BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

आमाको खुकुरी प्रहारबाट छोरा गम्भीर घाइते

Published on Thursday, July 4, 2013 2:51 PM //

District-13-Udayapur-hamrakuraउदयपुर,२० असार । उदयपुरको त्रियुगा नगरपालिका–३ विषणपुरका एक किशोर  बिहिबार दिउँसो आमाको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय विकास भुजेल रहेका छन् ।
भुजेललाई आफ्नै आमा ३८ वर्षीया इन्द्रमाया भुजेलले बिहिबार १२ बजे ढाडमा खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख महेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
विकासले आमासँग पटक–पटक  पैसा माग्ने गरेको र आमाले छोरासँग दिक्क भएर छोराको ढाडमा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । घाइतेको गाईघाट बजारस्थित सूर्योदय अस्पतालमा उपचार भइरहेको छ भने इन्द्रमाया प्रहरी नियन्त्रणमा छिन् ।

0 comments

Leave a comment