BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

संस्कृति सिक्दै सुन्दरीहरू

Published on Tuesday, June 7, 2011 12:30 AM //

तनहुँ, जेष्ठ २४ - मिस मगरका प्रतियोगीहरू एक रात पोखरामा थिएनन् । मातृभाषासमेत बोल्न नजान्ने सहरिया सुन्दरीहरू परम्परागत संस्कृति बुझ्न तनहुँको कोटदरबार पुगेका थिए ।

२६ प्रतिस्पर्धीहरू दुई दिनसम्म गाउँलेमाझ झुम्मिए । लेखनाथ भण्डारीढककी नविना पुन मगर पनि हातमा डायरी र कलम लिएर गाउँलेसँग रहनसहन बुझ्न व्यस्त देखिन्थिन् । उनले हल्काफुल्का मगरभाषा बोल्न सिकिन् । 'संस्कृति बुझ्न र जान्न गाउँ नै आउनुपर्ने रहेछ,' उनले भनिन् ।
कोटदरबार पुगेका कतिपय सुन्दरी जातीय पहिरनमा थिए भने केही आधुनिकमा । उनीहरूलाई गाउँलेले बाजागाजाले स्वागत गरेका थिए । मगर जातिमा लोकपि्रय कौरा नृत्यमा उनीहरूले चासो लिए । मिस मगरहरू गाउँका तन्नेरीहरूसँग कुम जोडेर कौरा नृत्य गर्दा गाउँलेले ताली बजाएका थिए ।
'पटक्कै जानेकी थिइनँ,' भुमा थापा मगरले भनिन् । उनी कति उत्साहित भइछन् भने कौरा नृत्य जोगाउन पहल गर्ने बताइहालिन् ।  
'हराउँदै गएको संस्कृतिबारे जानकार हुन भनेर हामीले यति टाढा गाउँमा प्रतिस्पर्धीहरूलाई लिएर आएका हांै,' आयोजक रिबर्थ इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अरुण दर्लामी मगरले भने ।
नेपाल मगर संघ कास्कीसमेतको पहल रहेको कोट दरबार घुमघाम सकेर सुन्दरीहरू शनिबार साँझ मात्रै पोखरा फर्किएका हुन् । मिस मगरको फाइनल असार ४ मा हुँदै छ ।
Source : Ekantipur

0 comments

Leave a comment