BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

गजल

Published on Tuesday, June 25, 2013 1:50 PM //


                              -राजेश्वर ढकाल
गुन्द्रुक ढिडो खाएको भुल्या छैन परदेशीले
गाउ  बेसी धाएको भुल्या छैन परदेशीले

भन्दै छनकी साथीभाई उतै भुल्यो रंसरंगमा
रोधि घरमा गाएको भुल्या छैन परदेशीले

प्रियसीले भन्दै छिन रे उतै माया गाँसो बैनी 
छुट्दा आँशु खसाएको भुल्या छैन पर्देशी

गैरी खेत बन्दक राखी एउटा छोरो विदेसीदा
वावाको मन निस्ताएको भुल्या छैन पर्देशीले

विहान देखी साँझ सम्म श्रम विक्री गर्दा पनि
पेट यो  भर्न नपाएको भुल्या छैन पर्देशीले
                     -
बगुवा-६ गोरखा 
हाल; दोहा-कतार 

Tags:

0 comments

Leave a comment