फ्लप भुवनलाई सुपरस्टार बनाएँ: सुस्मिता
Published on Tuesday, May 3, 2011
12:45 AM //
मनोरञ्जन
![]() |
नायक भुवन केसीले हालै संचारमाध्यममार्फत आफ्नी नयाँ प्रमिका सार्वजनिक गरे । दोस्री श्रीमति सुस्मितासँग सम्बन्धबिच्छेद गरेपछि एक्लै रहेका भुवनले एक ब्यापारी स्त्रीलाई प्रेमिकाका रुपमा सार्वजनिक गरेका थिए । त्यो खवरसँगै भुवनले नयाँ युवतीसँग बिबाह गरिसकेको चर्चा पनि फिल्मीबजारमा सुरुमा भएको थियो ।

बिहे गर्दा खुसी लागेको बताएकी सुस्मिताले मिडियामा आफ्नाबारेमा नानाथरी टिप्पणी गरेकोमा भने चित्त दुखेको छ । ‘मैले सुस्मितालाई रोडबाट टिपें र रोडमै फालें भन्दा साह्रै चित्त दुखेको छ’- सुस्मिताले भनिन् । आफु सम्पन्न परिवारकी छोरी भएको बताएकी सुस्मिताले फ्लप भएका भुवनलाई आफ्ना आमाबाबुले करोडपति चलचित्रमा लगानी गरिदिएर पुनः सुपरस्टार बनादिएको दावी गरिन् । सो चलचित्रमा लगानी गरेको १३ लाख रुपैयाँ अझै पनि भुवनले फिर्ता नदिएको भन्दै सुस्मिताले सोही पैसा फिर्ता लिन आफुले तोकेता गरेको बताइन् । साथी म तिम्रो नामक नयाँ चलचित्र रिलिज भएपनि पैसा फिर्ता दिने वाचा गरेका छन रे भुवनले सुस्मितासँग ।
भुवनसँग छोडपत्र गरेर एक्लै बसेकी सुस्मिता पनि नयाँ चलचित्र बनाउने योजनामा छिन् । आफुले बनाउन लागेको चलचित्रको निर्देशनसमेत आफैंले गर्ने योजनामा छिन सुस्मिता । तत्कालै बिहेका बारेमा सोचेकी छैनन रे सुस्मिताले । तर, आफुलाई सुस्मिता केसी हैन लामा भनेर सम्बोधन गर्न आग्रह गरेकी छन उनले । म लामाकी छोरी हुँ, केसी हैन-सुस्मिताले भनिन् ।
![]() |
0 comments