BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

दशैको चहल पहल सुरु

Published on Monday, September 26, 2011 8:21 AM // ,



-राजेश्वर ढकाल /महेश्वर नेपाल
दोहा-कतारमा मुस्लिम समुदायको महान पर्व रमजानको विदाईसंगै हिन्दुहरुको महानपर्ब वडा दशैंको आगमन भएको छ । यसको छनक दोहाका ब्यापारीक मल र सिप¨ सेन्टरहरुमा भएको नेपालीहरुको चहलपलबाट सजिलै अनुमान लगाउन सकिन्छ । दशैको आगमनले छुटिको दिनमा केनमेल गर्नेहरुको घुइचो थामिनसक्नु देखिन थालेको छ । इलोक्ट्रोनिक पसल होस वा कपडा पसलहरुमा सामान किन्न भ्याइ नभ्याई गरीरहेका भेटिन्छन । यसोत नेपालीहरुलाई नै मध्य नजर गर्दै कतिपय पसलहरुले दशैको उपलक्ष्यमा बिशेष छुट भन्दै सेलनै लगाएर सामान बेच्ने गरेको छ । कतारबाट स्वदेश फिर्नेहरुको साथमा एउटा ब्ल्याङकेट नभएको सायदै भेटीएला । नेपालीहरु स्वदेश फर्कदा टिभी,डिभीडी,घडी,डिजीटल क्यामेरा ,इर्मेजिन्सी लाईट, ब्या¨केट ,जस्ता सामानहरु बढी लोकपि्रय छन ।
दशैको अवसर पारेर घरफर्कने तयारीमा रहेका पर्वत दुर्लु¨-२ का भोला नेपाली दुईवटा कम्मल र छोराछोरीको लागि लत्ताकपडा किन्दै गरेको भेटिए । कतार बसाई ७ वर्ष बिताइ सकेका उनले तीन छुट्टि पनि काटिसकेका छन । दशैकै अवसरमा घर जान लागेको भने यो उनको पहिलो छुट्टि हो । दशैमा चाडवाडमा जानपाउनु त खुशीको कुरा होनी । हसिलो अनुहार पार्दै उनले सुनाए । यस्तै खुशीमा छन दासिंग -५ कास्किका दिपक न्यौपाने । १० वर्षे कतार बसाई बिताई सकेका न्यौपानेको दशै छुटिभने दोस्रो हो । एल.जी सोरुमको अगाडी ल्याटन टिभी किनेर गाडीको प्रतिक्षामा बसिरहेका उनी यहि अक्टोबर ९ मा स्वदेश फर्कदै रहेछन । आफु एक्लोको लागि त यहाँ नै रमाइलो हो तर परिवारको लागि स्वदेश नै रमाइलो हुने उनको अनुभव छ ।
संगैको साथी घर फर्कन लाग्दा रोल्पा कोटगाउँ-२ का कृष्ण केसीलाई पनि स्वदेश जाउँ-जाउँ नभएको होइन तर उनी आएको एक वर्षमात्र भएको रहेछ । बिदेशमा चाडवाड आउँदा स्वदेशमा रहेका घरपरिवारको धेरै याद आउँदो रहेछ उने सुनाए । केसीकै जस्तै पीडा सुनसरि मोकरा-३ का रामकुमार मेहतालाई पनि छ । छुट्टी मिले त रमाइलो हुन्थ्यो होला नी मिल्दैन के गर्नु आफुले भनेको जस्तो हुदैन रहेछ मलिन अनुहार पार्दै उनले सुनाए ।
मिलन विछोड हाँसो रोदन त प्रकृतिको नियम नै हो भनिन्छ यस्तै कसैलाई खुशीको रौनकताले छोएको छ त कसैलाई पीडा र दर्दले । जे होस सबै प्रवासी नेपालीहरुलाई दशैको रौनकताले छोएको छ । छुट्टि नमिलेकाहरु पनि छुट्टि मिलेका साथीभाई आफन्त छरछिमेकलाई घरपरिवारको लागि सामान पठाउन ब्यस्त छन । जे छ त्यसैमा खुशी र सुखी रहनु पर्छ सम्पूर्ण नेपालीहरुलाई विजय दशमिले यहि सन्देश छाडेर जाओस हाम्रो शुभ-कामना ।

0 comments

Leave a comment