BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

परिवार खुसी भएकोमा खुसी छु

Published on Thursday, August 18, 2011 1:37 AM // , ,

तनहुँ सतिसरा-२ मा जन्मे हुर्केका चतुर अहमद कतार प्रवेश गर्दा मात्र १६ वर्षका थिए । १९८५ मा बैदेशीक रोजगारिको सिलसिलामा कतार प्रवेश गरेका उनी अरवियन लाहुरे बन्न पाउँदा निकै खुशी थिए । सरकारी कामको लागि ५ सय कतारी रियाल मासिक तलबको लागि १२ हजार खर्च गरेर कतार अँएका हुन । सुरुमा उनलाई अन्य देशका नागरिकहरुले नेपाल भनेको भारतको कुनै हिस्सा हो भन्दै सोध्ने गरेको तितो अनुभव पनि उनीसंग छ ।
                    उनी आउँदा कर्नेसमा भएको सेराटन होटलमा वेटरमा कार्यरत काठमाण्डौ निवासी ३ जना नेपाली मात्र थिए । उनीहरुलाई मुदिर मालिक ले सेराटनमा नेपाली छन भेट्न जाने हो भने हिड् भनेर लगिदिएका थिए । उनीहरुलाई भेट्दा खुशीले भक्कानिएको क्षण अहिले पनि उनको मानसपटलमा ताजा छ । हामी हरेक विहिवार भेटघाट गथ्र्यो फोनमा कुरा गथ्योकहिले उनीहरुकोमा बस्थ्यो त कहिले उनीहरु हामीकोमा पहिले नेपाली विच जुन आत्मियता थियो त्यो अहिले अलि कम भएको महशुष पनि उनले गरेका छन ।
                                        श्रीमती र ३ छोरीहरुको साथमा हाल तनहुँ डुम्रे बजार-१ लाई बस्दै अँएका अहमद कतार बसाई अब भने छोट्याउने सोचमा छन । आफुले पढ्न नसके पनि छोरीहरुलाई भने पढाउनकै लागि उनले बैक ब्यालेन्स पनि गरेका छन । २६ वर्ष प्रवासी जीवन बिताई सकेका उनी आफु एक्लोले जवानी प्रवासमा नै बिताए पनि आफुसंगै आश्रीत दाजु भाईका परिवार सहित १७१८ जनालाई खुशी दिन सकेकोमा सन्तुष्ट छन ।
               अहमदले २६ वर्षको प्रवासी जीवनमा आÏनो परिवारसंगै रमजान २ वर्षमात्र मनाएका छन । मिठो खान नपाए पनि आÏनो देश र परिवारको साथमा बसेर रमजान मनाएको जस्तो रमाईलो प्रवास नहुने उनको अनुभव छ । प्रवासमा पनि इदको ३ दिनभने साथीभाई आफन्तहरुसंग शुभकामना आदान प्रदान गर्दै रमाईलो गर्ने गरेका छन ।
                                 सामाजिक सेवामा रुचि भएका अहमदकै पहलमा कतारमा कार्यरत करिव ८० जना आÏनै गाँउका साथीभाईहरु मिलेर उठाएको ५१० कतारी रियालबाट गाउँमा १० वर्ष देखी मदरसा संचालन गरिरहेका मात्र छैनन उनीहरुले पानि कुवा बनाउने देखी लिएर नाजुक अवस्था भएका परिवारहरुलाई आर्थिक सहयोग पनि गर्दै अँइरहेका छन । उनै अहमद संग गरिएको कुराकानी ।

तपाई कतार आउँदा कस्तो अनुभव गर्नुभयो ?
निकै रमँईलो महष्ाश भएको थियो । किनकी त्यति खेर घर गाउँमा पनि अरवियन लाहुरे बन्न लागेको भनेर सबैले निकै उत्साह देखाउथे फेरी एकै गाउँको चिनजानको साथीहरु २६ जना संगै आएकोले पनि विदेशमा भएको अनुभव भएन । तर पनि आÏनो जन्मभूमी जस्तो त कहाँ हुँदो रैछ र । म ४ वर्षको कतार बसाई पछि पहिलो छुट्टीमा स्वदेश फर्कदा जन्नत स्वर्ग नै पुगेको अनुभव गरे ।
रमजानको बारेमा थोरै जानकारी दिनुस्न ?
रमजान मुस्लिम समुदायको सबै भन्दा ठुलो पर्व हो । मुस्लिहरुको कुरा नाजिल भएको महिना यनि यहि महिना हो त्यसैले पनि यो १ महिना निकै महत्वपूर्ण हो । एक महिना रोजा व्रत बस्छौ । दिनभरी केही खानु हुदैननराम्रो बोल्नु पनि हुदैन । यो महिनामा दिनदुखीलाई सहयोग गरेमा पुण्य प्राप्ती हुन्छ । ३० दिन सम्म उपबास बसेपछि चाड इद आउँछ । इदको ३ दिन चेलीबेटीहरुइष्टमित्रहरु बोलाउने खुवाउने शुभकामना आदान प्रदान गर्ने गछर्ँै ।

के फरक पाउनु भयो त प्रवासमा र स्वदेशमा रमजान मनाउदा ?
धेरै फरक छ नी । हुन त यो महिना हाम्रो पवित्र महिना भएकोले सबै खुशी नै हुन्छौ तर आफ्नो देशमा परिवारको साथमा बस्न पाउँदा निकै रमँईलो वातावरण हुन्छ । स्वदेशमा सेहरीविहानको खाना खाने समयमा उठेको छैन भने छरछिमेकका दाजुभाईहरुले उठँईदिनु हुन्छ ।

प्रवासमा आएर के पाएँ के गुमाए जस्तो लाग्छ ?
विदेशमा आएर आÏनो जवानी गुमाए । म एक्लोले आफ्नो जवानी गुमाएर पनि १७१८ जनाको परिवार खुशी राख्न सके त्यसैमा खुशी छु ।


कुनै स्मरणिय क्षँण ?
कतार आएको २ महिना जतिमा भाई काकाको छोरा गुमाउन पर्यो । हामी ३ जना डिउटी जादै थियौकर्नेस निर रोडक्रस गर्ने बेलामा उताबाट कार अँएको देखर हामी २ जना वरिनै बस्यो उँ -काकाको छोरा भने गाडी टाढा छ आऔ भन्दै अगाडी बढ्दै थियो त्यहि बेलामा गाडीले उस्लाई हानीदियो । एकदम रफतारले आइरहेको कारले किचेपछि घटना स्थलमा नै उसको मृत्यु भयो । जुन घटना अहिले पनि मेरो मानसपटलमा छाइरहन्छ ।

अन्तमा केही भन्न चाहानुहुन्छ ?
देश विदेशमा छरिनु भएका सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम दाजुभाई दिदीवहिनीहरुलाई रमजान मुबारक भन्न चाहान्छु ।

प्रस्तुती ः राजेश्वर ढकाल
(कान्तिपुर प्रवास साप्ताहिक ११ अगष्टमा प्रकाशित )

0 comments

Leave a comment