BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

प्रदेशी आमाको पत्र छोराछोरीलाई

Published on Sunday, August 14, 2011 7:42 AM //


-इन्दिरा कुइकेल
प्राण भन्दा प्यारो मुटुको टुक्रा अटुट संम्झना अनि माया । मेरो भगवानसंग यहि कामना गर्छु ति मेरो मुटुको टुक्रालाई सधै रक्षा गरिदेउ । मलाई अझै ताजा नै छ त्यो क्षँण जुन दिन म आमा भएको थिए । अरु आमा सरह नै गौरवाविन्त आमा म दुई सन्तान कि आमा तिनीहरु दुवैलाई मैले गर्भमा रगतले सिन्चेर हुर्काएको हो ।
म आज पनि त्यो प्रसव पीडा महशुष गर्न सक्छ र म रोमााचीत हुन्छु । जुन पीडाले मलाइ आमा बनायो हरेक क्षेत्रमा संघष गरेर भोक तिर्खाको प्रवाह नगरी तिमीहरुको पालन पोषणमा लागि रहेर तिमीहरुको हरेक सांगितीक भाषा बुझेर तिमीहरुको सेवामा लागि रहे । तिमीहरुको हासोमा म रमाउछु । तर समयको गतिको परिवतनसंगै म पनि तिमीहरुको उज्जवल भविष्य र समाजमा राम्रो मान्छे बनाउनको लागि आफु भित्र जति असैय पीडा भएपनि म तिमीहरुको नजरमा स्वार्थी भए पनि तिमीहरुलाई मेरो अभाव भएपनि मैले तिमीहरुको उज्जवल भविष्यको लागि केही रुपीयाको जोहो गर्नु थियो ।
                                 सायद समय संगै तिमीहरुले पनि यो कुरा बुझने छौ कि आमाले पीडाको सागरमा डुबाएर रेगिस्थान जानको लागि ढु¨ाको मुटु बनाएको कुरा । त्यस दिन जुन दिन मेरो परिवारसंगको अन्तिम रात । मलै दुवै जनालाइ आÏनै हात खाना खुवाएको थिए । उनिहरुलाई भने हरे म तिमीहरुको राम्रो पालन पोषण र उज्जवल भविश्यको लागि विदेश गएर केही पैसा कमाएर आउछु ।
                      म तिमीहरुलाई छाडेर एक्लै जादैछु भन्दा मेरो गला अवरुद्ध भए आँखाबाट साउन बर्षे । मेरो अवोध सन्तानले मलाई हेरेको हेरै भए । त्यस रात म निदाउन सकिन । रातभरी छोराछोरीलाई काखमा राखेर रोइरहे म संगै मेरो छोराछोरी पनि रोएँ । हाम्रो सुतेको ओछ्यान आँशुले आहाल भयो । मैले छोरीलाइ आÏनो र भाइको ख्याल गर्न र मन लगाएर पढन आमाले दिने अर्ती उपदेशहरु दिए । त्यती भन्दैमा तिनीहरु निदाइ सकेका थिए ।
                           म जुरुक्क उठेर एउटा हातले झोला च्यापेरबाटो लागे मेरा आँखा आँशुले भरिएका थिए । गलामा बोलि थिएन । पहाडपहराचौतारो र वाराही देवीलाई मेरो सन्तानको जिम्मा लगाएर मनलाई मस्काएर रियाल कमाएर सन्तानको भविष्य बनाउने संकल्पका साथ अगाडी बढे ।
यो सम्झन लागेकी सदा झै आँखा खोली छोराछोरीले अंगालो मार्न आÏनो हात आमा तिर बढाउदा चिसो ओछ्यान मात्र पाए होलान । अनि आमाको न्यानो स्पर्शको लागि छटपटाइ रहे होलान । मात्युवासल्यताले ओतप्रोत भएर छात्तीमा टासेर आÏनो अश्रुर धाराले नुहाएर छोडेको मैलै तिमीहरुलाई दुधको धारा चुसाएरआÏनो गाँस काटेर आÏनो कपडा च्यातेरजाडो गर्मीबाट बचाएको छु । तिमीहरुको खुशीलाई जिन्दगी माने ।
                                आज तिमीहरु १० र १२ वसन्तमा हिडीरहदा तिम्रो हात समाउने आमा एक्ले रेगिस्थानमा छु । स्कुलबाट आउदा एकदिन आमालाई नदेख्दा कति निरास हुने गथ्यो । तर आज १७ महिना भयो नदेखेको कति निरास भए हँैलाउ । निश्चल आँखा र अवोध मनले कति खोज्दा होलान । म तिमीहरुबाट कहिलै टाढा हुन सक्दिन । मात्र दुरीको हिसाबले टाढा छु । म एक गिलास पानि पिउदा पनि विचल्लित हुन्छु ।
मेरो प्यारा दुइवर्षको विछोड पछि तिमीहरुको अगाडी संसारभरीको खुशी लिएर आउने छु ।
तिमीहरुलाई आर्दशवान बनाउनको लागि हरेक दिन रेगिस्थानमा ऐल्ला र सुरको आवाज सुन्दै आँशुका घुडका पिउदैछु । म पनि चाहान्थे अरु आमाहरु झै स्वदेशमा बसेर तिमीहरुलाइ लालनपालन गर्न तर नियतीले दिएन । मैले खुला आँखाले देखेको सपना पुरा गर्नलाई आज विदेशीए ।
जलनसंगै हरक्षण तिमीहरुको त्यो बालसैसव अवस्थाले मलाइ भनिरहेको हुन्छ आमा हामीलाई तपाईको छात्तीमा लगाउनुहोस् । किन टाढा जानुभएको यस्ता शब्दले मुटु झनझनाउछ । तिमीहरुलाई राम्ररी थाहा छ तिमीहरुकै लागि विदेशीएको हो । आज तिमीहरुलाई हुकाउन पैसा र तिमीहरुलाई मेरो खाचो छ । यी दुवै कुरालाई सन्तुलनमा राख्नको लागि म टाढिए ।
तिमीहरुको लागि रेगिस्थानको प्रवास स्वृकार गरेको हुँ । तर आत्मासम्मान गुकाएकी छैन । मेरो प्यारा मुटुका टुक्रा म बाट जे जे अपेक्षा गरेका छौ त्यो पुरा गर्न म आÏनो जीवन दिन्छु । एउटा गुडको चराले पनि त आÏनो बास्थान छोडेर चाराको लागि टाढा टाढा जान्छ तर चारो लिएर गुड्मानै फर्कन्छ । हो म पनि तिमीहरुको लागि चारोको जोहो गरेर फर्कन्छु । तिमीहरुको आशा निराशा हुने छैन । एकदिन आउने छु र छात्तीमा लगाउने छु कहिल्यै नछुटिने संकल्पका साथ ।
हाल ः दोहा,कतार

Tags:

0 comments

Leave a comment