BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

सुचना ! सुचना !! सुचना !!!

Published on Sunday, June 30, 2013 12:33 PM // ,

द्विशत बार्षिकी भानु जयन्ती -२०७०" - “अनेसास-नबोदित वाचन शृंखला २८औं डबली" - "पाँचौ खुल्ला कविता प्रतियोगिता—२०७०" - "नबोदित कृति अवार्ड - २०७०" - "तेस्रो बार्षिक साधारण सभा - २०७०" अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतारको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको द्विशत बार्षिकी जन्म जयन्तीको अवसर पारेर साहित्यकार खगेन्द्र संग्रौला, कबि बिमल निभा तथा पत्रकार देवेन्द्र भट्टराई को आतिथ्यमा “पाँचौं खुल्ला कविता प्रतियोगिता—२०७०” आयोजना गर्न लागिएको कुरा जानकारी गराउंदै उक्त प्रतियोगिताको लागि कतारमा रहनुभएका सम्पूर्ण कविहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ । यसका साथै सोहि कार्यक्रम मा "नबोदित कृति अवार्ड-२०७०" प्रदान गरिने तथा नबोदित साहित्यिक मोबाइल पुस्तकालय को तेस्रो बार्षिक साधारण सभा पनी हुने र पुस्तकालयको नयाँ कार्य समिति चयन पनि हुने कुराको जानकारी गराउंदै उक्त कार्यक्रममा उपस्थित हुनको लागि कतारमा रहनुहुने सम्पूर्ण साहित्यानुरागी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिन्छ l कार्यक्रम हुने मिति:–१२ जुलाई २०१३ कार्यक्रम हुने स्थान:—पछी तय गरिनेछ समय:— दिनको १२ बजे देखि

0 comments

Leave a comment