BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

झुमे गोरखालीको कार्यक्रममा कतारका नेपालीहरु ...!

Published on Monday, May 9, 2011 1:11 AM // , ,


-राजेश्वर ढकाल/ महेश्वर नेपाल 
दोहा/ गोरखा सेवा समाजको पहिलो प्रस्तुती New Year Event-2068समाजका अध्यक्ष श्रीकृष्ण भट्टराईको सभापतित्वमा मे ६ मा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाली दूतावासका दितिय सचिव जयबहादुर राई, विशेष अतिथ गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष सागर नेपाल, गोरखा सेवा समाजका संरक्षक तथा एनआरएन खाडी संयोजक वद्रीप्रसाद पाण्डे, ब्यवसायी डा.देवकाजी डंगोल, अतिथिहरुमा ई.कोमल सिंह, अजिजुर रहिमान शेष, लक्ष्मण खतिवडा,टुकाराज अर्याल,नरेन्द्र सेन,नुवाकोट सेवा समाजका अध्यक्ष विजय माझी, स्याङजा सहयोग समाजका अध्यक्ष गुरुनारायण रानाभाट, चितवन युवा समुहको अध्यक्ष बालकृष्ण पौड्यल, तमुबौद्ध सेवा समितिको कृष्ण गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रमका अतिथीहरुलाई कार्यक्रम आयोजक तथा संयोजक सन्तोष थापा क्षेत्रीले पुष्प गुच्छाले स्वागत गरेका थिए भने प्रमुख राईले रिवन काटेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।

उद्घाटन पछि बोल्दै प्रमुख अतिथि नेपाली दूतावासका दितिय सचिव जयबहादुर राइले `गोरखाली भएर आएका छौ , बिदेशमा भए पनि हाम्रो मन मुटु र कल्पना नेपालमै छ । बिदेशमा बसेर उराठ लाग्दो बालुबामा काम थकित हुन्छौ । यसरी गरिने कार्यक्रमले छुटै आनन्द दिने भएकोले यस्ता कार्यक्रमहरु हेर्नुपनेमा जोड दिए ।` उनले हामी नेपाली हौं त्यस पछि जात धर्म भन्ने कुराहरु आउछन सबै मिली एकै ठाउमा भेला भएर यस्तो कार्यक्रम हेर्न पाउदा गर्बलागेको बताउदै गोरखा सेवा समाजले गरेको कार्यक्रमको प्रशंसा गरे ।
नेपाली हाँस्य टेलि चलचित्र मेरी बास्सैका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस) र केदार घिमीरे (माग्ने बुढा), अहिलेका चर्चित गजल गायक प्रमोद खरेलको साथमा स्थानिय नेपाली कलाका, भारतिय, फिलीपिन्स तथा केन्याका कलाकारहरुले आ आफनो बेजोड प्रस्तुति पस्केर प्रबासी नेपालीहरुलाई मनोरन्जन दिलाएका थिए ।
नेपाली, कलाकारहरु सहित विदेशी कलाकारहरुलेको एकैसाथ एउटै स्टेजमा पफमेन्स गरेको यो पहिलो कार्यक्रम हो । जव स्टेजमा झापाकी बर्षा थापा -`म राम्री हुन के गरौ भन्देऊ, आँखामा गाजल लाकी ओठमा लाली लाउकी...` बोलको गीतमा कम्मर मर्काउर्दै स्टेजमा झुल्केकी मात्र के थिइन दर्शकहरुको गडगडाहट तालीले हलनै गुन्जयमान भएको थियो ।
याद गर्न पनी कोहिन कोहि त चाहिदो रहेछ ,
कुनै मोडमा साथी पाइदो रहेछ कुनै मोडमा गुमाइदो रैछ ...
 गीत प्रस्तुत गरेर आफ्नो घर परिवार र प्रेयसीहरु बाट टाढा रहेका नेपालीहरुलाई प्रमोद खरेलले पुनः एक पटक सम्झन बाध्य वनाएका थिए । उनले देशभक्ति गीत `मेरो देश प्यारो देश...` गाउदा दर्शकहरु उत्साहित भएर हात हल्लाउदै स्वरमा स्वर मिलाउदै उनलाई साथ दिए । उनले `लागी लागी मेरो जोवन तिम्रै लागि...` , लाग्छ तिमी सागर सरी...` , `हे माया हे माया...`, म बिना कसै कसैलाई मुस्किल छ पोखरामा...जस्ता गीतहरु पस्केका थिए । 

स्थानीय कलाकार हरिश बैजुले \'कोहि छ कोही छ ...` गीतको बोलमा गरेको कमेडी नृत्य गरे भने डेविट क्षेत्रीले `चुम्यो मेरो हृदयलाई...गीत प्रस्तुत गरे ।

 भारतिय कलाकार दिपानीता चकवर्ती र मोहिता वर्माको \'डोलारे डोलारे...`बोलको हिन्दी गीतमा नृत्य ,केन्याका कलाकारहरुले फेथ सी, आन,मारथाको अंग्रेजी गीतमा नृत्य, विट्स एण्ड वाइट्स फिलिपिन्स ब्याण्डका कलाकारहरुको गु्रप नृत्य, र वेली डान्स प्रस्केका थिए ।

कार्यक्रमको मेरी बास्सै टिमका कलाकार द्धय माग्ने बुढा र धुमुर्सले दर्शकहरुलाई हसाए । माग्ने बुढाले प्रहरिको र धुमुर्सले चोरको भेषमा देशको अराजक स्थिती देखी लिएर देशमा सम्बिधान बन्न नसकेकोमा कटाक्ष प्रस्तुत गर्दै माग्ने बुढाले र धुर्मुसेले ब्यंगात्मक पारामा कहिले भाबुकतामा डुब्दै त कहिले पेटै मिची मिची हसाएका थिए ।

उद्घोषक डेवीड क्षेत्री र बालकृष्ण पौड्लेको प्रस्तुतीले पनि कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो ।

0 comments

Leave a comment