BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

लोभिनेहरुलाई रेस्पोन्स नै गर्न भ्याउँदिन

Published on Sunday, May 8, 2011 2:43 AM // , ,



वाचन प्रवीण दीनवन्धु पोखरेल अहिले ठूलो अभियानमा लाग्नुभएको छ । आफ्ना स्वर्गीय बुबा वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको नाममा काठमाडौंमा देशकै नमूना आध्यामिक केन्द्र बनाउनको लागि उहाँ श्रीमद्भागवत महायज्ञको तयारीमा व्यस्त हुनुहुन्छ । महायज्ञ गरेर आध्यमिक केन्द्र बनाउन पुग्ने रकम संकलन गर्ने उहाँको योजना छ । त्यसो त यज्ञबाट रकम संकलन गर्न पोखरेल माहिर हुनुहुन्छ । अब एकैछिन दीनवन्धु पोखरेलसँग कुराकानी गरौं ।
  •  हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
काठमाडौंको रामकोटमा देशकै नमूना आध्यात्मिक केन्द्र निर्माणको काममा लागेको छु । केन्द्र निर्माणको लागि सहयोग जुटाउन बैशाख २३ गतेदेखि ३१ सम्म टुंडिखेल खुलामञ्चमा श्रीमद्भागवत महायज्ञ हुँदैछ । यो अभियान सफल बनाउने काममा लागेको छु ।
  • किन बनाउने आध्यात्मिक केन्द्र ?
अध्यात्मबाट मात्र शान्ति र विकास सम्भव छ । त्यसैले रामकोटमा देशकै नमूना आधुनिक आध्यामिक केन्द्र बनाउने उदेश्यले श्रीमद्भागवत महायज्ञ गर्न लागिएको हो ।
  • कहिलेसम्म हिंड्ने यसरी भागवत लगाएर ?
अध्यात्मलाई संस्थागत गर्ने मेरो अभियान हो । अध्यात्ममार्फत शान्ति, समृद्धि र एकताको मार्ग देखाउने अभियान पूरा नहुँदासम्म यसमा लागिरहन्छु ।
  • भागवत सुनाएर पैसा उठाउन त निकै सिपालु हुनुहुन्छ है ?
हो……विकासका काममा हौस्याउने बित्तिकै मान्छे दान दिन तयार हुन्छन् । अरुले आयोजना गरेको भागवतमा त लाखौं रुपैंया उठाएको छु । तर आफूले आयोजना गरेकोमा चाहिं के हुन्छ थाहा छैन ।
  • तपाईंको काम त मान्छेलाई एकछिन भुलाएर अर्थात मोहनी लगाएर पैसा उठाउने जस्तो देखिन्छ नि ?
कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा हो यो । हरेक मान्छेमा करुणाभाव हुन्छ । दान र सहयोग गर्ने उसको भित्री भावनालाई यज्ञबाट उजागर गर्ने मात्र हो । त्यसमाथि स्कूल, कलेज खोल्ने भन्नेपछि मान्छे सहयोग गर्न तत्पर भैहाल्छ । भागवत लगाउने क्रममा मैले यस्ता धेरै दयालु र सहयोगी मान्छे भेटेको छु ।
  • संकलित रकम सही ठाउँमा प्रयोग भएको छ त ?
सही ठाउँमा नै भैरहेको पाएको छु । अबिश्वसनीय ठाउँमा म भागवत लगाउन जाँदै जान्न ।
  • निकै आकर्षक देखिनुहुन्छ । बोली पनि उस्तै । तपाईं देखेर भुतुक्कै हुनेहरु त धेरै होलान् है ?
प्राकृतिक कुरा हो । रुप र बोलीको प्रभावले होला लोभिनेहरु धेरै हुन्छन् । तर प्राथमिकता के हो भन्ने कुरा हो । लोभिनेहरुलाई समय दिने मेरो फुर्सद नै हुँदैन । रेस्पोन्स गर्न नै भ्याउँदिन ।
  • सबैलाई यसरी प्रभावित गर्न सक्ने मान्छे, राजनीतिमा आउन मन लाग्दैन ?
त्यस्तो महत्वाकांक्षा मैले गरेकै छैन । राजनीतिमा जाँदा विश्वसनियता घट्न सक्छ । आदर्श समाज बनाउने मेरो अभियान राजनीति गरेर भन्दा अहिलेकै कामबाट ठीक छ । जनस्तरबाट गर्यो भने जे कुरा पनि संभव हुन्छ ।
Shabhar : Onlinekhabar.com

0 comments

Leave a comment