कतारमा भव्यताको साथ दशैँ मनाए ।
Published on Saturday, October 8, 2011
11:38 PM //
Headlines,
प्रबास समाचार
![]() |
रवि रोषी गतबर्षको तुलनामा यस बर्ष थुपै नेपालीहरुले कतारमा भव्यताको साथ दशैँ मनाएको समाचार प्राप्त भएको छ । कतारमा रहेका अधिकांश प्रवासी नेपाली दाजुभाईहरुले विधिपूर्वक कोठामा जमरा राखी दशमीको दिनमा टिका लगाइदिने र आफु भन्दा ठूला मान्यजनहरुबाट टिका तथा आशिष थापेको समाचार प्राप्त भएको छ । गतबर्ष भन्दा यस बर्ष लगभग ५० जनाको समूह मिली एकै ठाउँमा टिका लगाएको कुरा दोहाबाट रमेश भट्ट र चानक पोख्रेलले बताए । गत बर्ष आफुकहाँ टिका थाप्न आएका आफन्तजन र साथीभाईहरुको तुलनामा यस बर्ष दोव्वर उपस्थित भएकोले २ वटा खसी ढालिया,े अनलाईनमार्फत चानक पोख्रेलले भने । पोहोर भन्दा यो बर्ष खर्च दोव्वर भएपनि सवैलाई बोलाएर टिका लगाउँदै र मासुका पकवानहरु तथा फलफूल खुवाएर आफुले बोलाएका पाहुनाहरुसंग बसी खुशी मनाउन पाईयो हामी धेरै खुशी छौँ फेसबुकमार्फत दोहामा रहेका रमेश भट्टले जानकारी गराए ।त्यस्तै गरी दोहामा रहदै आएका नवोदित साहित्यिक मोवाइल पुस्तकालयका राजेश्वर ढकाल, सागर अजनवी, चर्चित ढुंगेल, जगतराम बर्देवा घायलले पनि समूहगत रुपमा विजयादशमीको शुभ मुहूर््त पारी एकआपसमा टिका लगाएर दशैँ मनाए । बुवा आमाको हातबाट टिका थापेर आशिर्वाद लिने सौभाग्यबाट यो बर्ष बञ्चित भएपनि कतारमा नै साथीभाईको हातबाट टिका थापी दशैँको नियास्रो मेट्यौँ, दोहाबाट राजेश्वर ढकाल, चर्चित ढुंगेल र सागर अजनवीले च्याटमा जानकारी दिए ।
![]() |















0 comments