अस्पतालको शैयावाट क्यान्सर पिडित नेपालीहरुको सहयोगका लागि याचना
Published on Saturday, June 25, 2011
9:32 AM //
Headlines,
प्रबास समाचार
![]() |
-लक्ष्मण खनाल / गणेश वानियाँ
२४ जुन २०११
क्यान्सर पिडित नेपालीद्वय किशान राई तथा मुक्तिराम कुँवरले अस्पतालको शैयावाट सहयोगका लागि सम्पूर्ण नेपालीहरुमा अपिल गरेका छन् । बिगत चार महिनावाट आँखा भित्रको हड्डीमा क्यान्सर भई उपचार गरिहेका खोटाङ्ग छोरम्वु - ५ याङ्गसोलाका २५ बर्षिय किशान राई कतार स्थीत एक कम्पनीमा इलेक्ट्रीसियनका रुपमा कार्यरत रहेका थिए ।
उनी संगै अर्को बेडमा पल्टिरहेका डिभर्ना ९ अर्घखाँचीका ३४ बर्षिय मुक्तिराम कुँवर पनि छातीको क्यान्सरको उपचार गराइरहेका छन् । एक छोरा र एक छोरीका पिता कुँवर कतार स्थीत एक कम्पनीमा होटलमा कार्यरत रहेका थिए । २००६ जनवरीवाट कतारलाई कर्मथलो बनाएका उनी अस्पतालमा भर्ना भए पछि पनि कम्पनीले बिभिन्न बाहाना बनाउदै नेपाल पठाउन खोजेको र चिकित्सकहरुको सल्लाहले गर्दा उपचार भई रहेको र नेपाली दुतावासमा पनि सम्पर्क गरेको जानाकारी दिए । दैनिक बेड शुल्क सय रियाल कम्पनीले उपलव्ध नगराएको गुनासो गर्दै सहयोगका लागि कतार स्थीत सम्पूर्ण नेपाली संघ संस्थाहरुमा अपिल गरेका छन् । केही महिनामा नै नेपाल स्थानान्तरण गरिने चिकित्शकहरुले बताएको र दीर्घकालीन रुपमा औषधी सेवन र अस्पतालको प्रत्यक्ष निगरानीमा रही रहनु पर्ने हुदाँ नेपालमा औषधी उपचारका लागि महङ्गो पर्ने हुनाले सम्पूर्ण नेपालीहरुमा सहयोगका लागि अनुरोध गरेका छन् । त्यही अस्पतालमा हाउस किपिङ्गमा कार्यरत नवलपरासीका सन्दिप गोदाई मगरका अनुसार हाल क्यान्सर वार्डमा २ जना नेपाली मात्र रहेका छन् ।
![]() |
0 comments