नसकेको संविधानलाई तिखो ब्याङग हान्थे त कहिले प्रवासीका श्रीमानको कामइमा रजाई गर्ने श्रीमतीलाई ब्याङग गर्दै रचना सुनाए ।
"४/५ लाख पठायोरे अझै ऋण बाकि छ रे
उस्कै कमाईमा रजाई गर्ने अर्को केटो पाकि छरे… पीडाहरु पनि पस्केका थिए । 

"श्रीमती सुत्केरी छे साली पाए हुन्थ्यो
खानै खान हर्जै भाछ थाली पाए हुन्थ्यो
जस्ता ठ्ठट्यौलि गजलहरु पस्केर कार्यक्रम उल्लासमय बनाएका थिए । श्रृखलामा अब्दुल रजकको मैथिली कविता "अरेवकी घरवाली" ले पनि रोचकता थपेको थियो ।
व्ाचन श्रॄखलामा साहित्यिकार हेमन्त परदेशी,सेिल¨ के.सी,भानु सुनुवार,  तिर्थसंगम राई,इश्वर दाहाल कविजी, निराजन लुइटेल, सन्तोष सिटौला,अतृप्त कमल,दीपक राजबंशी, प्रकाश गुरुङ,महेन्द्र गुरुङ,कृष्ण क्षितिज राई,महेश्वर नेपाल,पुर्ण बेघा,चर्चित ढुङ्गेल,ईन्द्रमणी नेपाल,अब्दुल रजाक,जानेन्द्र प्रसाद अम्गाई,युगयोगी राई,उद्धव राई,राम कुमार राई,शक्ति बहादुरक्षेत्री लगायतका स्रष्टाहरुले कविता,गजल,गीत ,मुक्तक पस्केका थिए । 
                 स्मरण रहोस यो श्रृंखला हरेक महिनाको दोस्रो शुक्रबार नेशनल स्थीत टपफम रेष्टुरेण्टमा दिनको ३ बजेबाट सुरु हुनेछ । श्रृंखलामा आएका सम्पूर्ण साहित््यप्रेमी अनुरागीहरु सर्जकहरु र स्रष्टाहरुमा अनेसास कतार र नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । साथै आउने श्रृंखलामा नयाँ तथा पुराना सबैलाई उपस्थीत हुन बिनम्र अनुरोध गर्दछ । 


मरुभुमी छोडेर सल्लाघारी फिर्दै कविजी 
दोहा-नवोदित साहित्यिक मोवाईल पुस्तकालयका संयोजक ईश्वर दाहाल कविजीलाई साहित्यकारहरुले आफुनो वाचन श्रृखला कार्यक्रममा अवसरमा विदाई गरेका छन् ।
                   द्धैमासिक पत्रिका तथा नवोदित स्मारिकामा सम्पादनको भूमीका निभाएर संस्थालाईउचाईमा पुर् याउन सफल भएको भन्दै संस्थाले कदर पत्रद्धारा सम्मान गरेको हो । संस्थाका उपाध्यक्षँ कृष्ण क्षितीजले कदर पत्र हस्तान्तरण गरे । पत्रकार दीपक पौडेल,साहित्यिकार हेमन्त परदेशीले खादा ओडाई तथा संस्थाका पदाधिकारीहरुले मायाको चिनो प्रदान गरेका थिए । 
               ३ वर्ष देखी अलबाकर पिन्टीङ प्रेसमा पिन्टीङमा कार्यरत दाहाल कतार बसाई टुङगाउदै स्वर्देश फर्कन लागेका हुन । घरजाने भनेर उत्साहित हुदा हुदै पनि तपाईहरुसंग टाढा हुनुपर्दा विरक्त र दुःख लागेको छ सम्मान पछि उनले भने । नेपालमा गएर पत्रिकारीता क्षेत्रमा नै लागि पर्ने हुदा यहाँका गतिविधिहरुलाई लेख्न पाउँ भन्दै उनले वाचन श्रृखलालाई र प्रकाशित द्धैमासिक पत्रिकालाई पनि निरन्तरता दिन आग्रह गरे । 
"मंगल ग्रहको कुरा छाड मलाई मेरै डाँडाको चौतारी मन पर्छ 
चन्द्रमाको घडेरी भन्दा आफ्नै पाखो बारी मन पर्छ 
मागेको पिजा भन्दा आफै उमारेको कोदो फापरमा गर्व हुनुपर्छ 
पेसि लण्डन र रोम भन्दा आफ्नै सल्लाधारी मनपर्छ ।"
उनले माथिको मुक्तक र कविता "हो साथी म पनि पागल" सुनाएका थिए ।
विदाई कार्यक्रममा संस्थाका महासचिव तिर्थसंगम राईले संस्थामा र कतारको साहित्यिक माहोलमा उनको अभाव रहने बताए 
"थाहा छ सबैलाई "प्रगतिपथमा अघि छौ तिमी 
भोली राष्ट्रको सम्पती बनिदिनु 
म त फर्कन्छु फर्कन्न नेपाल आमाको मुहार हेर्न 
हुन्छ मित्र मेरो सलाम ढोग भनिदिनु ।" कार्यक्रममा श्रष्ठाहरुले यस्तै यस्तै भावनाहरु पस्केका थिए भने बक्ताहरुले मिलनसार ,बौद्धीक तथा असल संचारकर्मीलाई विदाई गर्नुपर्दा दुख लागेको बताउर्दै नयाँ वर्षको शुभकामना दिए . 
              विदाई कार्यक्रममा अनेसास कतारका सचिव तथा मुग्लानी सौगातका प्रमुख सम्पादक सेलिङ के.सी,गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई,नेपाली जनसम्पर्क समितिका उप महामन्त्री धिरज चाम्ली¨ राई संस्थाका पदाधिकारी लगायत विभिन्न विधामा कलम चलाएका साहित्यिकाहरुको उपस्थिती थियो ।

दिपक राजवंशी पराईको गजल संग्रह विमोचित 
दोहा-बन्यानी-३ झापाका दिपक राजवंशी"पराई"को गजल संग्रह विमोचन भएको छ । अनेसास र मोवाईल पुस्तकालयद्धारा शुक्रवार आयोजित वाचन श्रृखलाका अवसरमा साहित्यिकार हेमन्त परदेशी, सेलिङ के.सी,भानु सुनुवार र तिर्थसंगम राईले गजल संग्रहको विमोचन गरे । पराईको यो गजल संग्रह दोश्रो हो । उनको संग्रहमा ५१ वटा गजलहरु संग्रहित छन । विशेष सहयोगी मनकामना नेपाली सांस्कृतिक परिवार कतारको विशेष सहयोगमा टि।सि।एस इन्टरनेशनल पब्लिकेशनको प्रकाशनमा ल्याएको गजल संग्रहको मुल्य ६ रियाल छ ।

Tags:

0 comments

Leave a comment