BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतार - २५५५ औं बुद्ध जयन्ति कार्यक्रम वारे सूचना ।

Published on Monday, May 2, 2011 2:13 PM //


२५५५ औं बुद्ध जयन्ति कार्यक्रम वारे सूचना ।
प्रवासमा रहेर पनि निरन्तर रुपमा कतारवासी नेपालीहरुले विगतका वर्षहरुदेखि राष्ट्रिय विभुति तथा एशियाका तारा भगवान बुद्धको जन्म जयन्ति मनाउने र बुद्ध धर्म वारे चर्चा परिचर्चा गरिने कार्यक्रमलाई यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरि रहेको जानकारी गराउन चाहन्छौं । यहि २०११ मे २० तारिख शुक्रवारका दिन निम्न उल्लेखित कार्यतालिका अनुसार नेपाली राजदुतावास कतारको प्राङगणमा यस वर्षको २५५५ र्अौ बुद्ध जयन्ति कार्यक्रम आयोजना गरिएकोले कतारमा स्थापित सम्पुर्ण नेपाली संघ/संस्थाका प्रतिनिधिहरु र कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दर्छौ ।

कार्यक्रमः

१) विहान ८ बजेदेखि दिउसो १२ बजेसम्म - लामा गुरुहरु र भक्तजनहरुले संयुक्त रुपमा पुजापाठ र
२) दिउसो १२ बजेदेखि औपचारिक कार्यक्रम - शुभकामना आदनप्रदान तथा बुद्ध धर्म सम्बन्धि चर्चा परिचर्चा कार्यक्रम ।
जगन तमू,
संयोजक, २५५५ औं बुद्ध जयन्ति मूल समारोह समिति, कतार ।

आयोजक संस्थाहरुः
तमू बौद्ध सेवा समिति, नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारीणी सभा र प्रवासी सेर्पा संघ कतार ।

Tags:

0 comments

Leave a comment