BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

शुरु भयो एएनए सम्मेलन

Published on Thursday, July 4, 2013 2:52 PM //

ana1
न्युयोर्क, जुलाइ ४-अमेरिकामा वसोवास गर्दै आएका नेपालीहरुको संस्था द एसोसियसन अफ नेपालिज इन अमेरिका, एएनए सम्मेलन सुन्दर शहर न्युयोर्कमा आजदेखि शुरुभएको छ । स्थानिय समय अनुसार विहान नौ बजेदेखि एकघण्टा परेड लगत्तै राष्टिय गान गाउदै सम्मेलन शुरु भएको हो । नेपालका लागि अमेरिकी राजदुत पिटर बोडेले उद्घाटन गर्दै सम्मेलनले नेपाल र अमेरिकाको सम्वन्धमा थप आयाम थप्ने वताउनुभयो । नेपालमा घोषणा भएको चुनावको स्वागत गर्दै त्यसमा अमेरिकाले सहयोग र समर्थन गर्ने वताउनुभयो । कार्यक्रमका विशेष अथिति नेपाली काँग्रेस सभापति सुशिल कोइरालाले प्रवाशमा वसेका नेपालीहरुले आफ्नो देशप्रति व्यक्त गरेको माया र सदभावको उच्च कदर गर्दै मुलुकको हितमा हुन लागेको चुनावमा सहयोगी भूमिकाको आग्रह गर्नुभयो । सम्मेलनका लागि भनेर नेपालबाट सरकारी टोली, सगरमाथा आरोही, कलाकार, राजनितिज्ञ, सहितको सहभागीता रहेको छ । विदेशी अथिति सहित अमेरिकाका विभिन्न ठाउमा बसोवास गर्दै आइरहेका नेपालीहरु सम्मेलनमा सहभागी रहेकाछन् । प्रवासमा रहेका विशेष गरी अमेरिकाका विभिन्न ठाउहरुमा वस्ने नेपालीहरुलाई एकै थलोमा जम्मा गरेर नेपालका लागि केही गरौ भन्ने उद्देश्य लिएको यो सम्मेलनमा १३ हजारको उपश्थिति रहने आयोजक पक्षले दावी गरेको छ । सम्मेलनमा साँस्कृतिक कार्यक्रम देखि खेलकुद, फेशन शो, लगायतका विभिन्न आकर्षणहरु राखिएको यो सम्मेलन तीन दिनसम्म चल्नेछ । ३१औं पटक हुन लागेको एएनए सम्मेलनको क्रममा संस्थाको विवादस्पद क्षविका विभिन्न प्रशंग उठिरहेको बेला संस्थाको भूमिकालाई नेपाल नेपालीको हितमा लाग्न सम्मेलन कति सार्थक होला भन्ने विषयमा सवैले चासो गरेका छन् । सम्मेलन तीनदिनसम्म चल्नेछ ।

0 comments

Leave a comment