BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

यात्रा मजेराको

Published on Monday, May 2, 2011 2:37 PM //

                                                          
दोहाको कोलाहल र ब्यस्त वातावरणबाट केही टाढा गएर बस्न मन लागीरहेको थियो । जाने ठाउँहरु त धेरै थिए तै पनि बिना योजना बसिरहेको बेलामा गोरखाली साथी राजेश्वरले फोन गरेर बेलुकाको योजना बारे प्रस्टयाए पछि ढुक्क लाग्यो ।
                                  उनीलाइ बिहानै रामेछापका रेबत थापाले फोन गरेर बेलुकाको योजना भनिसकेका रहेछन् । रेवत दाजु साउदी कतार कुबेत र इराक गरी झण्डै डेढ दशक बिताइ सकेका अनुभवी हुन । उनले खाडीमा देखेका र भोगेका केहि कुराहरुको अंश देबेन्द्र भट्टराईद्धारा लिखीत चर्चित पुस्तक रेगिस्तान डायरीमा समेत पढ्न पाइन्छ । दिउँसोको चारबजे तिर सहयात्री राजेश्वरलाई भेट्न कान्तिपुरको कार्यालय दोहा जदिद तर्फलागे । त्यहाँ एकैछिन बसेर हामी दुवै नेपालीहरुको शुक्रबारे कार्यालय जैद्धा पार्क तर्फ लाग्यौ । दोहा स्थित नेशनललाई यस अर्थमा शुक्रबारे कार्यालय भनिएको होकि यहाँ हरेक शुक्रबार विभिन्न नेपाली संघ                        संस्थाहरुको बैठक बस्ने गर्दछ । बढ्दो गर्मीसंगै साँझको समय भएर होला वातावरणले समेत साथ दिईरहेको थियो ।
                          पार्कमा बसेर केहि फोटोहरु खिच्दै गर्दा कान्तिपुर कतार संवाददाता दिनेश रेग्मीसरको फोन आयो र रेवतदाइ हामीलाई लिन दोहा तर्फ आउँदै गरेको जानकारी गराउनु भयो । त्यहि समयमा राजेश्वरको मोवाइलमा कविजीको फोन आयो । उहाँले बेलुकी मलाई र राजेश्वरलाई उहाँको रुममा आउन आग्रह गर्नुभयो । कविजीकोमा गए मजेरा तरकारीबारी बगैचा गोठ तिर जान नपाइने कविजीकोमा नगए बुढाको कतार बसाई सकिन लागेको छ । दोधारमा पर्नु परियो तर जाने मान्छे रिसाए पनि केहि हुँदैन भन्ने सोचेर घुम्न जाने अवसर नगुमाउने निर्णय गरियो । राजेश्वर मजेरा नजाने भए पछि म पनि नजाने भनेर अडान लिएर बसे । रेवतदाइहरु पनि आई पुग्नुभयो र लाग्यौ दिनेश सरलाई लिन । दिनेश सरले शुक्रबार बिहानै इन्जिनीयर एसोसिएसनले समुदि्रकिनार सफाई वीच क्लिनको कार्यक्रम राखेकाले बिहान साँढे सातबजे दोहा आइपुग्नु पर्ने जानकारी गराउनु भयो ।
                               दोहाबाट हिड्दै सांझको साढे ७ बजिसकेको थियो बेलुकीको । दिनेश सरलाइ बिहानै दोहा आइपुग्नु पर्ने भए पछि राजेश्वर पनि जान सहमत भयो । अनि हामी लाग्यौ दोहाबाट एनखालिद तर्फ एकजना सबैका ज्बाईं रहेछन । उनलार्य भेटेजति सबैले ज्वाईं सम्बोधनले बोलाउँदा रहेछन । नाम सोधिएन र हामीले पनि ज्बाईं सम्बोधनले नै बोलाउन थाल्यौ रामचन्द्र थापा, दाई थापाकाजि रेबत दाई यिनीहरु सहितको टोली अगाडि बढ्यो । सनैयाबाट अरु दुईचार जना साथी उठाउनु पर्ने भएकाले सनैयातर्फ लाग्यौ हामीहरु । जहाँ झापाका जयराज भट्टराई मोरङका सुवास कोइराला हामीलाई कुरेर बसिरहेका रहेछन् । हामीहरुको यो टोली पाँचमहिना पछि फेरि एकै पटक भेला भएको हो । पाँच महिना अघि यसैगरी घुम्न गएका थियौं त्यस बेलाका केहि साथीहरु नेपाल कुदिसक्नु भएको छ अहिले । बाटाभरि कहिले रेवत दाईका ठट्यौली गफ त कहिले थापासरका कामकाजी कुरा अनि कहिले दोहा सनैयाको अन्ताक्षरी भन्दै राजेश्वर र म एकातिर जयदाई र सुवास अर्काेतिर भएर अन्ताक्षरीमा रमाउँदै दोहाबाट करिब ९० किमी टाढा अलरकिया तर्फ हुईकीन शुरु गर् यौ । ६ लेनको शान्त सडक मस्त निन्द्रामा सुते जसरी लमतन्न परेर सुतेको छ । आहा कति मज्जा न त काठमाण्डौंको जस्तो घन्टौं सम्मको जामको टेन्सन छ न त तेल नपाइने होकी भन्ने टेन्सन ।  बिन्दास पारामा छौ सबैजना ।

                                               खसी लीएर एक टोली दिउँसै सहानिया उँट रेसबाट केहि किलोमीटर भित्र रहेको मजेरामा पुगिसकेको जानकारी रेवतदाईबाट थाह पाएका थियौं । अलरकिया स्थित विशाल घाँसे मैदानमा रातको साँढे ९ बजे पुगेका छौ हामीहरु । त्यहाँको घाँसले २ हजार वटा अष्ट्रेलियन जातका गाईहरु पालीएको जानकारी साथीहरुले गराउँदै थिए । घाँसे मैदानमा अधिकांश नेपाली दाजुभाईहरु कार्यरत रहेका छन् । यस भन्दा अगाडि देवेन्द्र भट्टराई सरको नेतृत्वमा यस ठाउँमा आएको थिए म । त्यतिबेलाको रमाइलो क्षण आँखाभरि नाचिरहेछ । सुवास र पोखरा तिरका एकजना दाई को नाचको तारिफ गाडिमा हँुदै छ अहिले पनि । इलाम पशुपतिनगरका दाबा दाईलाई लिएर हामीहरु साहनिया तर्फ हुइकियौं । रमाइलो गफ गाफमा रम्दै अनि रमाउँदै । मेन सडकलाई छाडेर मरुभूमि नै मरुभूमि हाम्रो यात्रा बढि रहेको छ । रातको समय विजुली वत्तीको समस्याले गर्दा गाडिबाटै हामीले केहि पर वत्तीको उज्यालो देख्यौ र लाग्यो त्यतै तिर । दुईवटा कुकुरहरु भुक्दै दौडदै आए । हामीहरु गाडी भित्र थियांै त्यहि भएर डर भने लागेन ।

                          मजेरामा पुग्दा भने यस्तो लाग्दथ्यो आफनै गाउँघर तिर रहेको जस्तो भान पैदा हुन्थ्यो । मकिना जेनेरेटर बिग्रीएको रहेछ दिउँसो आएका एकटोली साथीहरु खाना बनाउने चटारोमा रहेछन लाल्टिन बालेर । लौ लोडसेडिङ् रहेछ आज यता भन्दै म त्यहि लाल्टिनको फोटो खिच्न लागे । कतार आएको २२ महिनासम्म लाल्टिन देख्नु परेको हैन कान्तिपुर टेलिभीजनमा लाल्टिन बुलेटिन र गिफ्ट पसलहरुमा बाहेक बाल्नु परेको हैन । साथीहरु दिउँसै गएका भनिए पनि बाटो भुलेर हैरानी पाएछन र साँझमा मात्रै पुगेका रहेछन ।

 क्याम्प फायर गर्ने भन्दै साथीहरु दाउरा बटुल्न थाले फुर्बादाइले ढालेको रुख देखाइदिएपछि बन्चरो लिएर टुक्राउन लागे अन्त्यमा केहि नलागे पछि ढलेको िसंगो रुखलाई नै मोविल हालेर बाल्न लागीयो । रेगिस्तानी घामले सुकेर जरखरिएको रुख हुरहुरि बल्न थाल्यो ।

उता क्याम्पका फुर्वादाइ भने चाडवाडमा छोरी चेली आए पछि बा आमा खुशी भए भन्दा पनि ज्यादा खुसि देखीन्थे । हामीहरुको उपस्थितिले । दूरदेशमा आएर हप्ता दिनभरको कामको बोझलाई एकातिर थन्क्याएर यसरी रमाइलो गर्नुको मज्जा नै बेग्लै थियो ।

 खाना तयार भएको संकेत आएपछि भोकले अतालीएका हामीहरु खानाखान भान्सातिर लाग्यौ ।
रेवतदाइको चर्तिकला देख्दा हाँसो थाम्नै सकिएन त्यसमाथि पनि राजेश्वरको हाँसोले जमिन नै थर्कन्छ । त्यहिकुरा मनभित्रै दवाएर साथीहरुको हाँसोमा हाँसियो मजेरा थर्कने गरी । भयो के भने नाङला जत्रो थाल लिएर रेबत दाईले ५ जना लाई खाना एकै ठाउँमा खाना हाले । हुन त यतातिर अर्थात मुस्लीम दाजुभाइहरुले यसैगरी एउटै बडेमानको थालमा राखेर वरिपरि बसेर खाने चलन पनि रहेको छ ।

लाल्टिन बालेर रातको एकबजे खाना खाइयो दोहा आएछि सम्भवतः यो नै पहिलो रेर्कड हो राती यति ढिलो खाना खाएको । केहि साथीहरु क्याम्प फायर गर्न ब्यस्त भए भने आफुलाई त सबेरै उठेर दोहा चलान हान्नु पर्ने भएकाले बाहिर राखिएको खाटमा आकाशको तारा हेर्दै सुत्न तर्फ लागे । नयाँ ठाउँ नौलो अनुभव बाहिर सुत्नुको मजा बेग्लै थियो मलाई ।
                            दिनभरी चर्को घाममा तरकारी बारीमा गोडमेल र बाख्राहरुको भरण पोशण गर्नु पर्ने र गर्मीको कारणले रातमा समेत प्राय बाहिरै सुत्ने त्यहाँ कार्यरत दाजुहरुको अवस्था कस्तो होला अनुमान मात्र गर्न सकिन्छ अनुभव गर्न सकिन्न । त्यस्तो अवस्था देख्दा भने मनै अमिलो भएर आउँथ्यो । बालुवामा अण्डा पाक्ने सिजन नजििकंदै छ । एयर कण्डिसन बिना एकछिन बस्न नसक्ने दिन आईरहेका छन तर ती नेपाली दाजुहरुको पिडा बेचैनी र हैरानीहरु एकातिर छन भने घर परिवार प्रतिको आफ्नो जिम्बेवारी अर्को तर्फ छन् । 

0 comments

Leave a comment