BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारको प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न । अध्यक्षमा- कृष्ण क्षितिज राई

Published on Sunday, June 12, 2011 3:25 AM // ,




                                                                            -राजेश्वर ढकाल/तीर्थ संगम राई
दोहा-"भाषाको उत्थान नेपालीको पहिचान सचेत र शिक्षित समाजको निमार्ण हाम्रो अभियान" भन्ने मूल उद्धोषका साथ स्थापना भएको नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतार-२०६६ को प्रथम अधिवेशन १० जुन २०११ का दिन टपफर्म रेष्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ । 
                      शुभकामना मन्तब्य दिने क्रममा नेपाल प्रवासी आदिबासी जनजाति महासंघका अध्यक्ष मानबहादुर साँवा लिम्वुले भने आज अरु सभा सम्मेलन भन्दा बिशिष्ट र भिन्न फिल्डमा उभिएकोले नौलो र आनन्दभुत महसुश भएको छ । आफुले अन्तरआत्मा देखि चाहेर पनि गर्न नसकेको विधा हो साहित्यि । धेरै कुराहरुमा सफलता प्राप्त गरे पनि साहित्यमा म सफल हुन सकिन । साहित्य साह्रै अप्ठ्यारो विधा हो । साहित्य भनेको अन्तरहृदयबाट आउनुपर्छ भावनाबाट फुर्नु पर्छ तब मात्र साहित्य लेख्न सकिन्छ । यसो भनिरहदा क्याम्पस सहपाठी र हालका डायास्पोरिक साहित्यकार विश्वासदीप तिगेलालाई सम्झे । कहिले अफगानिस्तान कहिले इराकको भूमि कहिले बेलायततिर साहित्यमा तल्लिन तिगेलाको साहित्यकर्मलाई यीनै प्रसंगमा जोडेका थिए । पुस्तकालयले रेगिस्तानमा नेपाली भाषा र संस्कृतिलाई जोगाई राख्न खेलेको भूमीका अतुलनिय रहेको तर्क राख्दै जहाँ रवि पुग्न सक्दैन त्यहाँ कवि पुग्छ भन्ने उक्तिलाई नवोदित साहित्यिक मोवाइल पुस्तकालले सार्थकता प्रदान गरको बताए । उनले नवोदित मोवाईल पुस्तकालको अवधारण नौलो कार्य भएको तर्क राख्दै हृदय देखिनै धन्यवाद ज्ञापन गरे । उनले नयाँ बन्ने कार्यसमिति बिगतको भन्दा अझ जुझारु र सफल होस भन्ने बधाईको साथ सदैव नेपाल प्रवासी आदिवासी जनजाति महासंघ तपाईहरुको साथमा रहने तर्क ब्यक्त गरे ।
                             त्यस्तै शुभकामना मन्तब्य दिने क्रममा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष दीपक भेटवालले नवोदित साहित्यिक मोवाईल पुस्तकालयले दोहाको साहित्यिक माहोलमा केन्द्रीय भूमीका खेलेको बताए । कतारमा देखेको साहित्य साहित्यिक संस्था साहित्यिक गतिविधीहरुलाई विभिन्न ब्यवसायी समाजसेवी पत्रकार र पेशाकर्मीहरुको सहयोग र मायाँले गर्दा नै साहित्यिक माहोल जिउँदो रहन सफल भएको तर्क राखे । उनले साहित्यले सृजना गरेको कि्रयाकलापहरु समाज र श्रोतामा पुग्न सकेन भने त्यसको कुनै औचित्य नहुने भएकोले यसलाई फिजाउनु पर्ने भनाई राख्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरेको बताए ।
                 
कार्यक्रमका विशेष अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नरेन्द्र भाटले साहित्य भाषाको गहना हो । त्यसैले साहित्य बिना कुनै पनि विधा पूर्ण हुदैन भन्ने तर्क राख्दै आफुमा साहित्य रुचि र बुझ्न सक्ने क्षमता भएपनि साहित्य सृजना गर्न नसकेको घारणा ब्यक्त गरे । समाजमा साहित्यिक सम्मेलनलाई सबै भन्दा उच्च सम्मानले हेरीने सभा हो भने । उनले एनसिसि कतार र आफु ब्यक्तिगत रुपमा पनि नवोदित साहित्यिक मोवाईल पुस्तकालयसँग नजिक रहेको र यसले गरेको कार्यहरुमा सहयोग र सहकार्य गर्दै आएको तर्क राख्दै मरुभूमीमा आफ्नो कडा परिश्रम प्रचण्डगर्मीमा गरिने कामहरुबाट समय निकालेर गहन विषयमा आफ्नो सिर्जनाहरुलाई बाहिर ल्याउने काम चानचुने ब्यत्तिले आक्न सक्ने हुदै हैन त्यसैले पनि साहित्यिक साधकहरुलाई आफु सम्मान गर्ने बताए । मन्तब्यकै क्रममा तपाईहरुको सिर्जना पढ्दा हामीहरुले मरुभूमी पनि हरियाली भएको महशुस गर्छौ । उनले पनि कार्यसमितिलाई शुभकामना दिदै आगामी दिनहरुमा पनि बिगतमा जस्तै सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए । 
                                दोहाको साहित्यिक वातावरणमा दोहामा भएका साहित्यिक संस्थाहरु एक हुन सक्यो भने प्रवासमा रहेको साहित्यिक आन्दोलनले सार्थकथा पाउने तर्क विशेष अतिथि मुग्लानि सौगातका प्रमुख सम्पादक सेलिङ के।सीले ब्यक्त गरे । साहित्य एउटा सभ्य शिक्षित समाजले निमार्ण गर्ने कुरा हो । जुन समाज सभ्य र शिक्षत छ त्यहाँ प्रशस्त मात्रामा साहित्य प्रकाशन हुने गर्दछ । हामीले साहित्यिक गतिविधिहरु प्रकाशन गर्यौ भने एक देशको गतिबिधिहरु अर्को देशले बुझ्न सक्ने छ । त्यसैले साहित्य समाज र जीवनको ऐना हो । नवोदित मोवाइल पुस्तकालले दोहाको साहित्यिक माहोललाई उजागर गर्न खेलेको भूमीका उल्लेखनिय रहेको उनले बताए ।  नेपाली कला संस्कृतिलाई बचाउनको लागि प्रचण्ड गर्मीको बाबजुद पनि नवोदित साहित्यिक मोवाईल पुस्तकालयले खेलेको भूमीका महत्वपूर्ण रहेका बताउदै साहित्यिक संस्थाहरुलाई गोलबन्दै गर्दै यहाँ रहेका नेपालीहरुको दुःख कष्टहरुलाई साहित्यिक कलमका माध्यमबाट उजागर गर्दै जान आग्रह गर्दै हरपल सहकार्य र सहयोग गर्दै जाने तर्क ब्यक्त गरे अन्य ब्यक्ताहरुले । उनीहरुले नयाँ बन्ने कार्यसमितिलाई शुभकामना समेत दिएका थिए ।
                             नवोदित साहित्यिक मोवाईल पुस्तकालयका महासचिव तिर्थसंगम राईको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रथम उपाध्यक्ष कृष्ण क्षितिज राईले र संस्था पदाधिकारी द्धय राजेश्वर ढकाल र जगत रामवर्देवाले गजल सवाल जवाफद्धारा स्वागत गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेश्व ढकाल प्रस्तुत गरे भने संस्थाको गतिविधि सचिव महेश्वर नेपालले प्रस्तुत गरेका थिए । संस्थाले गरेको गतिविधिहरुबाट प्रभावित र संस्थाको आर्थिक पक्षलाई अझै मजबुत बनाउनको लागि अतिथिहरुबाट स्वस्फूर्त संस्थालाई आर्थिक सहयोग र पुस्तकहरु सहयोग गरेका थिए । आर्थिक सहयोग गर्नेहरुमा गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नरेन्द्र भाटले -५ सय १ कतारी रियाल, ब्यावसायी उमेश अधिकारीले ५ सय कतारी रियाल ,युवा समाजसेवी लक्ष्मण खतिवडाले ३ सय कतारी रियल ,नेपाल लोकतान्त्रिक मन्चका अध्यक्ष रामहरि गैरे १ सय रियाल आर्थिक सहयोग गरेका थिए । पुस्तकहरु सहयोग गर्नेहरुमा नेपालकतार अनलाईन डटकमका प्रमुख सम्पादक रवी भट्ट रोषी किराँत राई यायोख्खाका अध्यक्ष चन्द्रशेर राई सागर अजनवि विमल गिरी लगायतले विभिन्न विधाका पुस्तकहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका आजिवन सदस्यहरु दीपक पौडेल उमेश अधिकारी बिमल सुबेदी श्रीकृष्ण भट्टराई लक्ष्मण खतिवडा शक्ति बहादुर क्षेत्री आजिवन सदस्यहरु तथा ३० जना बिशिष्ट सदस्यहरुलाई प्रमुख अतिथि र बिशेष अतिथिहरुको हातबाट प्रमाणपत्र बितरण गरिएको थियो ।

                        नवोदित साहित्यिक मोवाईल पुस्तकालय कतारका अध्यक्ष बद्रीप्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टरका अध्यक्ष दीपक भेटवाल ,विशेष अतिथि गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिष्द कतारका अध्यक्ष नरेन्द्र भाट, मुग्लानि सौगातका प्रमुख सम्पादक सेलिङ के.सी र नेपाल प्रवासी आदिबासी जनजाति महासंघका अध्यक्ष मानबहादुर साँवा लिम्वु थिए । अतिथिहरुमा नेपाली जनप्रगतिशील मंन्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली जनसम्पर्क समिति सभापति बिमल सुवेदी, नेपाल लोकतान्त्रिक मन्च अध्यक्ष रामहरि गैरे ,नेपाल प्रवास सांगितिक परिवार अध्यक्ष शक्ति क्षेत्री, ब्यावसायी उमेश अधिकारी ,नेपाल प्रवासी आदिबासी जनजाति महासंघ सल्लाहकार अमृत गुरुङ, खोटाङ्ग सेवा समाज शाखा दोहा एकृकीत उपाध्यक्ष हात्तिराम राई ,मोरङ्ग सुनसरी प्रवासी सेवा समाजका सचिव विनोद भट्टराई, ओखलढुंगे प्रवासी एकता समाजका अध्यक्ष बालकृष्ण भित्रीकोटि, किरात राई यायोख्खा अध्यक्ष चन्द्रशेर राई ,प्रवासी तामाङ्ग समाजका श्याम ग्ल्यान तामाङ, पाथिभरा सेवा समाजका अध्यक्ष बलदेव राना साथै साहित्यकारहरु जय छाङछा, हेमन्त परदेसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र साहित्यिक श्रष्टाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।  स्मरण रहोस नवोदित साहित्यिक मोवाईल पुस्तकालयले संचालनमा ल्याएको मोवाइल पुस्तकालय संसारको पहिलो मोवाईल पुस्तकालय हो ।

अध्यक्षमा कृष्ण क्षितिज राई

नवोदित साहित्यिक मोवाईल पुस्तकाल कतारको प्रथम अधिवेशनबाट अध्यक्षमा कृष्ण क्षितिज राईलाई सर्वसहमतिबाट चयन गरिएको छ । प्रथम उपाध्यक्ष-तीर्थ संगम राई दितिय ,उपाध्यक्ष -प्रविण राई, पुस्तकालय संयोजक-राजेश्वर ढकाल, महासचिव-महेश्वर नेपाल ,सचिव-चर्चित ढुंगेल कोसाध्यक्ष-जगतराम बर्देवा "घायल" सह-कोसाध्यक्ष-इन्द्रमणि नेपाल चयन भए । 
सदस्यहरुमा ज्ञानेन्द्र अंगाई, प्रेम लामा ,रामप्रसाद ढुंगेल, सागर अजनबी, नविन लामा ,अतृप्त कमल, फडिन्द्र शान्त, बिमल गिरी ,अब्दुल रजाक ,इन्दु गिरी ,सुशील पाण्डे चयन भएका छन । अनेसास कतारका अध्यक्ष दीपक भेटवाल, मुग्लानी सौगातका प्रदान सम्पादक सेलिङ के.सी र साहित्यकार हेमन्त परदेसी गरि तीन सदस्य निर्वाचन मण्डलमा थिए । स्मरण रहोस सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतिबाट चयन भएका हुन् । नयाँकार्य समितिलाई बरिष्ठ साहित्यिकार कवि तथा नियात्राकार हाल कार्यरत नेपाली नियोगका द्धितीय सचिव जय छाङछाले जय बहादुर राई सपथ खुवाएका थिए

0 comments

Leave a comment