BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

हयाप्पी “भालेटायम ” डे !

Published on Sunday, August 14, 2011 3:27 AM //


-चर्चित ढुंगेल
१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोजु थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, विनोदे ,लालु ,कमले, गब्बा ,अम्बरे ,मालु ,रने, मिाजले ,चक्रे, बले ,सुन्सा ,कर्ने ,निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर÷ब्वाइफ्रेण्ड हौ ।”
उसले थपि- “तिम्रो यो खाइलाग्दो जिऊ देखेपछि मलाई घिऊसँगको भात पनि रुच्न छोडेको थियो र फुकी माग्न जोगवीरे धामीको छोरा मानवीरेलाई भेट्न सातामा तिन चोटीसम्म गएकै हुँ । घरैको धाराको पानी नरुचेर लभडाडाँमुनीको पँधेरोमा उतैको ऐँठेसँग पानी लिन नगएकी हैन । हेर मलाई निद्रा नपरेर चुम्बकध्वजकी छोरीकामा जाने बहाना बनाएर गोबरध्वजका चार छोराहरु पिलन्धरध्वज लम्पटध्वज खप्परध्वज र पापडध्वजसँग चार रात विताएकै हुँ । रै पनि तिम्रो सम्झनाले रनाको छुटाएपछि म तिमीलाई भेट्न आएकी छु ।”
उसले जोड दिँदै भनि- “आजैका मितिमा तिमीले मलाई र मेरो पवित्र÷पहिलो प्रेमलाई स्वीकार गर् यौ भने म आफुलाई धन्य ठान्नेछु । जीवनमा आफुले रोजेको बर पाउनु र खोजेको घर पाउनु ठूलो कुरा हो भनेर मेरी आमाले पोइला जानुअघि भनेकी थिइन् । तिम्रो पहाडजस्तो छाती र दरबारजस्तो घर देखेर म यो काँडैकाँडाको बाटो टेकेर आएकी छु । तिमीले मलाई तिम्री धर्मपत्नि मान्यौ भने म तिमीलाई कहिल्यै गुनासो गर्ने ठाऊँ नदिने बाचा गर्छु महावीरेलाई जस्तै । बैदारचोकको रमेशे शुक्रबारेको रजुवा र बेलडाँगीको बाघेलाई दिनमा एकचोटी पनि याद गर्ने छुइँन । बरु तिमी मेरो छोरो पोष्टेलाई अस्वीकार गर बिन्ति म सुकुमारीलाई स्वीकार ।”
उसले नम्र भएर सम्हालिँदै एकै सासमा थपी- “हाम्रो खान्दानमा चोखो प्रेम गर्ने परम्परा छ । मेरी ठूली दिदीले तेस्रो घरबार नबिग्रेको भए सातौँसम्म पुग्नुपर्ने नै थिएन । पछिल्ला भिनाजुले ६ जना भण्ट्या¨भुण्टु¨सहित दिदीलाई नयाँ दुलहीका रुपमा िभœयाएकै हुन् । तिमी नै सोच न मेरी दिदीले कत्रो कृति राखी । मान्छेलाई नाम राख्न कति गाह्रो छ अचेल !
उसले नम्र भएर भनी- “झन् माइली दिदीको त के कुरा गर्नु उसको प्रेम कहानी त देश विदेशमै चर्चित छ । दिल्लीमा दुई बर्ष बिताएर आएकै महिनामा बम्बइ गएर छत्तिस महिनापछि फर्किए लगत्तै खाडी गएकी छे । उसले त पैसा मात्र हैन परिवार पनि कमाएकी छे । नपत्याए मेरी सानीमालाई अहिले फोन गरेर सोध । उसका तिनजना अनेक रंग र वर्णका छोरा घरैमा हुर्िकँदैछन् । भर्खर भन्दैथिइ पेटमा अर्को पनि बढ्दैछ रे । पैसा पनि आठ महिनामा तीस हजार पठाइसकी ।”
ऊ आत्मसम्मानका साथ अगाडि भन्दैगइ- “मेरी साँइली दिदीको पनि जिन्दगी कम्ती जोशिलो छैन । ऊ भनेपछि त गाऊँका मात्र हैन सहरका जोईटंग्रेको पनि होषहवास उड्थ्यो । उसका पछि लाग्नेको ताँती देखेर सजै जिल पर्थे । तर उसले कहिल्यै नराम्रो काम गरिन । बरु सवैका रहर पुर् याइदिइ । अहिले एउटा नेपाली निलो फिलिममा पनि मुख्य भूमिकामा अभिनय गरेकी छे । अचेल त उसको चर्चाले चुली चुमेको छ । सवै दिदीहरुले नाम राखेका छन् । सवैको हाइहाइ छ जताजतै । हाम्रो खानदानको नाम नलिने कोही छैन भन्दा पनि खेर जाँदैन बुझेयौ ! आजबाट म पनि त्यसैलाई निरन्तरता दिन चाहन्छु । तिमी मेरो स्वच्छ पवित्र पहिलो र चोखो मायालाई स्वीकार गर ।” यति भनेर केही छिन अघि उसलाई नेत्रेले सुम्पेको गिफ्ट प्याकु विरुपेलाई दिएर उसले कुरा सकी ।
प्रतिउत्तरमा विरुपेले भन्यो- “मैले पनि तिमीलाई डान्स बारमा देखेदेखि हुरुक्क भएको मनलाई सम्हाल्न सकेको छैन । तिम्रो रुपरंग देखेर म त्यतीवेलै दंग परेको हुँ । झन् क्याविन रेष्टुरेण्टमा तिमीलाई देखेपछि त मैले मास्तिरकी सुन्तली, तल्तिरकी मनमाया, वर्तिरकी पातली र पर्तिरकी जूनठुलीलाई त हेर्नै छोडेको छु । त्यती मात्र कहाँ हो र ! भट्टीवालनीहरु उँभोकी साइँली ,उँधोकी काइँली, तलकी कान्छी र माथिकी ठूलीकान्छीलाई त भर्खरै विसर्िसकेँ । त्यसमाथि पनि पल्लो गाऊँकी पार्वती ,वल्लो गाऊँकी ऐँशेलु, डाँडागाऊँकी जुनेली र गैरागाऊँकी गायत्रीलाई त म चिन्दा पनि चिन्दिन । सुन्छ्यौ दोबाटोकी दिलमाया ,तिनबाटोकी टिकुली ,चौबाटोकी चाँदनी र मुलबाटोकी मारुनी त झन् को हुन् को हुन् धरोधर्म म तिनलाई देखे पनि चिन्दिन । बोले पनि बोल्दिन ।”
उसले अगाडि थप्यो- “तिम्रै कसम भो जुवाघरकी जेसिका ,पँधेराकी पुर्णिमा, नस्ररीकी नर्बदा ,बगैँचाकी बाटुली र खेतखलियानकी खस्रीलाई अबदेखि यादै गर्दिन । याद मात्र हैन तिनेरका बारेमा सोच्दा पनि सोच्दिन । तिमीलाई दोहोरी साँझमा तिनपल्ट भेटेदेखि फिल्महल मालिककी छोरी पर्दा र गेटकीकी छोरी टिकटीको त मलाई मत्ालब नै छैन । हेरन मैले ड्राइभरकी छोरी टायरी ,पुलिसकी छोरी लौरी ,घुम्तीवालकी छोरी गुट्खी र माष्टरकी छोरी डस्टरलाई नभेट्ने बाचा नै गरिसकेँ नि !
उसले सालिन शैलीमा भन्यो- “मेरो खान्दानको पनि कुरा गरी साध्य छैन बु¤यौ ! मेरो ठुल्दाजु त भाउजुले आत्महत्या गरेदेखि सानदार जेलमा छ । उसले भाउजुलाई कति माया गथ्र्यो भने खाना पकाउने लुगा धुने घर सफा गर्ने आदि सवै काम भाउजुलाई गर्न लाउँथ्यो । त्यति मात्र कहाँ हो र ! राती सुत्दा पनि भाउजुलाई साह्रोगाह्रो पर्छ भनेर अर्कै सुसारे राखेको थियो । उसैसँग धेरैजसो सुत्थ्यो । भाउजुले माइतमै बसौँ भन्दा पनि खुरुक्क गएर उतै बस्दै गरेको मेरो दाजु कति स्वाभिमानी थियो तिमी आफैँ मनन् गर ।”
माल्दाजुको प्रेम कथा सुन्यौ भने त तिमी छक्क पछ्र्यौ । ऊ त छिमेकीकी श्रीमति भगाएर गाऊँभरि साहसी युवा भनेर चिनिएको छ । प्रवासिएको लोग्नेकी जोइलाई भगाउन कुन आँट चाहिन्छ ! तिमी अनिभ¡ा छैनौ । तिनै माइली भाउजुका खाताको पैसा झिकेर लाहुरेनीलाई लिएर हिँडेको दाजु आजसम्म घर आएको छैन । हिजै मात्र लाहुरेनी चाहीँ आइपुगी । गाऊँकी आइमाइलाई विहानै मात्रै दाजुले उसैकी छोरीलाई लिएर हिँड्यॊ भनेर भन्दैथिइ रे ।”
ऊ भन्दै गयो- “साँल्दाजुको कुरा त भो नसोध । हरिलम्फुका घरमा हली बस्न गएको बर्ष दिन भएको छैन हरिका पाँचै जना छोरीहरु जो केटा माग्न आए पनि ¤याइँ नपार्ने भनेर भन्दैछन् भनेर माइतमा छोडेकी मेरी साइँली भाउजुले फोनमा भन्दै थिइन् । हरिका मरन्च्यासे छोरीहरु के खाएर हो अहिले त माटाको गाग्री जस्तै मोटाएका छन् भन्ने कुरो सुनेको छु । हरि पनि हारदिक्क भएर भिरबाट हाम्फाल्यो अरे भन्ने समाचार त अलिअघि बकम्फुसे रेडियोले फुकेको थियो । नपत्याए मेरा बुवालाई सोध मलाई त रेडियोले सुनाउनु अघि नै मेरी तेस्री आमाले भनेकी थिइन् । अब तिमी आफैँ बिचारविमर्श गर हाम्रो खान्दान कति चर्चित र लोकपि्रय रहेछ ।”
उसले बिट मार्नेगरि भन्यो- “
तिमीसँग म जीवनको शुरुवात गर्न चाहन्छु यसअघि कालीमायासँग जस्तै । मेरो निश्चल मायाको कदर गरेकीले तिमीलाई म आजैबाट मेरी पत्नि स्वीकार गर्दछु । साथै तिमीले जसरी मेरी पतिब्रता हुन्छु भनेर भनेकी छौ त्यसरी नै म पनि तिम्रो मात्र पतिब्रता हुनेछु अरु कोही पछि नलागेसम्म ।” यत्ति भनेर बिरुपेले पनि आफुलाई दुई घण्टाअघि मालतीले दिएको “रेड रोजु कुसुन्तीलाई थमायो र फूलमायाले दिएको गिफ्ट ह्याम्परु हातमा राखी दियो । त्यसलगत्तै दुवै जना “हग” गर्न थाले ।
मेरा र बबुगोर्खालीको तर्फबाट पनि देशविदेशमा हुने करोडौँ कुसुन्ती र बिरुपेहरुलाई- हयाप्पी “भालेटायम डे “!
(१७ फेब्रुअरी माँ राजधानी अन्तरास्टीय साप्ताहिकमाँ प्रकाशित)

0 comments

Leave a comment