BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

प्रबाशका आमा

Published on Sunday, August 14, 2011 7:28 AM // , ,



अन्जु ढकाल
सधै झैँ म आज पनि आइसक्रिम खाने मनशाय लिएर म्याकडोना पसे |एउटा आइसक्रिम लिएर म्याकडोना बाहिर निस्के अनि आइसक्रिम खादै आवतजावत गरिरहेकका मानिसहरु हेर्न थाले| त्यस्तै आहोरदोहोर गरिरहेका मानिसहरुका कति नजरमा म परे कतिका नजरमा परिन कति अनुहारमा मैले नजर पुर्याए त कतिका अनुहारमा मैले नजर पुर्याइन पनि|धेरै जसो मानिसहरुको छुट्टि यहि दिन पर्ने हुनाले शुक्रबार यो शहरमा कति धेरै मानिसहरु छुट्टी मनाउन आउछन त्यसको त लेखेजोखा नै छैन|
मुख बोल्ने साथि सम्म कोहि थिएन मेरो साथमा म बिल्कुल एक्लो थिए|त्यति धेरै मानिसहरुको बिचमा पनि मैले आफुलाई एक्लो पाउदा थोरै नरमाइलो लागि रहेको थियो त्यसो त म यहा आइकन मैले कहिले पनि कोहि साथीको साथमा आइसक्रिम खाना पाएकी थिएन|हुन त एक्लो बस्दाको फाइदा नै भिन्न खालको हुन्छ किनकि त्यो संसारमा आफ्ना भाबना अनि कल्पनाका महलहरु बेफिक्री  आकाश छुन पाउछन त्यहा खलल पुर्याउने कोहि नहुनुको मज्जै बेग्लै हुन्छ|त्यस्तै म के-के सोच्दै आइसक्रिम खाइ रहेकी थिए|यतिकैमा छालाले मात्र ढाकिएको एक अस्तिपंजर{दुब्लो }आफ्ना एक जोडी कलेटी ओठ र टिठ लाग्दा दुइ आखा लिएर टक्क रोकियो|मैले बेमतलब आइसक्रिम खाइ रहे आफ्नु एकलकाटे स्वाभाबको साथमा|तर ति दुई आखा मेरो आइसक्रिममा आएर त्यसरी  गाडिए जसरि गोरुका कानमा किर्नो गाडीन्छ|त्यो द्रिश्यले मलाइ अलिकति रिस उठ्यो अनि अलिकति अचम्म पनि लाग्यो|नेपालमा भए त आफ्नु खानामा कसैको आखाले यसरि हेर्दा छेदभेद लाग्छ भन्थे तर बिदेशमा छेदभेद भन्ने कुरो ठयाम्मै हुदैन रहेछ|ति दुई आखा मेरो आइसक्रिमबाट हटेनन र छिट्टै हट्ने सम्भाना पनि कम नै देखि मैले|त्यसपछी मलाई त्यो आइसक्रिम खान मन नै लागेन बाकी रहेको जति त्यहिको कन्टेनरमा फालेर अपार्ट तिर टाप् कसु झैँ लाग्यो एकपटक तर मैले त्यसो गरिन|ति आङ आखाले के खाज्दै छ भन्ने कुरो मलाई बुझ्न मन लग्यो तर कसरि बुझ्ने भन्ने कुरो चै थाहा भएन|ति कलेटी ओठ पनि आइसक्रिमले भिजन पो चाहेका हुनकी भन्ने लाग्यो मलाई अनि साह्रो महँगो पनि नपर्ने हुनाले त्यहिको स्थानीय भासामा मैले सोधे “तिमि पनि आइसक्रिम खान चाहन्छौ हो?पैसा नभएर समस्या परेको भए म खरिद गरि दिउ”?मलाइ थाहा छैन उनि यो मैले प्रयोग गरेको भासा बुझ्छिन अथबा बुझ्दिनन किनकि उनि पनि यो देशकी होइनन भन्ने कुरो उनीको अनुहार अनि लवाइबाट स्पस्ट हुन्छ तर मेरो मान्यता के हो भने यहि देशमा बसोबास गर्दै आए पछी यहाको भासा बोल्न नआए पनि धेरथोर बुझ्न सक्ने चै हुनु पर्छ भन्ने हो|मैले प्रश्न त गरे तर केहि जवाफ आएन| ति आखा एकटक मेरो आइसक्रिम मै गाडिएका छन् अझै पनि तर चलेन कलेटी ओठ भित्रको जिब्रो |मैले सोचे उनिले मैले बोलेको बुझिनन क्यारे अनि अगिकै बाक्य अंग्रेजीमा दोहोर्याए |यति बेर सम्म चुपचाप मेरो आइसक्रिम हेरेको आखामा यहि बेला श्रबन लाग्यो|म अवाक बने|अब के गर्ने म असमन्जस्यमा परे|सोचे उनि पागल रहिछन क्यारे|एककोहोरो बकबक गर्ने म पो उल्लु केटि भन्दै आफैलाई गाली गरे एकछिन |उनका आसुले मलाई पनि रुवाउन लाग्यो तै पनि आफुलाई सम्हाल्छु भन्दै उनीलाई सम्झाउन खोजे तर उनि रुनुको कारण थाहा छैन अझै कसरि मैले सम्झाउनु त| धेरै बेर भै सक्यो उनीको आसु सकिएन|म चै के कम भनेर मेरो आखाभित्रका पानि पनि मेरो मनसंग पौठे जोरी खोज्दै परेलीको बाटो हुदै झर्न थाल्यो|धेरै समय पछी म पनि एक अबला नारीसंग रोइरहेको पाए मात्र मानब सहिनोले|करिब १०-१५मिनेट बितेको हुदो हो उनीले आखा ओभानो गरिन|उनीको आखासंगै मेरो आखा पनि ओबायो|
अन्तिममा उनीले अंग्रेजी भाषाको प्रयोगमा मसंग माफ माग्दै भनिन”मलाई माफ गर मैले तिम्रो एकान्तता अनि एकाग्रपनमा खलल पुर्याए|बास्तबमा म श्रीलंकाबाट यहाँ काम गर्न आएकी हु |बिगत दुइ बर्सदेखि म यहाँ काम गर्दै छु |श्रीलंकामा मेरो एकछोरा र एक छोरी छन् म तिनीहरुकै आधारभूत आबस्यकतापुरा गर्ने र उनीहरुको लागि उचित शिक्षादिक्षा दिएर उज्जवल भबिस्य बनाउने सपना देखेर यहाँ आएकी हु|तिम्रो आइसक्रिम खुवाइले मेरो छोरीको याद दिलायो|मेरो छोराछोरिलाइ नि असाध्यै मन पर्थो  आइसक्रिम ,उनीहरु साना छदा सधै आइसक्रिमको बिसयलाई लिएर मसंग झगडा गर्थे |म उनीहरुको माग पुर्याउन नसक्दा कति दुखित हुन्थे त्यो त मलाई नै थाहा छ|”उनको गला अबरुद्ध भयो|उनि रोकिइन|यतिकैमा मेरो मनमा एक अर्को प्रस्न उब्जियो अनि केटाकेटीको बाबु के गर्थियो त?यो प्रस्न मैले मनमा उठाए तर उनिलाइ सोध्न उचित ठानिन किनकि प्रिथिबिमा यस्ता मानिसहरु पनि छन् जसले आफु बाबु बन्ने अधिकार राम्रो प्रयोग गर्छन तर बाबु बने पछी आफ्नु कर्तब्यप्रति अन्जान छन् अथबा अन्जानजस्तो बनि दिन खप्पिस छन् भन्ने कुरो मैले केहि समय पहिले देखि नै जान्दै आएकी थिए|त्यसैले यो प्रस्न उनलाई सोधेर अझै बढि बिचल्लित बनाउन चाहिन|एकछिन हामी बिचको एकाग्रतालाई चिर्दै झस्केर नाडीको घडीतिर हेर्दै उनि बोलिन “ओहो !म पार्टटाइम गर्न हिडेकी ढिला पो भै सकेछ,बस छुट्ने बेला भयो म गए; ल ?मैले स्वीकृति सूचक टाउको हल्लाए |उनीले बढों हार्दिकताको साथ गला मिलाइन पुरै बिदेशी ढाचाले मैले पनि थोरै मुस्कानका साथ गलामा गला मिलाए| मनमनले भने देश अनुसारको भेष त गर्ने पर्यो नि कान्छी|उनि म बाट छुटिइन आमा भित्र आफ्नु सन्तान प्रति कति माया ममता हुन्छ भन्ने कुरो देखाएर|म उनि गएको बाटो हेरिरहे|उनीले मेरो आखाले देख्ने जति जमिन पार गरि सके पछी म पनि अपार्ट जान हिडे आफ्नु लत्पतिएको गाजल लिएर|
बाटोमा जादै गर्दा मेरो मनले एउटा प्रश्न गर्यो म आफैसंग मेरो अपार्टको दिदिहरु सबै बिबाहित हुनुहुन्छ अनि बच्चाको आमा पनि के उहाहरुले मसंग आइसक्रिम नखानुको कारण पनि यहि हो त?यदि यहि कारण हो भने त उहाले मलाइ किन भन्नु भएन|मात्र दुइ हप्ता अगी मैले एकजना मेरो अति मिल्ने दिदीलाई आइसक्रिम खाने दिदि भन्दा उहाले आफुलाई पेट दुखेकोले तातो मात्र खानु पर्ने बताउनु भयो अनि अघिल्लो हप्ता मैले फेरी आइसक्रिम खाने प्रस्तावना लेराउदा उहाले आफुलाई घाटी दुखेको र चिसो खानु नहुने बताउनु भयो त्यो कारणले आज म कसैलाई नाढोगी एकलै म्याकडोना पुगेकी थिए |नानाथरी कुरो मनमा खेलाउदै म अपार्ट आइ पुगे अनि बाथरुम पसे|मुख धोएर बैठक रुम पुगे जहाँ तीनजना दिदिहरु जम्मा हुनु भएको रहेछ|अनि मैले आज मेरो साथमा घटेको घटनाको सारा बृतान्त कहे|एकजना दिदीले फ्याट बोल्नु भयो “तिमीलाई थाहा छ मैले नि यहाँ आएको आठ महिनासम्म आइसक्रिम हेरेर कति रोए नि मलाइ त छोराछोरी छोडेर यहाँ आएदेखि कापीकलम ,खेलौना ,आइसक्रिम अनि बाटो तिर अथबा बगैचामा खेल्दै गरेका बालबालिका देख्दा अझै भक्कानो छुट्छ भनेको|”हँ कुरो तेसो पो भन्दै म त तिन छक परे अनि त्यो मसंग अति मिल्ने साथिले बोल्नु भयो “ल आज त थाहा पायौ नि मैले पेट दुखेको र घाटी दुखेको बहाना बनाउनुको कारण ?”हँ आमाको मन भनेको यो पो हो ??????मैले आफ्नु मनसंग साथै ति दिदीहरुसंग यो प्रस्न गरे र आजैको दिनदेखि नेपालमा आमालाई फोन गर्ने मात्रा बढाएर हप्ताको कम्तिमा दुइ पटक धेरैमा सातै दिन बनाए|

0 comments

Leave a comment