BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

भानुजयन्तीमा खुल्ला कबिता प्रतियोगिता संम्पन्न -

Published on Monday, July 18, 2011 3:58 AM // ,

                  दोहा-आदिकवि भानुभक्त आर्चायको १९८ औं जन्म जयतिन्तीको अवसरमा अन्तराष्ट्रिय नेपाली साहित्यि समाज कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालयको सयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरु सम्पनन छन । मोवाइल पुस्तकालयको अध्यक्ष कृष्ण क्षितीज राईको सभापतित्वमा भएको कार्यक्रममा कतारमा श्रमरत साहित्य पारखीहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा कविताका निर्णायक मण्डल संयोजक साहित्यिकार तथा नियात्राकार जयबहादुर छाङछा राई, कृति अवार्डका निर्णायक संयोजक साहित्यकार हेमन्त परदेशी ,सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्चा लामा थिए ।


                      एनआरएन अँइसिसका उपाध्यक्ष सागर नेपाल,नेपाली जनप्रगतिशिल मन्चका अध्यक्षँ होमनाथ शर्मा ,नेपाली जन सम्र्पक समितिको सभापति विमल सुवेदी ,नेपाल इन्जिनयस्र यसोसियसनका अध्यक्ष अजुर्न भट्टराई ,ब्यावसायी टि.बी कार्की ,उमेश अधिकारी ,लक्ष्मण खतिवडा, नरेश राई लगायतको उपस्थिती थियो । आइसिस उपाध्यक्ष नेपाल र जनसम्पर्क समितिका सुवेदीले समेत कविता वाचन गरेका थिए । पुस्तकालयका संयोजक तिर्थसंगम राईको संयोजकत्वमा भएको कार्यमको संचालन अनेसासका अध्यक्षँ दीपक भेटवालले गरेका थिए । भानुभक्तको जीवनी बारे पुस्तकालयका सचिव चर्चित ढुंगेल चर्चा गरे ।


कवितामा सन्तोष प्रथम 
प्रतियोगितामा २८ कवि तथा २ कवियत्रीलाई उछिन्दै झापाका सन्तोष सिटौलाले प्रथम पुरस्कार १० हजार रुपयाँ र प्रमाण पत्र हातपारे ।
दोस्रो पुरस्कार गोरखाका राजेश्वर ढकालले ७ हजार रुपैया र प्रमाण पत्र पाए । तेस्रो पुरस्कार गोरखाकै ज्ञानेन्द्र अम्गाइले पाएका छन । पुरस्कारको राशी  ५ हजार रुपैया र प्रमाण पत्र छ । सान्तवना पुरस्कार पोखरा की कवियत्री सावित्री गिरीले प्राप्त गर्न सफल भईन । उनले २ हजार रुपयाँ र प्रमाण पत्र हासिल गरिन । उत्कृष्ट वाचकको उपाधि भने इन्द्रमणि नेपालले पाएका छन उनले पनि २ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका थिए ।
                          निर्णयक मण्डल तथा दर्शकहरुको भोटको आधारमा कविताहरुलाई उत्कृष्ट घोषण गरेको हो । प्रतियोगीतामा ७५ प्रतिशत भोट निर्णायक मण्डलको तथा २५ भोट दर्शकको भोटिङमा छुट्याइएको थियो । विजेताहरुलाई पुरस्कार र प्रमाण पुस्तकालयका अध्यक्ष कृष्ण क्षितीज राईले प्रदान गरे । प्रथम पुरस्कार पेशाकर्मी लक्ष्मण खतिवडा, तृतिय पुरस्कार जनजाति महांसधका सल्लाहकार संयोजक अमृत गुरुङ ,सानत्वना पुरस्कार ब्यावसायी दिलिप क¨दवा र उत्कृष्ट वाचनको पुरस्कार ब्यवसायी नरेश राईले प्रायोजन गरेका थिए ।

चौथो वाचन श्रृखला 
अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालयको संयुक्त आयोजनमा हुदै आएकॊ चौथो वाचन श्रृखला पनि सोही कार्यक्रमै भयो ।छ । निराजन प्रभात लुईटेलको संयोजकत्वमा भएको कार्यक्रममा विशेष स्रोता कतार ऐवरयवजको सिनियर एयरहोस्टेज पवित्रा खड्का थिईन ।

 विशेष स्रोता पवित्रा खडकाले प्रतिकुल समयको बाबजुद पनि यसरी साहित्य सृजनामा लागेकोमा खुसी हुदै आफुलाई विशिष्ठ श्रोताको रुपमा आमन्त्रित गरेकामा कृतज्ञता व्यक्त गरिन्। सम्पूर्ण सहभागि कविहरुलाई धन्यावाद दिदै बराबरी भानुजयन्तिको अवसर परेको भएको हुदा स्कुलमा पढेको भानुभक्तको कविता-
"भर् जन्म घाँस मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घांसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो"
                                               सुनाउदै आफु पनि यो मेल खाने बताईन । जसरी घाँसीको शब्दबाट प्रभावित भएर भानुले नेपाली साहित्यमा प्रवेश गरे उसै गरी हिजोको त्यो भेला देखेरआफु पनि साहित्य लेख्न प्रेरणु मिलेको बताउर्दै कार्यक्रममा उपस्थीत हुन पाउँदा निकै खुशी लागेका बताइन ।

कृति विमोचन
कार्यक्रममा २ कृति पनि विमोचन भए ।

 युग योगी राईको कविता संग्रह "मेरी युनीमा" र

 प्रवल विष्टुमेघराजुको "आस्थाका फूलहरु" गजल संग्रह विमोचन गरिएको हो । उक्त दुई कृतिलाई नवोदित साहित्यिक मोवाईल पुस्तकालयका अध्यक्ष कृष्ण क्षितीज राई ,सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्चा लाम ,नेपाल इन्जिनियर यसोसियसन कतार परिषदका अध्यक्ष ई अर्जुन भट्टराई ,नेपाली जनप्रगतिशिल मन्चका अध्यक्षँ होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी ,ब्यावसायी टि.वी कार्कीले सयुक्त रुपमा विमोचन गरे ।

कृति अवार्ड टुहुरो बस्तिको कथालाई 
नवादित साहित्यिक मोवाईल पुरस्कालले हरेक वर्ष प्रदान गर्दै अँइरहेको नवोदित कृति अवार्ड-२०६८ कवि वद्रीप्रसाद पराजुलीको "टुहुरो बस्तिको कथा" खण्डकाब्यले पाएको छ ।


 ३ सदस्यि निर्णायक मण्डलको छनोट टोलिले पराजुलीको टुहुरो बस्तिको कथा खण्डकाब्यलाई उत्कृष्ट कृति छनोट गरेका हुन । निर्णायक मण्डलको संयोजक साहित्यकार हेमन्त परदेशी सदस्यद्धय दीपक भेटवाल र रवि भट्ट थिए । वद्रीप्रसाद पराजुलीको टुहुरो बस्तिको कथा खंण्डकाब्यले नवोदित कृति अवार्ड २०६८ हासिल गरेको समितिले घोषणा गरेका थियो । कृति अवार्ड प्रतिस्पधामा पराजुलीको "टुहुरो बस्तिको कथा" खण्डकाब्यसंग सन्तोष सगुनको दुई कृति "अधुरो यात्रा र "जीवनको गोरेटो" कविता संग्रह, प्रबल विष्ट मेघराजको "आस्थाका फूलहरु" गजल संग्रह, युग योगी राईको "मेरी युनीमा" कविता संग्रह र थिरप्रसाद कटेलु'प्यासी' को "नफर्किएका दिनहरु" उपन्यास गरि ६ वटा कृतिले प्रतियोगीमा प्रतिस्पर्धा गरेका थिए ।
४८   पराजुलीले ०४२ सालमा "पहाडी जीवन एक ´लकु झ्याउरे कविता संगह्र ०४८ मा "रगतको उपहारु" प्रकाशित गरिसकेका छन । भोजपुर चरम्वी-६ मा जन्मेर बिराटनगर-४ लाई आफ्नो कर्म भूमी बनाएका पराजुली २००४ नोभेम्वरमा देखी एक कन्ट्रक्सन कम्पनीमा कार्यरत छन । पराजुली नवोदित साहित्यिक मोवाइल पुस्तकालयको भुतपूर्व अध्यक्षँ र हालको सल्लाहकार समेत हुन ।

0 comments

Leave a comment