BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

"New Year Events-2068" मा मेरी बास्सै युनिट कतार आउने

Published on Wednesday, April 6, 2011 1:11 PM //



                                                       -- राजेश्वोर ढकाल
दोहा- नेपाली नयाँ वर्षको अवसर पारि गोरखा सेवा समाजले नयाँवर्ष शुभकामना सांझ आयोजना गर्ने भएको छ । सन्तोष थापाको आयोजनामा गोरखा सेवा समाजको पहिलो प्रस्तुती स्वरुपू"New Year Events-2068" गर्नलागेको हो ।
 
  स्थानिय कलाकारहरुबाट विभिन्न कार्यक्रमहरु गरी आफ्नो छुटै पहिचान बनाई सकेको गोरखा सेवा समाजले नयाँवर्षको अवसरमा नेपालका ख्याति प्राप्त कलाकारहरुको साथमा कार्यक्रम गर्न लागेको हो । 

कार्यक्रममा नेपाली हांस्य विधामा आफ्नो छुट्टै पहिचान बनाई सकेका मेरी बास्सै युनिटका-लात्ताले हानेर बारीको पाटामा पुर् याईदिन्छु-"माग्नेबुढा" ,म त मर्छुकी क्या हो, "ध्रुमुस", सुन्तली तथा चर्चिच गजल"म विना कस्सै कसैलाई मुस्किल छ पोखरामा…" का गायक प्रमोद खरेल आउने भएका छन । 



                                  
                      नेपालबाट आएका कलाकारहरुसंग विदेशी कलाकारहरुले रंकिङ ,पपिङ,हिपप,आइटम,बे,लीकमेडी नृत्यहरु प्रस्तुत गर्ने हुदा विगतका कार्यक्रमहरु भन्दा पृथक हुने आयोजक सन्तोष थापाले बताए । 
                          दोहा सिनेमा हलमा दुई शो गरिने कार्यक्रमको ब्यवस्थापक कृष्ण लामा"झिन्जे"ले गरेका छन भने बजार ब्यवस्थापन योगेन्द्र श्रेष्ठ र अनिरुद्र तिमेल्सीनाले गरेका छन । टिकट दर करी ३५,करी ५० र करी ७५ तोकिएको समाजका अध्यक्ष श्रीकृष्ण भट्टराईले जानकारी दिए । 



Tags:

0 comments

Leave a comment