BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारमा २५५५ औ वुद्ध जयन्ति सम्पन्न

Published on Wednesday, May 25, 2011 10:28 AM //


राजेश्वर ढकाल / दोहा
विश्व शान्तिका अग्रदूत तथा एशियाका तारा गौतम वुद्धको २५५५ औं जन्मजयन्ती गत शुक्रबार नेपाली दूतावासको सभाहलमा सम्पन्न भएको छ ।  थारुकल्याणकारी सभा कतार च्याप्टर,तमु बौद्ध सेवा समिति शाखा कतार ,नेपाली प्रवासी तामाङ समाज र प्रवासी शेर्पा संघको सयुक्त आयोजनामा भएको कार्यक्रमलाई दुईचरणमा विभाजन गरिएको थियो ।

पहिलो चरणमा लामा गुरुहरु थर्चा लामा, सोनम लामा, नाम्जेल लामा र कुन्साङ्ग लामाद्धारा वौद्ध धर्म अनुसार विधिवत रुपमा पूजा आजका साथ सम्पन गरिएको थियो भने दोस्रो चरणको कार्यक्रममा नेपाली नियोगका प्रमुख डा.सुर्यनाथ मिश्रले दीप प्रज्वलन तथा भगवान गौतम वुद्धको तस्विरमा पुजा आज गरि खादा ओढाई सम्मान गरिएको थियो ।
       
 शुभकामना दिंदै नेपाल आदीवासी जनजाति महांसंघका कतारका अध्यक्ष मान वहादुर सा“वा लिम्वुले वुद्ध जयन्तिलाई नेपालीहरुले राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताउदै आगामी बर्षहरुमा मातृसंस्थाहरुले मात्र नभई सम्पूर्ण नेपाली समुदायले मनाउनुपर्ने धारणा ब्यक्त गरे ।

                नेपाली नियोगका प्रमुख डा. सूर्यनाथ मिश्रले वुद्धका दशनहरु र सिदान्तहरुलाई मानव जातिले ब्यवहारमा उर्तान सके भने विश्वमा अशान्ति स्वत हटेर जाने तर्क ब्यक्त गरे । उनले आजको दिनहरुमा वुद्धको वाणिहरु झन बढ्दै गएको बताउदै, कुनै पनि मुलुकले झुठो प्रचार झुठो शिक्ष् दिएको छ त्यो दूभाग्यपूर्ण कुरा  हो । यसले नेपालीको चित्तमात्र दुखाउने हैन संसारका बुद्ध धर्मालम्वीहरुको आस्थामा ठेस पुग्ने छ ।

यसप्रकारको गलत प्रचार ,गलत शिक्षा कहि कतैबाट हुनु निन्दनिय कुरा हो, गौतम वुद्धको जन्म स्थान नेपालमा हो ,विश्व सम्पदाको सुचिमा अभिलिखित भइसकेको छ , त्यसैले कसैले आर्थिक लाभका लागि अनैतिक कार्य गरेको छ भने हामीले नैतिक काम गर्नुपर्छ । सत्य कुराको प्रचार प्रसार हाम्रो सरकार ,नागरीक समाजले आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने तर्क रँख्दै  विश्वका सम्पूर्ण बुद्ध धर्मालम्वीहरु र गैर बुद्ध धर्मालम्वीहरु २५५५ औं बुद्ध जयन्तीको शुभकामना समेत ब्यक्त गरे ।

              यस्तै बुद्ध जयन्तिको शुभकामना ब्यक्त गर्दै ब्यक्ताहरुले प्रवासमा पनि शान्तिका अग्रदूत गौतम वुद्धको जन्मजयन्तीको चर्चा परिचर्चा गर्दै वुद्धजयन्ती मनाउन पाउदा गर्व लागेको धारण ब्यक्त गरे ।  उनीहरुले वुद्धको जन्म भारतमा भएको भन्दै भारतले गलत सन्देश प्रवाह गरेकोमा खेद ब्यक्त गर्दै राज्य स्तरबाट नै पहल हुनुपर्ने र सम्पूर्ण जनमानसले एक भए सहकार्य गर्नुपर्ने मा जोड दिए । ब्यक्ताहरुले बौद्धलाई धार्मिक रुपमा भन्दा पनि राष्ट्रिय रुपमा अगाडी बढाउनु पर्ने तर्क राखे । ब्यक्तब्य राख्नेहरुमा आदिवासी जनजाति महासंघका प्रमुख सल्लाहकार अमृत गुरुङ, कपिलबस्तु बचाउ अभियान कतारका संयोजक श्रीकृष्ण भट्टराई, समाजसेवि लक्ष्मण खतिवडा,किरा“त राई यायोक्खाका सचिव धिरज राई, एनआरएन एनसिसि कतार परिषदका महासचिव विलबहादुर गुरुङ, आदीवासी जनजाति महांसंघका प्रमुख सल्लाहकार अमृत गुरु¨ तथा दिलकिरण खुजुम,नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष होमनाथ शर्मा  थिए ।

                तमु वौद्ध सेवा समितिका प्रथम अध्यक्ष लक्ष्मी तमुको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा तामाङ समाजका अध्यक्ष शंखलाल तामाङले स्वागत मन्तब्य दिएका थिए  भने  थारुकल्याणकारी सभाका अध्यक्ष् विध्यानन्द चँैधरीको संचालनमा सम्पन्न भएको कार्यक्रमा भगवान गौतम वुद्धको बारेमा तथा वौद्ध धर्मका पञ्चशिलको महत्वको वारेमा तामाङ समाजका सल्लाहकार विनेश तामाङले विस्तृत रुपमा प्रस्तुत गरेका थिए भने नवोदित साहित्यिक मोवाईल पुस्तकालयका महासचिव तिर्थ संगम राईले ‘युद्ध,मान्छे र वुद्ध’ शिर्षकको कविता सुनाएका थिए ।


Tags:

0 comments

Leave a comment