BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

मनोज बजापेयीसग एक साझ

Published on Saturday, October 22, 2011 3:51 AM //




                                                                                           -देबेन्द्र भट्टराई
दिल्लीस्थित जवाहरलाल नेहरु युनिभसर्िटी (जेएनयु)मा यही साता नेपालका प्रधानमन्त्री बाबुराम भट्टराई आउने खबर फैलिरहेका बेला मंगलबार साझ जेएनयुमा अर्कै माहोल बन्यो । कलाकार मनोज बाजपेयी जेएनयुको बिद्यार्थी युनियनको निम्तोमा फिल्म क्लबमा आउने भएका रहेछन् अन्तरंग गफगाफका लागि । मोडरेटर अविनाश दासले सुरु गरेको कुारकानीमा पछि भने बिद्यार्थीहरु पनि प्रश्नोत्तरमा मिसिन आएका थिए । "बेन्डिट क्वीन", "सत्या", "जुवेदा", "कौन", "पिन्जर", "आरक्षण", "राजनीति" जस्ता अलग धारका हिन्दी फिल्मका कारण मनोजको भिन्न छविको "क्रेज" बनाइसकेका मनोज खुला आकाशमुनि अनौपचारिक वार्तालापमा मग्न थिए । जेएनयु आउनै पनि मलाई डर लाग्छ किनभने यहा सोधिने प्रश्नको अनुमान लगाउन पनि मुश्किल हुन्छ भन्दै मनोज सुरुमा बिद्यार्थीहरुलाई हौस्याइरहेका थिए । "म भोजपुरीमा बोलौं कि हिन्दी" भन्दै धेरै हिन्दी-थोरै अंग्रेजीको मिसमासमा मनोज बोलिरहेका थिए :

-म बिहारको एक सामन्ती परिवारमा जन्मे हुर्केको व्यक्ति हु । पछि दिल्लीमा स्कुल कलेज पढ्दैदेखि म आफूमा भुत सवार भए झैं रंगमंचमा उत्रिएको थिए । अभिनयमा मभित्र यत्ति ज्वरो थियो कि म यसबारे आफ्नो परिवारलाई भन्न सकिरहेको पनि थिइन । दिल्लीको मुखर्जीनगरमा म जहा बस्थें तीन-चार जना अरु साथीहरु पनि एकैसाथ थियौं । उनीहरु भने दिनरात सरकारी जागिरमा लाग्ने तयारीमा हुन्थे । मेरो अभिनय क्रेजलाई हेरेर उनीहरु "पागल" भन्थे बरु सरकारी जागिरको तयारी गर्नका लागि मलाई भनिरहन्थे । धेरै पछि ड्ामा नाटक स्कुलमा भर्ना गर्ने अठोट गरेपछि मैंले दिल्लीबाट बिहारमा रहेका आफ्ना पितालाई पहिलोपटक पत्र लेखेको थिए-"म नाटक अभिनयका क्षेत्रमा लाग्ने भए ।"

-त्यो पत्रको कुनै जवाफ आएन । त्यसबीचमा म घर पुगें । मसग बाबु हजुरबाबु कोही बोलिरहेका थिएनन् । पाच सात दिनसम्मै कोही बोलेनन् । एकदिन उनै ९० बर्षिय हजुरबाले आफ्नो कम्मर मर्काउदै आवेगको स्वरमा भन्नुभयो-उसोभए तँ यसैगरी नर्तर्की बन्ने भइस् त

-मैले तय गरेको बाटो अलग थियो अभिनयको बाटो । तर रंगमंचमा भने आफू टिक्न नसक्ने मलाई पक्का थाहा थियो । किनभने रंगमंचले पैसा दिन सक्दैन । यहासम्म कि मलाई फुड पोइजन भएमा अथवा मेरो खुट्टो भाचिए पनि रंगमंचले उपचार खर्च दिन सक्दैन । यसकारण मैंले फिल्मी जगतमा छिर्न चाहेको हु । तर दिल्लीको रंगमंचमा मुश्किलले बनाएको नाम फेरि अर्को दुनियामुम्बइ मा गएर कसरी उभिने होला ? त्यहा के गर्ने होला ? मनभरि अनिश्चय र चिन्ता थियो ।

-शेखर कपुरको बेन्डिट क्वीन मेरो पहिलो फिल्म थियो । हामी धवलपुरमा एक रात बसेका थियौं साथमा दुइचार साथीभाइ मिलेर रम पिइरहेका थियौं । अनि जतिसक्दो हिन्दी सिनेमाको मानसिकतालाई गाली गरिरहेका थियौं । त्यही बेला निर्देशक शेखर कपुरले भने- |"तिमीलाई कसले भनेको छ कि अरुको मनले चाहेको काम गर । मुम्बइ गएर तिमी आफ्नो मनको काम गर जसबाट केही पैसा पनि मिल्नेछ । यहा तिमी आफ्नो मनले चाहेको काम त गर्छौ तर सट्टामा केही पैसा पनि पाउदैनौं । यसरी कहिलेसम्म चल्छ " हो यसकारण शेखर कपुर मेरा लागि हिम्मत हुन् ।
-आजको ग्लोबलाइजेसनको युगमा समझदार र चलाख बन्नैपर्छ । अहिलेको बजार र माहोलको जतिसक्दो उपयोग गर्न सक्नुपर्छ बजारमा मिसियो भने चाहीं अस्तित्व हराएर जान सक्छ । बजारले जे माग्छ त्यही गर्न थाल्यो भने कलाकारमा भ्रष्टपन पलाउन थाल्छ ।

-रंगमंचमा छदा मलाई जीवन धान्न जसरी कठीन पथ्र्यो फिल्मी दुनियामा पनि सुरुका दिनमा त्यही हालत थियो । "सत्या" फिल्मपछि भने म अलग मनोज बाजपेयी बनें नसोचेको कुरा । कमसर्ियल फिल्मका अफरहरु पनि आइरहेका थिए । तर मैंले आफ्नो मनलाई जितेर जुवेदा सुल कौनजस्ता फिल्महरु मात्रै खेलिरहें । मुम्बइ फिल्मी इन्डस्र्टीमा मलाई लिएर भन्थे- "यो आफूलाई निकै बाठो भन्ठान्छ आफूलाई अमिताव बच्चन सम्झन्छ । एकदिन थाहा पाउला…।" कतिसम्म भने "सत्या"पछि कमसर्ियल फिल्मका अफरहरुले मेरो मानसिक स्थिती बिचलनमा आउने स्थितीमा थियो । यत्तिसम्मको स्थिती थियो कि सुटकेशभरि पैसा लिएर कोही मेरा सामु आउथ्यो र भन्थ्यो -यो त केवल स्क्रिप्ट सुन्नलाई मात्रै हो । त्यो सुटकेशको पैसा आफूसग राख्न थालेको भए म आज यो तपाइले चिनेको मनोज बाजपेयी नभएर अरु नै केही हुन्थे होला ।

-मलाई के लाग्छ भने हरकोहीको जीवन भनेको आफैंमा एउटा चुनाव हो । कोही इन्जिनियर त कोही डक्टर चुनावमा हुन्छन् । कोही पत्रकार त कोही मजस्तो अभिनय । आज म अभिनय दुनियामा लागेर राम्रो निन्द्रा सुत्न सक्ने भएको छु म खुशी छु । मलाई कहिल्यै डर लाग्दैन कि मैंले खेलेको फिल्म हिट हुन्छ वा फ्लप । मैंले बुझेको कुरा के हो भने हरेक व्यक्तिले आफूले ओड्ने कम्बल आफैं बनाउनुपर्ने हुन्छ, बनाएको हुन्छ । म आफ्नो कम्बल ओडेर आरामको निन्द्रा सुतिरहेको छु ।

-म निर्देशक शेखर कपुरलाई सधैं सम्झिरहन्छु जसले मलाई मेरो अभिनयको बाटो देखाउनमा मद्धत गरे । "मी केवर अभिनय गर क्यामेराका बारे तिमी केही नसोच" भनेर कपुरले मलाई सम्झाएका हुन् । क्लोज अप, लंग सट वा मोनिटरका बारे जसले सोच्यो त्यो कलाकार होइन अरु नै केही बन्छ भनिरहेका हुन्थे उनी । अर्का निर्देशक रामगोपाल बर्मा व्यक्ति र निर्देशकीय काम दुबैमा लहडी हुन् केही सोच्यो कि गरिहाल्ने । निर्देशक श्याम बेनेगल साहै साधारण शैलीमा निर्देशकीय काम गर्छन् तर उनको बौद्धिकतालाई मान्नुपर्छ । मेरो बुझाइमा अनुराग कश्यप भने आजको जमानाका सबैभन्दा राम्रा निर्देशक हुन् । उनले बनाएको फिल्म कि उत्कृष्ट हुन्छ कि निकृष्ठ । उनी बीचमा रहन जान्र्दैनन् । देवदास वा ब्ल्याक प्रुाइडे जस्ता फिल्ममा अनुरागको त्यो गुण देख्न सकिन्छ । प्रकाश झालाई भने म एकै समयमा पाच सात जिम्मेवारी निभाउन सक्ने बहुआयामिक व्यक्तिका रुपमा हेर्छु ।
-"पिन्जर" फिल्मपछिको मेरो मानसिक स्थिती एकदमैं नसोचेको बन्यो । एउटा पात्र र अभिनयमा डुबेर काम गरेपछि त्यस परिदृष्यबाट उठ्नै मात्रै पनि महिनौं लाग्थ्यो । मेरी श्रीमती मलाई भन्थिन्-मैंले एउटा मनोज बाजपेयीसग बिहा गरेकी हु तर लाग्छ मैंले एकसाथ पाच सात पुरुषसग बिहा गरेकी छु । अझ "शुल" फिल्म गरेपछि मलाई मानसिक बेचैनी भएको थियो । रातमा निन्द्रा थिएन बिभत्स सपना मात्रै देख्थें । म मनोचिकित्सकहा जान थालेको थिए । लगत्तै पिन्जरबाट राष्टिय अवार्ड पाएपछि भने "म जे छु ठीकै छु भन्ने भएको थियो ।

-एउटा सफल कलाकार बन्ने के सुत्र होला मलाई धेरैले यो जिज्ञासा राखिरहन्छन् । यस्तो सफलताको सूत्र केही छैन जसलाई मन्त्रसरी राख्न सकियोस् । केही काम गर्नका लागि मनमा भित्र एउटा "ज्वाला" हुनुपर्छ अठोट हुनैपर्छ । कुनै एउटा फिल्म हिट होस् त्यसबाट पैसा कमाइयोस् मसर्िडिज गाडीमा चढ्न पाइयोस् विदेश जान पाइयोस् भन्ने मनोकांक्षा राख्ने हो भने अभिनयको जगतमा नआए पनि हुन्छ । अथवा यस्तो बर्गका लागि मसग सफलताको सूत्र र मन्त्र केही पनि छैन । र तपाई मिडिया जगतले पनि खाली बक्स अफिसको मात्रै कुरा गर्दिनुभएन । अभिनय कला र अठोटसग बक्स अफिसको तुलना गर्दिनुभएन ।

 (तस्वीर ः देबेन्द्र कान्तिपुर)




0 comments

Leave a comment