BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

गजल समबन्धि जानकारी

Published on Sunday, August 14, 2011 7:22 AM //

मान्यजन तथा मित्रहरु,
गजल भन्ने वित्तिकै हाम्रो मन आनन्दित हुन्छ कारण आज हामी सबैजना गजलको अन्यन्तै समिप छौ । दुःखमा होस या सुखमा गजल हाम्रो मुखमै झुण्डिएको हुन्छ । नेपाली साहित्यको अहिलेको अवस्थालाई नियाल्ने हो भने सबैभन्दा लोकप्रीय विधा नै गजल हो भन्न सकिने अवस्थामा छौ । आउनुहोस यस गजलका विषयमा केही चर्चा गरौ । गजलको सुरुवात कसरी भयो र यो कसरी लेखिन्छ साथै गजलमा नभई नहुने कुराहरु के के हुन र कस्ता कुराहरु गजललाई मान्य हुँदैनन भन्ने विषयमा मैले यो एउटा आलेख तयार गरेको छु मलाई जानकारी भए सम्मका सबै कुराहरु यस भित्र समेट्ने प्रयास गरेको छु । कतिपय राख्नै पर्ने कुराहरु पनि यस भित्र समेट्न असमर्थ रहे हुँला साथै समेटिएका कुराहरु पनि कतिपय ठाउँमा गल्ती पनि भएका होलान यस प्रति माफी चाहँदै सल्लाह र सुझाबको अपेक्षा गर्दछु ।
साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणीज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी स्त्रीको वाणी प्रेमिकाका विषयमा कुराकानी प्रणयवार्ता यौवना नारीको वर्णन गर्नु प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन ।
नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो ।
उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने कविता हो भन्ने बुझ्न सकिन्छ ।
आज आएर गजल हामी सबैसँग भिजीसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्वानहरुको आ आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरु अगाडि सारेका छन । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति हो । गजलमा थोरै शब्दबाट धेरै सुक्ष्म तथा गहन विषयवस्तुको प्रश्तुतीकरण हुनु पर्दछ । गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो । गजलमा श्रृतिकटु अश्लिल दुरुह क्लिष्ट अभद्र र अपमान तथा अनादारवाची शब्दहरु मान्य हुँदैनन । गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ । गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो । प्रत्येक शेरहरु कलापक्षका दृष्टिले पूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण प्रवणशीलता तथा विचित्रता गजलका विशेषता हुन ।
गजल हुनलाई अति आवश्कीय कुराहरु के के हुन त यदि हामी गजल लेख्न चाहन्छौ भने यी कुराहरु पनि हामीले जान्नै पर्ने हुन्छ आउनुहोस यस विषयमा चर्चा गरौ । गजल हुनलाई चाहिने मुलभुत तत्वहरु निम्न छन ।
१- शेरः-
गजलमा शेर एक प्रमुख तत्व मानिन्छ गजल भन्नु नै शेरहरुको समष्टि रुप हो । गजल एउटा माला हो भने शेर त्यसमा उनीएका थुङ्गाहरु हुन । एक शेरमा दुई पङ्क्ती हुन्छन । शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्तिलाई मिसरा ए सानी भनिन्छ । शेरको एउटा मिसरामा कम्तीमा पनि छ अक्षर हुनै पर्दछ । त्यसमा दुई रुक्न अनिवार्य मानिन्छ सबैभन्दा सानो रुक्न तीन अक्षरको हुन्छ । हरेक शेरको मिसरा ए उलाले कुनै पनि विषयको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्नु पर्दछ । गजलहरु प्रायः पाँच शेरका हुन्छन तर चार देखि तेर् ह शेर सम्म लेखिएका गजलहरु पनि यदाकदा पाईन्छन । विषयवस्तुका दृष्टिले हरेक शेरहरु स्वतन्त्र भए पनि एउटै बहरमा लेखिएको भने हुनुपर्दछ । एउटा शेरमा एउटा अनुभुतिको सम्पूर्ण अभिव्यक्ति हुनुपर्दछ यदि एउटा शेरमा अभिव्यक्त हुन नसकेर बाँकी अंश अर्को शेरमा आउँछ भने त्यसलाई गजल मान्न सकिदैन । विषय वस्तु प्रश्तुतिका दृष्टिले गजल मुलत दुई प्रकारका हुन्छन ।
क मुसलसल गजलः एउटा गजलका सम्पूर्ण शेरहरुमा एउटै विषयवस्तु प्रश्तुती भएको छ भने त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ । जस्तैः
इ सानै उमेर् देखि मन् हर्न लागे
इनै सुन्दरीले जुलुम् गर्न लागे
कहाँ सम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकैपल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे
सुनिस् मन् मुनियाँ बडा होस राखेस्
बिछाएर जाल् कागुनो छर्न लागे
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघि सर्न लागे
अघि पर्न सक्दीनँ मैले हरीका
नजर्देखि “मोति” पनि झर्न लागे
बहरे मुतकारिब मुसम्मन सालिम मोतिराम भट्टद्वारा रचित यो गजलका सबै शेरहरुले एक सुन्दरीका बारेमा वर्णन गरेका हुँदा यो मुसलसल गजल हो ।
ख\) गैरमुसलसल गजलः एउटा गजलका शेरहरुले विविध विषयवस्तुलाई समेटेका छन भने यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ ।
जस्तैः
प्रेयसीको पत्र आयो विरहकै भारी देखे
फर्किएर देश हेरे झनै हाहाकारी देखे
सत्य कुरा नस्वीकार्ने समाजका अगुवा रे
मुख भित्र रामराम वगलीमा आरी देखे
हनुमानका गुणहरु युद्धसँगै हराएछन
राज गर्दै ढेडुहरु लंका वारिपारि देखे
पाडो पाडी जे पावस भतुवालाई विगौति हो
मालिक सामु कुकुर भन्दा मान्छे वफादारी देखे
चंगुलमा कविलाई चक्र जस्तै घुमाउने
स्वार्थीको यो दुनियाँमा सार् है मारामारी देखे ।
कविजी
यो गजलका प्रत्येक शेरहरुले भिन्ना भिन्नै विषयवस्तु बारे बोलेका छन । त्यसैले यो गैर मुसलसल गजल हो ।
२- काफियाः
काफिया पनि अरबी शब्द हो यसको अर्थ हुन्छ बारम्बार आउने र गजलमा सबैभन्दा महत्वपूर्ण पनि यहि काफिया नै मानिन्छ । तुक मिलेको शब्द शब्दांश या अक्षर नै काफिया हो यो रदिफ भन्दा ठिक अगाडि आउँछ । शेरहरुमा काफियाको पुनरावृति नहुनै राम्रो मानिन्छ । काफिया बिना गजलै बन्दैन तर काफिया मिल्दैमा पनि गजल हुँदैन । काफियामा स्वर मात्रको समानता हुनु पर्दछ । काफिया अनुप्रासयुक्त हुनु पर्दछ अथवा तुक नमिलेको शब्द शब्दांश वा अक्षरलाई काफिया बनाउनु हुँदैन ।
संरचनाका आधारमा काफियाहरु चार प्रकारका हुन्छन ।
क) पूर्णशब्द काफियाः- सिङ्गा शब्द नै काफियाका रुपमा प्रयोग भएका छन भने त्यस्ता काफियालाई पूर्ण शब्द काफिया भनिन्छ )जस्तैः हुने रुने धुने छुने ÷खात भात पात हात रात ÷खानी रानी पानी नानी आदि । जस्तैः
हामी आुको देश नयाँ शहर नयाँ नयाँ
उस्तै छ घरको याद रहर नयाँ नयाँ
गजलकार ज्ञानेन्द्र बेखर्चीद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका काफिया शहर र रहर पूर्णशब्द काफिया हुन ।
ख) शब्दांश काफियाः- शब्द भित्रको एक अंश मात्र काफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई शब्दांश काफिया भनिन्छ जस्तैः पहिचान प्रश्थान अनुमान बलिदान अवसान ÷चहकिहलो पोषिलो पेचिलो आँटिलो मलिलो ÷मायालु दुधालु बैसालुृ मैतालु कृपालु विषालु खर्चालु आदि । जस्तैः
जून निभेको आकाश कति नरमाइलो
हरसमय सन्त्रास कति नरमाइलो
वरिष्ट गजलकार डा। घनश्याम परिश्रमिद्वारा लिखित गजलको यो शेरमा प्रयोग भएका शब्द आकाश र सन्त्रासमा उपन्यासको काश र सन्त्रासको त्रास मात्र काफियाका रुपमा प्रयोग भएको हँदा यी काफिया शब्दांश काफिया हुन ।
ग) एकाक्षरी काफियाः- एक अक्षरमात्र कफियाका रुपमा प्रयोग भएको छ भने यस्तो काफियालाई एकाक्षरी काफिया भनिन्छ । जस्तैः हो यो सन्चो कस्तो मिठो लामो जाडो कालो ÷ जिन्दगी खुशि नदी औषधी सही परी बढी ÷मजा सिधा कृपा निशा कला सुरा कथा पिता आदि । जस्तैः
व्यथै व्यथा छ मनभरि खुसी खोजुँ कतातिर
साउन भदौ छ गहभरि नदी खोजुँ कतातिर
वरिष्ट गजलकार रवि प्रााचलद्वारा लिखित गजलको प्रश्तुत शेरमा खुसी को सी र नदी को दी काफियाका रुपमा प्रयोग गरिएको छ ।
घ) मिलित काफियाः- समस्वरात्मक दुईवटा फरक शब्द वा तिनका अंश मिलेर बन्ने काफियालाई मिलित काफिया भनिन्छ । जस्तैः ÷ भन्छ वन छ पन छ गन्छ आसन छ खन्छ÷जगतमन त फगत रगत अब त÷कुन हुन आउ न गर्छु न रुन आदि । जस्तैः
घामको लाली घोलेर रातो छ त नी छन त
रातको छायाँ परेर हो की अँध्यारो जगत
वरिष्ट गजलकार बुँद रानाद्वारा लिखित यो गजलमा छन त दुई शब्द र जगत एकै शब्दको संयोजन गरेर प्रयोग गरिएको छ त्यसैले यो मिलित काफिया अन्तर्गत पर्दछ ।
नोटः- स्वरुपका आधारमा काफियाहरु चार प्रकारका भए पनि प्रयोगका आधारमा भने पाँच प्रकारका हुन्छन । एउटै गजलका शेरहरुका पूर्णशब्द काफिया र शब्दांश काफिया मिश्रित रुपमा प्रयोग भएको छ भने यस्तो काफिया प्रयोग भएका गजललाई मिश्रित काफिया युक्त गजल भनिन्छ । जस्तैः पानी जवानी कहानी दानी सानी सिरानी÷खण्डहर घर नजर खबर निर्झर भर कर ÷गाउँ बताउँ सुनाउँ ठाउँ साउँ आदि । जस्तैः
तिमी रुदा धेरै पल्ट चाँदनी त्यो रात रोयो
वियोगको सन्तापमाहामी वीचको आघात रोयो
गजलकार पुष्प अधिकारी अाजलिद्वारा लिखित गजलका यी शेरमा प्रयोग भएको काफिया मध्ये रात पुरै शब्द र आघातको आशिक घात मात्र काफियाका रुपमा प्रयोग भएको हुँदा उक्त गजलमा मिश्रित काफिया युक्त गजल हो ।
३-रदिफः-
यो पनि अरबी शब्द हो यसको अर्थ अनुगामी हुन्छ । मतलाका दुवै मिसरा र अन्य शेरहरुका मिसरा ए सानीको अन्तमा प्रयोग हुने उही पद वा पदावलीलाई रदिफ भनिन्छ । रदिफ कम्तीमा एक शब्द देखि तीन शब्दसम्मको हुनु शास्त्रीय दृष्टिले उचित मानिन्छ । रदिफ काफियाको ठिक पछाडि प्रयोग हुन्छ तर यो गजलको अनिवार्य तत्व भने मानिदैन । यसको प्रयोगले गजलको सा्रन्दर्य प्रसानमा महत्वपूर्ण भूमिका खेल्ने रगायनमा श्रुतिमधुरता समेत थपिने हुनाले अधिकांश गजलकारहरु यसलाई त्याग्न सक्दैनन ।
शब्द प्रयोगका आधारमा रदिफहरु चार प्रकारका हुन्छनः
क) एकल रदिफः- कुनै पनि गजलका शेरहरुमा एउटा मात्र शब्द रदिफका रुपमा प्रयोग भएको छ भने यस्तो रदिफलाई एकल रदिफ भनिन्छ । जस्तै ः
म नेपाली गर्व गर्छु आगोसँग खेल्न सक्छु
यस्तो नाथे मरुभूमि हत्केलाले ठेल्न सक्छु
गजलकार बद्री प्रसाद पराजुलीद्वारा लिखित गजलको यो शेरमा सक्छु भन्ने एउटा मात्र रदिफ प्रयोग भएको हँुदा यो एकल रदिफयुक्त गजल हो ।
ख )बहुल रदिफः- कुनै पनि गजलका शेरहरुमा यदि दुई या दुई भन्दा बढी शब्दहरु प्रयोग भएका छन भने यस्तो रदिफलाई बहुल रदिफ भनिन्छ । जस्तैः
आफैलाई थाहा छैन कस्तो कस्तो छु म
मरेपछि शालिक बन्छ ऐले सार् है सस्तो छु म
गजलकार दुर्गा भुषालले लेखेको यो गजलमा दुईवटा रदिफ छु र म प्रयोग भएको छ ।
त्यस्तै अर्को एक गजलः
तिम्रो चुरा फुट्ने बेला चिता माथि हाँस्दै थिएँ
नियतिले चुट्ने बेला चिता माथि हाँस्दै थिएँ
गजलकार बासुदेव अन्जानले लेखेको यो गजलमा चारवटा रदिफ बेला चिता माथि हाँस्दै र थिएँ प्रयोग भएको छ त्यसैले यी बहुल रदिफ प्रयोग भएका गजल हो ।
रदिफको प्रयोगका आधारमा गजल दुई प्रकारका हुन्छनः
क) मुद्दरफः- गजलः जुन गजलमा रदिफको प्रयोग भएको छ त्यो गजललाई मुद्दरफ गजल भनिन्छ । जस्तैः
अन्धकारमा सँधै दियोको महत्व
राष्ट्रिय खेल डन्डीवियोको महत्व
भोजराज श्रेष्ठ एकलव्यराजले लेखेको यो गजलमा महत्व भन्ने रदिफ प्रयोग भएको छ ।
ख )गैरमुद्दरफ गजलः- जुन गजलमा रदिफको प्रयोग भएको हुँदैन त्यस्तो गजललाई गैर मुद्दरफ गजल भनिन्छ । जस्तैः
विद्रोहको राँको बोकी तिमी अघि बढ्नुपर्छ
बुर्जुवा यो समाजसँग आगो बनी लड्नुपर्छ
इखालु रमेशद्वारा लिखित यो गजलमा रदिफको प्रयोग भएको छैन ।
४- मतलाः- यो पनि अरबी शब्द हो मतलाको अर्थ हुन्छ प्रारम्भ । गजलको पहिलो शेरलाई मतला भनिन्छ यसका दुवै मिसरामा काफिया र रदिफको प्रयोग हुन्छ । जस्तैः
यो साल यस्तै भयो अर्काे साल आउँछु नानु
केही दिन भए पनि मैले छुट्टी पाउँछु नानु ।
हरि नेपाली विवश
नदीको वीचमा छाड्यौ मलाई न वार न त पार दियौ
जितेनौ तिमीले पनि साथी व्यर्थै मलाई हार दियौ ।
विक्रम चेतनशील राई
५- मक्ताः-
गजलको अन्तिम शेरालाई मक्ता भनिन्छ यो पनि अरबी शब्द हो । यस शब्दले समाप्ति वा काटीएको भन्ने अर्थ बुझाउँछ । यसलाई आखिरी शेर पनि भनिन्छ । नेपालीमा यसलाई अन्तिम शेर नाम दिईएको छ ।
६-तखल्लुसः-
तखल्लुस भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका केही व्याख्याताहरुले तखल्लुस प्रयोग नभएको शेरलाई मक्ता भन्न मिल्दैन पनि भनेका छन तर यो भनाइ युक्तिसंगत छैन । गजलमा गजलकारले तखल्लुस प्रयोग गर्न पनि सक्छ नगर्न पनि सक्छ । तखल्लुस प्रयोग भएको मक्ताको यो शेरः
अहो कस्तरी छाती छल्क्यो हरिको
जसै मोति माला झुलाएर आए
मोतिराम भट्ट
७- बहरः-
बहर गजलको सर्वोच्च अनुशासन हो । बहर भनेको छन्द हो । कुनै न कुनै छन्दमा बन्धित हुनु गजलको शास्त्रिय मान्यता हो । संस्कृत वाङ्मयमा अनेकानेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरु भए झै इस्लामिक काव्यशास्त्रमा पनि वर्णमात्रामा आधारित अनेक शास्त्रिय बहरहरु छन । गजल लेखनमा केही नेपाली शैलीका लयहरु पनि निकै प्रचलनमा आएका छन । यस्ता बहरहरु उच्चार्थ अक्षरमा आधारित हुन्छन । वास्तवमा लययुक्त उच्चार्थ अक्षरको एक रुपता आफैमा एक प्रकारको छन्द हो तर अक्षरको संख्या भने एउटै हुनु पर्दछ र नै सुन्दर लयको सृजना हुन्छ भन्ने केही विद्वानहरुको मान्यता छ भने कसै कसैले लय मिल्नु पर्छ मात्रा नै सबैथोक हैन भन्ने पनि गरेको पाईन्छ । जस्तैः
च्यातिएर धुजाधुजा भएको छ जिन्दगी
बेठेगान कताकता बगेको छ जिन्दगी
वरिष्ट गजलकार ललिजन रावलद्वारा लिखित गजलको यो शेरमा १५ अक्षर छन ।
खाने र तोड्ने कसम अनौठो
कसलाई लाग्छ यो कम अनौठो
रमेश हरिलठ्ठकद्वारा लिखित गजलको यो शेरमा ११÷११ अक्षर छन
अब आउनुहोस गजलका गुण र दोषहरुका बारेमा छोटकरीमा चर्चा गरौ ।
स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ । गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरु प्रयोग गर्न हुँदैन । पौढताः गजलका शेरहरु विचार र भावले परिपक्क हुनु पर्दछ । अर्थपूर्णताः गजलका शेरहरु अर्थपूर्ण हुनु पर्दछ अर्थ पूर्ण नभएको गजल राम्रो मानिदैन । अन्योन्याश्रिताः गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ । गेयात्मकताः गेयता गजलको पहिलो सर्त हो । गेयगुण विनाको गजल प्राण बिनाको शरीर जस्तै हो । गजलकारले गजल लेख्नु पूर्व कुनै न कुनै लयलाई आत्मसात गर्न र त्यही लयमा गुनगुनाउँदै गजल रचना गर्न आवश्यक हुन्छ । व्याख्यात्मकताः गजल थोरैमा धेरै भनिने विधा हो । गजलका शेरहरुमाका थोरै भन्दा थोरै शब्दहरुले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ । उखान टुक्काको समुचित प्रयोग प्रतिक र विम्बहरुको प्रयोग प्रतिकात्मकता साथै सुकोमल र ह्दयस्पर्शी शब्दहरु र भावले सजिएको गजललाई राम्रो मान्ने गरिन्छ । यी असल गजलका गुणहरु हुन । गजलमा अष्पस्टता हुनु हुँदैन । भन्न खोजेको कुरा पुरा भएन भने त्यो राम्रो गजलमा पर्दैन । गजलका शेरहरु सरल र सहजबोध्य हुनु पर्छ बुझ्न नसकिने खालको भावले गजलको मर्मलाई प्रभाव पार्ने हुँदा यस्तो दुरुहता हुनेखालको हुनुहुँदैन । गजलका शेरहरु अपूर्ण हुनु हुँदैन भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ । गजलको शेरमा प्रयोग हुने शब्दहरुलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न । गजलको शेरमा असभ्य अश्लील नग्नतापूर्ण कामुक गुप्ताङ्ग र तिनको कार्यसम्बन्धी अशिक्षित समुदायले गर्ने कथ्य शब्दहरुको प्रयोग गर्नु हुँदैन । गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरु प्रयोग भएमा तथा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ । गजलका शेरहरुमा कोमल शब्दहरुको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरुको प्रयोग गर्नु हुँदैन । साथै अनादरवाची शब्दहरुको पनि प्रयोग गर्नु हुँदैन ।
र अन्त्यमा…………………………………………॥
गजल अहिले साहित्यमा सबभन्दा लोकप्रीय विधाका रुपमा चिनिन्छ नेपाली साहित्य आकाशमा गजल भित्राउने श्रेय मोतिराम भट्टलाई जान्छ । गजलको परम्परागत मान्यता अनुसार श्रृगारिक रसमा प्रेम र प्रेमिकाको वर्णन वा नारी जाति सँग सम्बन्धित विषयवस्तुलाई समेटेर त्यसबेला गजल लेखिने गर्थे चाहे त्यो ूदुई आँखि भौ त गयार छन तरवार पो किन चाहियोू हो स वा ूयिनै सुन्दरीले मन हर्न लागेू भन्ने गजल होस नारी जाति कै वरिपरि घुमेको पाईन्छ । गजल गेय विधा भएको कारणले हुन सक्छ त्यसबेला त्यति लोकप्रीय हुन सकेन र विस्तारै सुस्ताउँदै गयो । मोतिराम पछि गजलै भनेर कसैले लेखेको तथा प्रकाशन गरेको केही बाहेक खासै पाईदैन र लामै समय सम्म सुस्ताई रह्यो । लामो समयको अन्तराल पछि परम्परागत श्रृगारिक धारालाई तोड्दै आधुनिक गजल लिएर देखा परे ज्ञानुवाकर पौडेल । ज्ञानुवाकर सँगसँगै यहि यात्रामा देखा परे मनु ब्राजाकीललीजन रावल कृष्णहरि बराल घनश्याम परिश्रमि बुँद राना लगायतका गजल हस्तीहरु यहि यात्रलाई अंगालेर तपाई हामी पनि हिड्दैछौ । अहिले हामी २१ औं शताब्दिको मध्यतिर छौ अबका गजलहरु जो कसैको फुस्रो वर्णनमा सिमित बन्नु हुँदैन । अब लेखिने गजलमा देश बोल्नुपर्छ समाज बोल्नुपर्छ । अबका गजलले परिवर्तनको शंखघोष गर्नु पर्छ । अन्याय विरुद्ध ढाल बनेर निस्कनुपर्छ विकृति विसंगतिको भण्डाफोर गर्नु पर्छ । गरिब र दुःखिका आवाज ओकल्नु पर्छ अबका गजलले । राष्ट्रियता र मानवताका गजलहरु आउनुपर्छ अब । गजलमा सम्पूर्ण जिन्दगी देखिदै गजलका शेरहरु भित्र तपाई र म पनि देखियौ भने त्यो गजल दुरगामी बन्ला र हामी पनि असली गजलकार बन्न सकिएला नत्र त्यत्तिकै ।
नवोदित साहित्यिक मोवाइल पुस्तकालय संयोजक
-ईश्वर दाहाल कविजी
दोहा ,कतार
-समाप्त-

-इतिश्री शुभम-
-इतिश्री शुभम-

0 comments

Leave a comment