BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

समय संग फेरीएको मन

Published on Sunday, June 30, 2013 12:52 PM // ,


राजेश्वर ढकाल समय पनि कस्तो अनौठो छ भने, हिजै जस्तो लाग्छ हामी विचमा परिचय भएको तर आज २ वर्ष पनि बिति सकेछ । समयले कित छिट्टै फड्को मारेछ पत्तै पाउन सकिएन । रहरै रहरमा मलाई पनि ब्लग चलाउने रहर जाग्यो , अनेक उपाए गर्दै अलि अलि ब्लग चलाउन जान्ने भए । यहि ब्लकै सिलसिलामा एकजना साथीसंग भेट भयो ।हामी अनलाईनमा कुरा हुन थाले । म भन्दा ब्लगमा निकै सिपालु उसले मेरो ब्लगलाई पनि बनाईदिने कुरा गर्थे , मैले विश्वास गरेर कोडहरु दिन सक्ने अवस्था थिएन ,उसले विश्वास दिलाउन खोज्थ्यो तर पनि अनलाईनमा मात्र चिनजान भएको ब्यक्तिलाई कसरी विश्वास गरेर आफ्नो पासर्वडहरु दिउ भन्ने जस्तो लाग्थ्यो । तर पनि उसले विश्वास दिलाउन खोजे पछि , मैले आफ्नो ब्लगको कोडहरु उनलाई दिए , उनले राम्रो नै बनाईदिए । हामी अनलाईनबाट सरेर फोनमा पनि कुरा गथ्यौ । हामी घण्टौ घण्टौ कुरा गथ्यो कहिले यहा कामको अवस्था , कहिले पारिवारीक जीवन त कहिले यस्तै अनेक साना तिना कुराहरु नै । यसरी नै दिनहरु हप्तामा , हप्ता महिनामा र महिना वर्षमा बित्न थाले । हाम्रो भेट भने भएको थिएन । हुन त मेरो बसाई दोहा वरिपरि नै थियो, तर उ अलि दोहा भन्दा बाहिर बस्ने र शुक्रबार पनि छुट्टी नहुने हुदा हाम्रो प्रत्यक्ष भेट भएको थिएन । एकदिन उसले म दोहा आउने कुराले निकै खुशी भए । हनु त हाम्रे बार्तालाप दैनिक जसो भएपनि भेट पहिलोथियो । निकै उत्सुकता पनि जाग्यो , उ दिनको २ बजे दोहा तिर आएर फोन गरेको अझै मलाई याद छ म जैद्धामा छु तपाई कता ? म पनि जैद्धामा नै थिए । उसाई देखी हाले यो फेसबुकले पनि सजिलो बनाईदिएको छ मान्छे चिन्नको लागि । कालो सट खैरो पाइन्टमा , कालो चस्मा ढल्काउदा गोरो मान्छे निकै सुन्दर देखिएको थियो उसलाई त्यस गेटपले । मिठो बोली, बोलि पिच्छै मन्द मुस्कानले सबैलाई लठ्ठ पार्ने उनसको खुवी पनि मन पर्यो मलाई । यसरी नै दिन वित्दै गए । समय संगै उसका मनहरु फेरीन थाले । सधै सम्पर्कमा रहने साथी आजकल समय अभाव हुन थालेको छ । कामको ब्यस्तताले गाज्न थालेको छ उसलाई । हिजोको दिनमा दिन मारेर दोहा आउने साथी आजकल दोहामै हुदा समय मिल्दैन रे । साथीको फेरीको मन देख्दा आफै दंग परेको छु । हिजोका दिनमा हरेक कुराहरु शेयर गर्ने साथीमा आएको परिर्वतन ले ।

0 comments

Leave a comment