BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

दोहाका संघ संस्था र धुपौरे संस्कृत

Published on Tuesday, June 14, 2011 8:31 AM //


                                                                                         -ईश्वर दाहाल कविजि 

तीन तिरबाट समुन्द्रले घेरीएको देश हो कतार । यहाँ पेट्रोलियम पदार्थको उत्पत्तिसँगै मान्छेहरुको ओइरो लाग्न थाल्यो । बस्ती बसे देखि नै यसलाई पैसाको कमी भएर सोही कारणले होला छोटो समयमा नै विकासको अग्रगति तिर बढीरहेछ । औधोगीकरणको पादुर्भावसँगै विभिन्न देशका नागरिकहरु रोजीरोटीको खोजिमा यहाँ आउन थाले र यही क्रममा सन ९० को दशकबाट नेपालीहरु पनि कतार छिरेको पाइन्छ । आजको स्थिति नियाल्ने हो भने यहाँ नेपालीहरुको संख्या तीनलाख पचासहजारको हाराहारीमा छ । जुन संख्या कतारमा रहेका विदेशीहरु मध्ये भारतीय पछिको दोश्रो ठुलो अनुपात हो । 
                     नेपालीहरुको वृद्धिसँगै यहाँ उनीहरुले विभिन्न समस्याहरुको सामना गर्नु पर्यो । यिनै साना तिना समस्याहरु हल गर्न सकियोस भन्ने अभिप्रायले नेपाली समुदायले संघ संस्था स्थापना गर्न थाले । स्थापना कालमा यी संघ संस्थाहरुले केही रचनात्मक काम गरेको पाईन्छ जस अनुसार आफ्नो क्षेत्रको लागि एम्बुलेन्स किन्ने देखि लिएर विद्यालयहरुमा सहयोग गर्ने तथा आफ्नो इलाकाबाट यहाँ आई ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहयोग गर्ने तथा आई पर्ने समस्याहरुलाई सकेसम्म निरकरण गर्ने जस्ता कुराहरु देखिन्छन । जब यहाँ नेपाली पत्रिकाहरुको प्रकाशन शुरु भयो आम जनमानसले पनि संघ संस्थाबारे बुझ्ने अवसर प्राप्त गर्यो र यस प्रति आकर्षित बन्दै जान थाल्यो । यो क्रम बढ्दै गएर आज सम्म आई पुग्दा विभिन्न तह र तप्काका गरी १५० को हाराहारीमा आईपुगेको छ । 
                    संघ संस्थाको वृद्धिसँग यसका प्रतिनिधिहरु कुन उद्देश्यले संस्था खोलिएको हो त्यसलाई बिस्तारै बिसर्एर प्रचारमुखि हुन थालेको पाइन्छ । काम गरेर देखाउन भन्दा माच खडा गरेर भाषण गर्नमा केन्द्रित हुन थाले । पछिल्लो चरणमा विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित संगठनहरु बिस्तार भए पछि यो क्रम अझै बढेको हो । यस पछिका दिनमा झन सामाजिक उद्देश्य बोकेर खोलेका संस्थाहरु अस्तव्यस्त भएको देखिन्छ । राजनीतिक विचारधारा बोकेका मानिसहरुले पैसाको बलमा बिस्तारै सामाजिक संस्थाहरुमा आफ्नो प्रभुत्व जमाउन थाले । हरेक संस्थाको कार्यक्रममा यिनीहरुको उपस्थिति हुन थाल्यो र भाषण गर्ने प्रवृति झन बढेर गयो । केही आर्थिक सहयोग गरेर यिनीहरुले संस्थामा दवदवा देखाउन थाले । यति सम्म की कार्यक्रममा अतिथि न बोलाए या बोलाएर बोल्न नदिए अपमान गरिस भन्दै फोन गरेर थर्काउने मात्र हैन तेरो संस्था तहस नहस गरी दिन्छु भन्ने सम्मका धम्किहरु दिन थाले । यिनै संघ संस्थाहरुलाई लक्षित गरेर कुनै एक राजनीतिक संगठनले त भित्री र बाहीरी गरी दुई संयन्त्र खडा गर् यो । जस अनुसार भित्रि संयन्त्रले कार्ययोजना बनाउने र बाहिरीले संघ संस्थाहरु आफ्नो कब्जामा लिई स्वघोषित महाराज बन्ने सम्मका कामहरु गर्न थाल्यो । आफ्नो विचारसँग नमिल्ने तर नेपालीको पक्षमा प्रतिवद्ध भई काम गर्ने र क्षमता भएकाहरुलाई पैसाको बलमा पाखा लगाउँदै धमाधम आफ्ना कार्यकर्ताहरु संस्थामा भर्ती गर्ने काम हुन थाले ।
                   शुरुका दिनमा आन्तरीक रुपमा यस्तो गरीए पनि पछिल्लो समयमा आएर हाक्काहाक्की रुपमा नै गर्न थाले जसको ज्वलन्त उदाहरण हो नवोदित साहित्यिक वाचनालय । पैसाको बलमा धुपौरेहरुलाई भर्ना गरिएका यी संस्थाहरुले उनीहरुलाई महाराज त बनाएन बनाएन उल्टै बरु घातक सिद्ध भएका छन । उकालो फर्किएर थुके आफ्नै मुखमा थुक पर्छ भन्ने यी महाराज हुन चाहनेहरुले बुझेका भए यो स्थिति आउने नै थिएन । ढुंगाको काप फोरेर पनि पीपल उम्रन्छ र फलामलाई जति गाले पनि सुन बन्दैन भन्ने ज्ञान यी महाराज बन्न खोज्नेहरुको भएको भए उहिल्यै घैटामा घाम लाग्ने थियो । जन्मदै सिकेको यो धुपौरे संस्कृतिलाई कतार आउँदा आफ्नै मुल पार्टीमा छाडेर आएको भए यो घिन लाग्दो खेल खेलिन्न थियो होला । तर अफसोच लाजै पचाए पछि कसैको केही लाग्दो रहेनछ । स्वघोषित महाराज बन्ने यिनको स्वैर कल्पना हावामा उडेको पत्कर जस्तो उडी रहेछ दोहाको आकाशमा ।
                     गलत बाटो अपनाएर आफ्नो पार्न चाहनेहरु सफल भएको कही इतिहास छैन यी धुपौरेहरुले बुझे हुन्छ । अब प्रश्न उठ्छ किन हरेक संस्थाहरुमा धुपौरेहरुलाई छिराउन थालियो त यसको सिधा जवाफ हो आफ्नो गलत कार्यको जनमानसबाट विरोध नहोस र आफु महाराज बन्न सकियोस । जब सूर्यनाथ मिश्र कतारका लागि नेपाली राजदुत बनेर आए तब गरीबका छोरा यहाँ ल्याएर विचल्ली बनाउने ठग दलालहरुलाई धमाधम कारवाही शुरु गरे । राजदुतले गरेका हरेक कार्यहरुलाई संघ संस्थाले साथ दिदै जान थाले तब यिनीहरुको ढ्याङ्ग्रा बज्न शुरु भयो । दुतावासको दवाव एकातिर पर्न थाल्यो भने जनमानसको तर्फबाट पनि दवाव आउन थाल्यो । यदि यसै गरी चल्न दिईरहने हो भने महाराज बन्ने त हैन एक दिन बहिस्कार हुने अवस्था थियो । यही कुरालाई मध्य नजर गर्दै उनीहरुले संस्था हातमा लिन शुरु गरेका हुन । 
                   भनिन्छ चोरहरु चोर्ने बेलामा एक हुन्छन । यहाँ पनि यस्तै भएको पाइन्छ । ठग दलालहरु आवश्यक पर्दा कार्यगत एकता गर्न र पछि युज एण्ड थ्रो गर्न पनि जानेका हुन्छन । तर जे गरे पनि यो दिवा स्वप्ना मात्रै हो मुख्य झाक्री विरुद्धमा हुँदा हुँदै धुपौरेले मात्र विरामी बचाउन सक्दैन । जसको परिणाम विकराल देखिन्छ । संघ संस्थामा भएको यस्तो नाङ्गो हस्तक्षेप पछि विस्तारै जनमानस निरुत्साही बन्दै गएको छ । काम गर्ने क्षमता भएका तर कुनै राजनीतिक विचार नबोक्नेहरु कसैको गुलामी गर्न सक्दैनन जसको कारण दोहाका संस्थाहरुले क्षमतावानहरु पदाधिकारी पाउने अवस्था छैन । यदि मुक दर्शक बनेर सबैले अहिलेको यो हस्तक्षेपलाई हेरी रहने हो भने महाराज बन्न चाहनेहरुको त सपना पुरा होला नै तर आम नेपालीहरुलाई भने बाँच्न अवश्य पनि कठिन हुने निश्चित छ । सबैलाई चेतना भया ॥

Tags:

0 comments

Leave a comment