BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

पाण्डेद्धारा स्कूललाई २५ लाख रुपैयाँ सहयोग

Published on Wednesday, May 4, 2011 1:56 AM // , ,

गैरआवसीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद्का खाडी क्षेत्रीय संयोजक बद्रीप्रसाद पाण्डेले आफूले प्राथामिक शिक्षा अध्ययन गरेको नवजागृति चण्डी उच्च माध्यामिक विद्यालयलाई चार कोठे पक्की भवन बनाइदिनुका साथै ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । गोरखा बजारबाट झन्डै चार घण्टाको पैदल दुरीमा रहेको स्कूलमा ४ कोठाको भवन बनाउन २० लाख रुपैयाँको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ । 

यहि वैशाख ५ गते स्कूलले पूर्वविद्यार्थी पाण्डेको सम्मानार्थ आयोजित अभिनन्दन कार्यक्रममा स्कूलका प्राध्यापक सुमीतबाबु श्रेष्ठलाई पाण्डे दम्पत्तीले ५ लाख रुपैयाँ नगद प्रदान गर्नुका साथै चार कोठे पक्की भवन बनाइदिने घोषणा गरेका हुन् । पाण्डेले कक्षा १ देखि ६ कक्षासम्म आफूले पढेको स्कूललाई गैरआवसीय नेपालीहरुले विभिन्न जिल्लामा कुनै न कुनै परियोजना लैजाने अभियानअन्तर्गत गोर्खामा व्यक्तिगत रुपमा यो सहयोग गरेको बताए ।
 



पाण्डेले सम्मान समारोहलाई सम्बोधन गर्दै आफू जन्मेको गाँउमा सम्मानित हुन पाँउदा जननी जन्मभूमि स्वर्गदापी करायसी……भन्ने भावनालाई वास्तविक जीवनमा भोग्न पाएको बताए । आफू यो गाँउमा नै जन्मेर हुर्केको त्यहाँका डाडा र पखेराहरुमा हिडेर हुर्केको र स्कूल संचालक समितिका अध्यक्षलगायतसँग धुलेमाटो खेलेको उनले कार्यक्रममा स्मरण गरेका थिए ।
 

जीवनको आरोह अवरोहका क्रममा संसारका विभिन्न स्थानमा नेपाली समुदाय र अन्तर्राष्टिय व्यापारिक तथा सामाजिक संघ संस्थाबाट धेरैपटक सम्मानित भएपनि आफ्नो जन्मथलोमा सम्मानित हुन पाँउदा आफूलाई सर्वाधिक गौरवको अनुभूति भएको उनको भनाई थियो ।
 

ुपाटीमा खरीले लेखेर पढेको मलाई अहिले पनि सम्झना छ । तोतेबोली खेल्दै हुर्केको स्कूलको सम्झना मलाई पनि छ । मलाई मेरा स्वर्गीय पिता भुवानी प्रसाद पाण्डे तथा आमाले मेरो सुखद जिन्दगीको मंगलमय कामनासहित यो स्कूलमा पठाउनु भएको त्यो दिन स्मरण गर्दा मेरो रौं रौं पुलकित हुन्छ । मेरो उज्जल भविष्यको कामना गर्नु हुने सम्पूर्ण व्यक्तिहरुलाई म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छुु उनले भने ।
 

बहुराष्टिय व्यवसायी बन्नमा यो स्कूलबाट शुभारम्भ गरेको शिक्षाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले स्कूल स्थापना गर्ने सम्पूर्ण शिक्षासेवी अग्रजहरुप्रति आभारी व्यक्त गरेका थिए । नेपालबाट दैनिक ८ सयदेखि १ हजार जनासम्म दैनिक रुपमा विदेश जाने गरेको र उतै पलायन हुने क्रम निरन्तर रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्कूलहरुले प्राविधिक शिक्षामा जोड दिनु पर्ने सुझाव दिए ।
 

ुऔपचारिक रुपमा शिक्षा दिने यस्ता स्कूलको संख्यामा देशमा ४ हजारभन्दा बढी छ । तर नेपालको विकास निर्माण र वैदेशिक रोजगारमा जानका लागि पनि तालिम प्राप्त जनशक्तिको आवश्यकता रहेको छ । यदी यहाँ अध्ययनरत विद्यार्थीले यहाँ नै शीपमूलक तालिम पनि पाएको खण्डमा स्व्ादेश तथा विदेशमा विभिन्न प्रकारका अवसरहरु प्राप्त गर्ने छनु उनले भने ।
 

खाडी मुलुककै सन्दर्भमा कुराकानी गर्ने हो भने पनि यहाँ तालिम पाएका व्यक्तिहरु सहभागी हुने हो भने अहिले भन्दा दोब्बर बढी तलव तथा सुविधा पाउन सक्ने र देशमा रेमिटान्स बढी आउने उनको भनाई थियो ।
 

उनले सन् २००३ मा शुरु भएको गैरआवसीय नेपाली अभियानले ३० लाख नेपालीलाई समेट्ने साझा संस्था भएकाले देशका विभिन्न जिल्लाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण सहयोग जुटाउन सकिने धारणा व्यक्त गरेका थिए ।
 

ुआज यो स्कूललाई केही सहयोग मैले व्यक्तिगत रुपले गर्दै छु । गोर्खाको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न प्रकारका कार्यक्रमहरु अघि सार्ने हो भने म मेरो व्यक्तिगतमात्रै होइन समग्र प्रवासी नेपालीहरुको सहयोगसमेत यो क्षेत्रमा भित्राउन सक्छु । लोककल्याणकारी परियोजनाका लागि विदेशबाट थुप्रै सहयोग जुटाउन सकिन्छ । यहाँहरुलाई म के पनि जानकारी दिन चाहान्छु भने काठमाडौंमा आयोजित दोस्रो गैरआवसीय नेपाली सम्मेलनपछि विश्वका विभिन्न मुलुकमा गोर्खाली गैरअवासीय नेपालीहरुको भेला भएको थियो । खाडी मुलुकका अतिरिक्त विश्वका विभिन्न मुलुकमा गोर्खा घर भएका नेपालीहरुको पनि समूह बन्ने क्रम बढीरहेको छु उनले भने ।
 

विदेशमा रहेका नेपालीहरु र यहाँका स्थानीय समाजसेवी र बासिन्दाको निरन्तर सहयोगले जिल्लाकै नमुना भएको यो स्कूलमा १८ कोठा भएका एउटा ठूलो भवन रहेको छ भने जाइका भवन २ कोठा जिशिका भवन २ कोठा निर्माणाधिन ४ कोठा गरी २६ वटा कोठा रहेका छन् । १० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको यो स्कूलमा अधिकांश पिछडिएको समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । विक्रम सम्बत २०११ सालमा प्राथामिक विद्यालयको रुपमा स्थापना भएको यस विद्यालय २०३३ सालमा निमावी भएको थियो । २०५३ सालदेखि मावि भएको स्कूलमा २०६६ सालदेखि उच्च मावीको अस्थायी स्वीकृति लिएर संचालन हुदैं आएको छ । अहिले यो स्कूलमा ८ सय २७ जना विद्यार्थीहरु अध्ययनरत छन् । यो स्कूलमा दलित १२ प्रतिशत जनजाती ३३ प्रतिशत र अन्य ५ प्रतिशत रहेका छन् । स्कूलमा केटीको संख्या ४ सय २० र केटाको संख्या ४०७ रहेको छ । उच्च माध्यामिक संकायमा अध्ययन गर्ने विद्यार्थीमा युवतीको संख्या अत्यधिक छ । 


अहिलेसम्म यो स्कूलबाट १२ व्याचले एसएससी दिइसकेको छ । यो स्कूलबाट प्रवेशिकामा सहभागी भएकामध्ये ९३।३७ प्रतिशत उत्तिर्ण हुने गरेका छन् । तीन पटक पश्चिमााचल क्षेत्रमा यो स्कूल प्रवेशिका परिक्षामा प्रथम भैसकेको छ । सरकारले ९ वटा दरवन्दी स्वीकृत गरेको छ भने ६ वटा दरवन्दी अस्थाही रहेका छन् ।
 

पाण्डे परिवारले यस अघि पनि उक्त स्कूलका हरेक कक्षामा पढ्ने एक छात्रा र एक छात्रलाई उसको कक्षा जतिकै रकम छात्रबृत्ति दिदैं आएको थियो ।
 

0 comments

Leave a comment