BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

राष्ट्रपति यादव कतारको राजकीय भ्रमणमा

Published on Sunday, October 9, 2011 12:04 PM //





दिनेश रेग्मी

दोहा(कतार), आश्विन २३ - नेपाली राष्ट्रपति डा. रामबरण यादव कतारको तीन दिने राजकीय भ्रमणमा सोमवार अपरान्ह दोहा आउँदै छन् । कतारका अमिर शेख हमाद वीन खलिफा अलथानीको निमन्त्रणमा यादव कतारको भ्रमणमा आउन लागेका हुन् । यादव नेपालबाट १५ सदस्यीय प्रतिनिधी मण्डल सहित आउंदै छन् ।
राष्ट्रपति र प्रतिनिधी मण्डल सोमवार विहान ९: ४५  बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानबाट करीव ५ घण्टाको यात्रापछि स्थानीय समय अनुसार मध्यान्ह १२: ०० बजे दोहा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने छ ।
नेपाल दुतावासका अनुसार दोहा विमानस्थलमा राष्ट्रपति यादवलाई कतारका न्याय मन्त्री हसन वीन अब्दुल्ला अल घानिम, अमिरको कार्यालय 'अमिरी दिवान'को प्राटोकलको प्रनिनिधी, नेपालका लागि कतारका गैह्र आवासीय राजदुत -जो दिल्लीमा बस्छन्) र कतारका लागि नेपाली राजदुत सुर्यनाथ मिश्रले स्वागत गर्ने छन् ।
राष्ट्रपतिलाई विमानस्थलस्थित अमिरी प्रोटोकल लंचमा लगेर अमिरी रिती रिवाज अनुसार सम्मान र सम्मानार्थ सलामी दिने कार्यक्रम रहेको नेपाली दुतावासले जनाएको छ । राष्ट्र प्रमुखको रुपमा नेपालको तर्फबाट यो पहिलो राजकीय भ्रमण हो । राष्ट्रपतिको भ्रमणको बेला नेपाल र कतार वीच पर्यटन र कानुनबारे दुई वटा संझौता हुने थाह भएको छ ।
कस्तो छ राष्ट्रपतिको कार्यक्रम ?
पहिलो दिन (सोमवार)
कतार प्रवेशपछि राष्ट्रपति यादव कर्निसस्थित पांच तारे होटल शेराटनमा विश्राम गर्नेछन् । राष्ट्रपति कतार भ्रमण रहने बेलासम्म यही होटलमा बस्नेछन् ।  विश्रामपछि नेपाली दुतावास  र समुद्र पुरेर सामुदि्रक किनारामा बनाएको 'पर्ल कतार'को भ्रमण गरी रात्री भोज नेपाली राजदुतको निवासमा गर्नेछन् ।
दोस्रो दिन (मंगलवार)
दोहाको कर्निसस्थित अमिरको कार्यालय 'अमिरी दिवान'को औपचारिक कार्यक्रम सहभागी हुने छन् । राष्ट्रपतिको मुख्य भेट तथा कार्यक्रम यही नै हो । अमिरी दिवानमा अमिर अलथानी र न्याय मन्त्री अल घानिमले स्वागत गर्नेछन् । सेनाको टुकडीले सम्मान दिने छ । अमिरी दिवानमा राष्ट्रपति र अमिर वीच भेटवार्ता तथा  यही नै दुई संझौता हुनेछन् । अमिरले राष्ट्रपति यादवलाई यही नै दिवाभोज दिनेछन् ।
दिउसो खाद्यान्न, कृषि तथा पशुपालनमा लगानी गर्ने कतारको हसाद फुड कंंपनीसंग हसाद कंपनीमा प्रतिनिधी मण्डलको छलफल हुने छ । साँझ कतारको पुरातात्विक बजार सुक वकिफ -जसलाई नेपालीहरु इरानी मार्केटले चिन्छन्)मा राष्ट्रपतिको भ्रमण हुने छ ।
तेस्रो दिन (वुधवार)
विहान प्रतिनिधी मण्डडले कतारी डायर रियलस्टेट इनभेष्टमेण्ट कंपनीसंग कंपनीमा छलफल गर्नेछ । छलफलपछि राष्ट्रपति यादवले कतारको औद्यौगिक सहर तथा तेल-ग्यास उत्पादन क्ष्ाेत्र रस्लाफानको भ्रमण गर्नेछन् । रस्लाफानमा विभिन्न आयोजनाको जानकारीसंग राष्ट्रपतिले बन्दरगाहा तथा औद्योगिक सहर भ्रमण गर्नेछन् ।
अपरान्ह कर्निसस्थित इस्लामिक आर्ट म्युजियमको भ्रमण गर्ने छ । स्थानीय समय अनुसार राती ७ बजेदेखि ९ बजेसम्म राष्ट्रपति बसेको होटल शेराटनमा नेपाली समुदायसंग भेटघाट कार्यक्रम छ । दुतावासले राष्ट्रपतिसंगको भेटमा विभिन्न संघ संस्थाका प्रतिनिधी, पेशाकर्मी, व्यवसायी सहित १ सय ५० जना सहभागी हुने जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कतारका नेपालीको संख्या ३ लाख ८ हजार छ ।
चौथो दिन (विहीवार)
राष्ट्रपतिले विहान कतारको शैक्षिक सहर भ्रमण गर्नेछन् । त्यसपछि आफ्नो ३ दिने राजकीय भ्रमण सकेर स्थानीय समय अनुसार विहान ११ः ०५ बजे कतार यएरवेजबाट स्वदेश प्रस्थान गर्नेछन् । करीव ४ घण्टाको हवाईयात्रापछि राष्ट्रपति र प्रतिनिधी मण्डल साँझ ६ः ३० बजे त्रिभुवन विमानस्थलमा पुग्नेछ ।
राष्ट्रपतिको कतार भ्रमण दलमा सहभागीहरु
सम्माननीय राष्ट्रपति डा. रामबरण यादब,
राष्ट्रपतिकी छोरी अनिता यादब,
भौतिक योजना तथा निर्मार्ण मन्त्री हृदयश त्रिपाठी,
कतारकालागी नेपाली राजदुत डा. सुर्यनाथ मिश्र,
राष्ट्रपतिका सल्लाहकार राजेन्द्र दाहाल,
राष्ट्रपति कार्यालयका सचिब बामन प्रसाद न्यौपाने,
परराष्ट्रका कार्यबाहक सचिब दुर्गा प्रसाद भट्टराई,
राष्ट्रपतिका निजी सचिब ललित बहादुर बस्नेत,
शिस्टाचार महापाल मुक्तिनाथ भट्ट,
परराष्ट्र मन्त्रालयका सह-सचिब प्रल्हाद कुमार प्रसाँइ,
परराष्ट्रका उप-सचिब नारायण प्रसाद मैनाली,
नेपाली दुतावासका द्वितीय सचिब जय हादुर राई,
राष्ट्रपतिका निजी चिकित्सक डा यादबकुमार देब भट्ट,
राष्ट्रपतीका एडीसी कर्नल अनन्त कार्की,  
राष्ट्रपतिका बिषेश सहयोगी धमेन्द्र झा,
राष्ट्रपतिका एडीसी मेजर भुदिपराज कंडेल र
नेपाल टेलीभिजनका क्यामरापर्सन अरबिन्द आचार्य छन ।
नेपालबाट आउने १५ सदस्यीय राष्ट्रपतिको टोलीमा कतारबाट नेपाली राजदुत मिश्र र द्धितिय सचिव राई सहभागी हुनेछन् ।
Shabar : http://www.ekantipur.com

0 comments

Leave a comment