BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

महासचिवको विदाइ

Published on Saturday, July 2, 2011 1:03 PM // ,

                                                                                 -चर्चित ढुंगेल
दोहा- नवोदित साहित्यिक मोवाइल पुस्तकालयले संस्थाका महासचिव महेश्वर नेपालको संस्थागत विदाइ गरेको छ । उनले संस्थामा पुर् याएको योग्दानको प्रशंसा गर्दै कदर पत्र प्रदान गरेको छ । संस्थाका प्रथम उपाध्यक्ष तिर्थसंगम राईले कदर पत्र हस्तान्तरण गरे भने संस्थाका कार्यसमितिहरुले मायाको चिनो स्वरुप क्याननको डिजिटल क्यामरा प्रदान गरेका थिए । उनलाई संस्थाका आजिवन सदस्य तथा युवा पेशा कर्मी लक्ष्मण खतिवडाले निडर भएर साहित्यि र लेखनमा योग्दान दिएको बताउदै मायाको चिनो स्वरुप नोकियाको एक्स २ मोवाइल उपहार स्वरुप प्रदान गरेका थिए ।

उक्त अवसरमा संस्थाका सचिव चर्चित ढुंगेलले विदाइ गीतका दुई हरफ
"विदाइको हात हल्लाइदेऊ माया चैँ नमार
विछोडको पीडा मनभित्रै राख आँशु चैँ नझार…"
भनेर सुनाउँदा सवैको अनुहारमा विछोडको पीडा झल्किन्थ्यो । त्यसलगत्तै संस्थाका मोवाइल पुस्तकालय संयोजक राजेश्वर ढकालले महासचिवसँगको पहिलो भेटदेखि विदाइ कार्यक्रमसम्मका अनुभवका बारेमा बिस्तृत रुपमा बताएका थिएगला अवरुद्ध भइरहँदा ुकहिलेकही थाम्दाथाम्दै पनि आँशु झर्दोरहेछु भन्दै उनले विदाइ गजल पनि सुनाउन भ्याए-
"समयले हाम्रो मिलन लुट्दैछ साथी
सह यात्राका दिनहरु टुट्दैछ साथी…"
                   
    रेगिस्तानी कवि तथा संस्थाका प्रथम उपाध्यक्ष राईले "महेश्वर नेपाललाई शुरुमा भेट्दा ३५ किलोको हाराहारीमा देखेको थिएँ" भनेर भावुक माहोललाई हाँसोमा बदलेका थिए । तर कुरा अगाडि बढाउँदै लाँदा उनले अँँशु थाम्न सकेनन् र उपस्थितलाई पनि रुवाए । उनले भने "महेश्वर नेपाल राम्रो कवि, राम्रो गजलकार नभए पनि राम्रो ब्यावस्थापक र साहित्य बुझेका ब्यक्ति हुन् । यस्तै हस्तीहरुले गर्दा मोवाइल पुस्तकालयले संक्रमण कालमा पनि उल्लेख्य काम गर्न सकेको हो । नयाँ भाइहरुबाट पनि मैले यस्तै कार्यक्षमताको अपेक्षा गरेको छु ।"
             

 सम्मान पछि बोल्दै नेपालले "आफन्त जस्तो माया र साथ दिने मित्रहरुलाई आज छोडेर जानु पर्दा मनै दुख्दो रहेछ ।" संस्थामा आवद्ध भएर साहित्यि र लेखनामा ठुलो परिर्वतन भएको बताउदै नेपालमा गएर पनि नेपाल कमिटिमा आवद्ध भएर संस्थालाई सक्दो सहयोग गर्ने विश्वास दिलाए । बिगत २३ महिनादेखि दोहामा कार्यरत नेपाल यहि जुलाई ३  तारीक कतार नआउने गरि नेपाल फर्कर्दै छन ।

                विदाइ कार्यक्रममा जगतराम बर्देवा, इन्द्रमणी नेपाल, राम ढुंगेल, सागर अजनवी ,अतृप्त कमल ,इन्दु गिरी ,विमल गिरी ,सुशिल पाण्डे, नविन लामा र भानु सुनुवारलगायतले आफ्ना रचनाले नेपालको विदाइ गरेका थिए । कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 comments

Leave a comment