BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

कतारमा तिहार

Published on Wednesday, October 26, 2011 1:53 PM //


                    -राजेश्वर ढकाल
जहाँ र जुन सुकै अवस्थामा रहेपनि नेपाली कला र सस्कृतीलाई भुलेका हुदैनन भन्ने उदाहरण गत शुक्रबार दोहामा कार्यरत एक क्लिनीड़ कम्पनीका दिदीवबहीनिहरुले प्रमाणीत गरे । छुट्टि नमिलेर भनौ वा कामको ब्यस्तताले गर्दा टिकाको दिन भाइटिका लगाउन नपाए पनि उनिहरुले शुक्रवार विदाको दिनमा भाईहरु र आफन्तलाई बोलाएर सगुन दिएर एकआपसमा माया साटासाट गरेर रमाइलो गरे । दिदीभाई र दाजुवहिनी विचको रगतको नातालाई प्रगाढ पारे । 
१ सय २० भन्दा बढि नेपाली दिदीवहिनीहरु रहेको उक्त क्याम्पमा भाईटिकाको दिन आफ्नै भाई हुनेहरुको लागि भने कम्पनीले टिका लगाउनलाई गेटमा नै थोरै समय दिएको कुरा उक्त क्यामकी  क्याम्प इन्चार्ज सावित्री गिरीले बताइन ।
  आफ्नै हातबाट उनिहरुले विभिन्न नेपाली परिकारहरु सेलरोटि,आलुको अचार,पुलौ,मासु,मिठाई र फलफुलहरु बनाएर ल्याएका थिए । आफ्नो दाजुभाई र आफन्तको लागि मन पर्ने चिजहरु आफ्नै  इच्छाले बनाएर ल्याएको हुँ उक्त क्याम्पमा काम गर्ने सानु याख्खाले बताईन । यसो त काभ्रेकी इन्दिरा कुईकेल टिकाको दिननै भाइटिका लगाए पनि आफन्त र साथीहरुसंग रमाइला गर्नको लागि आएको कुरा जानकारी दिईन ।
। उक्त दिन कर्नेस एरिमा मा पुरै नेपाली दिदीवहिनीहरु र दाजुभाईहरुको मेला नै लागेको थियो ।  उनिहरुले एकआपसमा दुःख सुख साटासाट गरे । हप्ता दिनभरीको दुःखलाई भुलेर हाँसो र उमंगका साथ भाईहरुसंग रमाइ रमाई  खुवाए र खाए भने अन्य मुलुकका मानिसहरुले रोचक मानी मानी हेरेका थिए । 
गजल 
 
        -जगत राम बर्देवा “घायल”
 यो बर्ष त भभ्य भयो तिहार पनि कतारमा
भाई पूज्न दिदि बहिनी कर्नेश आए हतारमा  ॥
            
फुल छैन भन्ने लाग्थ्यो माला सम्म गाँस्न पनि
तर किन्न पाईदो रैछ रियल भए बजारमा  ॥
             
दिदि भाई दाजु बहिनी आहा कति मायाँ मोह
साच्चै गहिरो नाता रैछ देख्न पाएँ हजारमा  ॥
 
भाई त्यहाँ दिदि संग दाजु खुशी बैनी संग
टिका थाप्दै खुशी साट्दै बस्दै हाँस्दै पहरामा  ॥
            
कर्नेश आज हाम्रै पर्ब तिहारले सजिएको
 अर्को बर्ष रमाउँला हाम्रै छाँगा छहरामा  ॥
         गोरखा
हाल-नबोदितसाहित्यीक वाचनालय कतार
सवाल -कतारमा पनि आफ्नै दिदी बहिनी पाएँ मैले /खुशी हुँदै तिहारको सेल रोटी खाएँ मैले !P1000236
जवाफ-जिन्दगीको बाढी संगै बग्दै बग्दै कतार आए/भाग्यमानी रैछु म त हराएको भाई पाए !
ggg

सवाल-भाग लाउँदैछु  मैले पनि दिदि लाई सघाएर  /दुःख पिडा अन्तै छोडी संगै हास्यूँ रमाएर !!P1000271
जवाफ-सेल खान मेरो भाईलाई कर्नेसमा बोलाएनी/मखमली उन्न पाइन एकै छिन त टोलाएनी !gorkha 2
सवाल-तर म त धनि रहेछु मायाँ दिने दिदि पाएँ /बल्ल आज थाहा भयोदिदि भेट्न कतार आएँ !!!!P1000337
सवाल-मैले दिने उपहार दिदिले पो दिनु भयो / भाई गरिव केही छैन  हाँसो मात्रै चिनु भयो !!!
जवाफ-आजै देखी दिदीसंग अटुट नाता गासिदिनु /अरु केही चाहिदैन केबल सधै हासीदिनु !
DSC00398
अधेरी रात यहाँ यस्तै छ उजेली दिपावली तिमीलाई बधाई !/रमाउछु म त उदासी नै सुशेली दिपावली तिमीलाई बधाई !!P1000348
thanks Sabitri Giri & Jagtram Bardewa ! (सन्र्दभ-२०६७ साल तिहारको)

0 comments

Leave a comment