BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

चार करोडको गोपाल भुटानी फाउन्डेसन घोषणा हुदै

Published on Tuesday, January 10, 2012 8:10 AM //


फिल्मीखबर, 


नागरिकता प्राप्तीको अन्तिम इच्छा समेत पुरा  नगरी निधन भएका कलाकार  गोपाल भुटानी समर्पित गर्दै उनको नाममा करिब चार करोड बराबरको फाउन्डेसन खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
 
  चलचित्र द्धन्द कलाकारसंघका अध्यक्ष योगेन्द्र  श्रेष्ठले दिएको जानकारी अनुसार आउदो शुक्रबार पत्रकार सम्मेलन मार्फत् उक्त फाउन्डेसन स्थापनाको बिस्तृत जानकारी दिईदैछ  । जमिन विनाको झण्डै चार करोडको प्रोपटी  हुने उक्त फाउन्डेसन सेवा मूलक ढङ्गले सञ्चालन हुने छ । जस अनुरूप चलचित्र विद्यालयको रूपमा फाउन्डेसनलाई अगाडी  बढाईने योजना रहेको श्रेष्ठले जानकारी गराए । फाउन्डेसन को नाम गोपाल भुटानी स्मृति प्रतिष्ठान राखिएको छ ।
 
शुक्रबारको भेलाबाट फाउन्डेशन सञ्चालनका लागि कस्ता ब्यक्ति पर्ठाईने भन्ने बिषयको पनि टुंगो लाग्ने  छ । फाउन्डेसन खोल्नका लागि अभिनेता सुनिल थापाको संयोजकत्वमा गठित तर्थ समितिका सदस्य समेत रहेका योगेन्द्रले भने  'फाउन्डेसन खोल्दा विवाद नहोस भनेर हामीले सोही कार्यक्रमबाट सर्वसम्मतमा  सञ्चालन समिति चयन गर्ने निर्णय  गरेका छौ ।  जसमा चलचित्र विद्यामा नाम कमाएका  ब्यक्ति मात्र हुने छन् । ' 
 
सञ्चालक समिति गठन भएलगत्तै उक्त फाउन्डेसनले प्रत्येक बर्ष चलचित्र विद्यामा नाम कमाएका ब्यक्तिलाई पुरस्कृत एवं सम्मान गर्ने लक्षय पनि बोकेको योगेन्द्रले बताए । योगेन्द्रका अनुसार फाउन्डेसन स्थापनाका लागि आयरल्याण्डका एनआरएन अध्यक्ष  गणेश प्रर्साईले आफ्नो  नेतृत्वबाट  यूरोपका छ वटा मुलुकमा रहेका  एनआरएनहरूको पहलमा  उक्त रमक निकासा गर्ने भएका हुन । गोपाल भुटानीको २०६७ साल मंसिर ७ गते निधन भएको थियो ।  

0 comments

Leave a comment