BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

पैसा फिर्ता मागेको क्षण विस्रन सक्दिन

Published on Tuesday, May 17, 2011 1:33 AM // , ,


आधुनिकता संगै आधा आकाश ढाकेका नेपाली महिलाहरु चुलो चौकाको साँधुरो धेरालाई तोड्दै विश्व भरी छरीइ सकेका छन । पुरुषको अधिनमा रहेर काम गर्नुपर्छ र घरधन्दामा नै सिमित रहनुपर्छ भन्ने मान्यतालाई चुनौती दिदै महिलाहरु हरेक क्षेत्रमा फैलिन थालेका छन । कतारमा मात्रै करिव २५ हजारको हाराहारीमा नेपाली महिलाहरु कार्यरत छन ।
                    यस्तै वीर नेपाली महिलाको पहिचान बोकेर ग्रुपफोर सेक्युरिटी काममा कार्यरत छिन प्रमिशा लामा । सुपरमार्केटमा सेक्युरिटी गर्दै आएकी उनको कतारबसाई भने २६ महिना भएको छ । नुवाकोट रातमाटे जन्मेकी उनको कर्मथलो भने काठमाण्डौ हो । ०६१ सालमा विवाह बन्धनमा बाधिएकी उनी ४ वर्षीय छोरीकी आमा हु्न । घरपरिवार र श्रीमानसंगको सहमती अनुसारनै वैदेशीक रोजगारीमा आएकी उनी आफु भाग्यमानी भएको ठान्छीन । हालै कतारले उनलाई अर्को पहिचान समेत दिएको छ । यहाँ निमार्णधिन चलचित्र “इशारा जिन्दगीको” मा उनले नायिकाको भुमीका निभाएकी छिन । उनै सुरक्षकर्मी एबं नायीका प्रमिशासंग गरिएको कुराकानी ।
कस्तो लाग्दै छ प्रवासी जीवन ?
रमाईलो नै मान्नु पर्छ । आफन्तसंग विछोडीएको पिडा सहरे बस्नु परेको छ । बाध्यताले प्रवासीएको हो यहि बाध्यताको बिचमा पनि प्रवासी जीवन रमाइलै चलेको छ ।
बैदेशीक रोजगारको लागि पारिवारिकक अवरोध आएन ?
कुनै पनि अवरोध आएन फेरी श्रीमान पनि पहिले यहि कार्यरत हुनुहुन्थ्यो । सबै कुरा उहाँले बुझेर जानुभएको थियो । केही गर्नुपर्छ भन्ने होसाला दिने परिवार र मलाई बुझने श्रीमान पाएकोले कुनै अवरोध आएन ।

बैदेशीक रोजगारीको लागि महिलाहरु विदेशीनुलाई कसरी लिनुभएको छ ?
राम्रो रुपमा लिएको छु । हाम्रो देशमा पुरुष सरह महिलाहरु पनि शिक्षीत छन । नेपालको संस्कार र परम्पराका कारण महिलाहरु शिक्षँत भएर पनि परिधिमा बाधिएर बस्नु परेको छ । सरकाले अनुमती दिएको कम्पनीमा आफनो दक्षता अनुसार बुझेर आउनु पर्छ । शिक्षीत महिलाहरुको लागि राम्रँे अवसर देखेको छु ।

कतार अँएर के पाए के गुमाए जस्तो लाग्छ ?
पाएको भनेको आफनो खुटामा उभिने आधार बनाउन सकेकम्प्युटर चलाउन सिके । तर घरपरिवारको मायाँ साथ गुमाएँ । केही पाउन केही गुमाउनै पर्ने रहेछ ।

सुपर मार्केटमा कार्यरत हुनुहुन्छ कसैको नराम्रो ब्यवहार पाउनु भएको छ कि ?
कसैले पनि नराम्रो ब्यवहार गरेको छैन । हामी डिउटी टाईममा डे्रसमा आइडी लगाउनु पर्छ नाम पढेर नेपाली दिदी हुनुहुदो रहेछ बोल्न अनुमती छ कि छैन भन्दै सोध्नुहुन्छ । अनि सामानहरु कहाँ पाउछ जानकारी लिनुहुन्छ । राम्रै मान्छेसंग भेटेर हो की अहिले सम्म कुनै नराम्रँे ब्यवहारहरु पाएको छैन । आफु भलो त जगत भलो भन्छन होइन र ?

खाडीमा कार्यरत महिलाहरुको सुरक्षा हुदैन भन्छन नी ?
हाम्रो त एकदम सुरक्षित छ । घरेलु कामदारको लागि आउने महिलाहरुको लागि त्यस्तो होला । तर कम्पनीमा आउनेका लागि त्यस्तो हुदैन ।

चाडबाडमा विदेशमा हुँदा कस्तो अनुभव गर्नुभयो ?
आफ्नो चाडपर्ब आउँदा नरमाइलो त लाग्छ नै, तर पनि यहा पनि दशै तिहार कि्रसमसनया वर्ष्रबर्थ डे साथीहरु संग मिलेर रमाईलो गर्छौ । फोटोहरु खिचेर घरमा पठाउछौ । तर पनि परिवारको साथमा बसेर मनाएको जस्तोत कहाँ हुन्छ र !

तपाईले बारम्बार सम्झने कुनै क्षण छ की ?
स्कुलबाट ९ कक्षाको विधार्थीहरुलाई पिक्निक लगेको थियो । हामी सबै साथीहरुे गाडीको प्रतिक्षा थियौ । गाडी सानो भएकोले ३ पटक टि्रप गर्यो । अन्तिमा म छुटे । कोहि पनि लिन आएनन । पछि स्कुलमा सरसंग मेरो पैसा फिर्ता दिनु भन्दै झगडा गरेको क्षण कहिल्यै बिस्रन सक्दिन ।

                             प्रस्तुती -: राजेश्वर ढकाल

0 comments

Leave a comment