BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

मेरी हुन नसकेकी अस्मी…!

Published on Saturday, March 26, 2011 1:50 PM //

समय पनि अनौठो रहेछ । कहिले खुशीको सगरमा उडाउँछ त ,कहिले रोदको सागरमा डुबाउँछ । कहिले मिलन गराउँछ त कहिले विछोड। न यसले कसैलाई पर्खन्छ न रोक्न सक्ने तागत छ हामीमा ? चलिरहन्छ निरन्तर निरन्तर…।!!
उनी अर्थात अस्मी र म एउटै कक्षामा पढ्थ्यौ । अस्मीको मेहनती बानी, लजालु स्वभाव र मिजासिलो प्रवृतिले गर्दा सबैको प्रीय थिइन । उनको यहि बानीले मलाई पनि निकै अकर्षित गरेको थियो । हुन त उनी अरुभन्दा मसंग बढिनै घुलमिल हुने गर्थिन । सायद भगवानले पनि हामी दुई एक भएको हेर्न रुचाएका थिए होलान ? अस्मी र म आपसमा हरेक दुःख सुख साट्ने गथ्र्यौ । हामी वीचमा कुनै कुरा छिप्दैन्थ्यो । हाम्रो मित्रताको सम्बन्ध मित्रता भन्दा पनि प्रेमी प्रेमीकाको रुपमा परिचत हुँदै गयो । हामीले एक अर्कालाई राम्रोसंग बुझ्यौ र भविष्यको कल्पना गरी सँगै जीवन बिताउने निर्णय लिएका थियौ । तर त्यो सम्बन्ध हामी दुई वीचमा मात्र सिमित थियो । हाम्रो परिवारलाई सम्बन्ध बारेमा जानकारी थिएन । परिवारलाई थाहा नदिनु नै आज अभिशाप भएको छ । सायद हाम्रो मित्रता परिवारलाई पहिले अवगत भएको भए यस्तो हुँदैन थियो होला ?
बिहानको चार बजेको हँुदो हो । फोनको घण्टी बज्यो । उठाएँ
त्यो परिचित नम्बर थियो । तर मात्र सुक्क सुक्कको आवाज सुनीयो । मनमा चिसो पस्यो । केही अनर्थ भएको अनुमान लगाए । नत्र पीडा, दर्द र दुःखहरु लुकाएर हाँसो भर्ने मेरी अस्मी आज अनायसै यो अवस्थामा हुन्न थिइन । सधै हामीले अझै धेरै गर्नुछ राज त्यसैले तिमीले आफ्नो
भविष्यलाई ख्याल गरेर काम गर्नु । यहाँको चिन्ता नलिनु भन्दै आश्वासनका थैलीहरु बाँड्ने मेरी अस्मीको यो हालत देख्दा मनमा चिसो पस्नु अस्वभाविक र नौलो अवश्य हैन । आफुलाई सम्हाल्दै उनलाई सोधे अस्मी, के भयो ? किन यसरी रोएकी ? उताबाट अझै वाक्य निष्किएन । मात्र सुक्क…सुक्क ………………॥धेरै विन्ति गरे पछि बल्ल उनको मुखबाट वाक्यहरु निष्किए । उनले भनीन राज अब म तिम्रो रहन सकिन……॥ उनले यति के भनेकी थिइन म छाँगोबाट खसे जस्तो भए
अनी भने अस्मी तिमी यो के भन्दै छौ ? तिमी होसमा त हो ? विवश उनले भनीन हो राज म होसमा नै छु । अब म तिम्रो हुन सक्दिन । हाम्रो परिवारले तिम्रो र मेरो सम्बन्धलाई स्वीकार्न सकेन । भन अब म के गरु ? उनी रुदै थिइन । मेरो पनि बोली अवरुद्ध भयो ……॥ आफुलाई सम्हाले अनि भने अस्मी म तिम्रो परिवारलाई सम्झाउँछु तिमी चिन्ता नगर । हैन राज अब सम्झाएर हुने केही पनि छैन । मेरो कुरै सकिएको थिएन उनी झन रुन थालिन । यदि तिमी यहाँ भएको भए परिवार पनि त्याग्न सक्थे । तर अब मसंग एउटा मात्र विकल्प छ त्यो हो आत्मा हत्या……।!
अस्मी के भने की यस्तो तिमीले उनको बोलि सकिनु भन्दा पहिले मैले उनलाई रोके । उनले भनिन राज हो मैले मृत्युलाई पिन अंगाल्न खोजेकी थिएँ तर तिम्रो मुख नहेरी मरे भने नर्कमा पनि ठाउँ पाउँदिन भन्ने लाग्यो त्यसैले अब म के गरौ भन्दै
बिलौना गर्न थालिन । मैले उनलाई सम्झाउने कोसिस गरे । अस्मी प्राप्ति मात्र प्रेम होइन त्याग
पनि प्रेम हो । पक्कै पनि तिम्रो परिवारले भलाई कै लागि यो कदम उठाएका हुन सक्छन त्यसैले अस्मी परिवारको निर्णयलाई स्वीकार गर । हाम्रो सम्बन्ध लाई एउटा मिठो सपनाको रुपमा लिनु ।समयको खेल वा भाविको लेखा सम्झनु । तिम्रो विहे हँुदैमा हाम्रो असल मित्रता त टुट्दैन नी हैन
र ?हामी जीवन साथी नबने पनि असल साथी त बन्न सक्छौ नी ?त्यसैले मेरो कारण तिम्रो बन्न
लागेको नयाँ जीवन भत्काउने कोसिस नगरे । यिद तिमी मेरो यो निर्णय मान्यौ भने सोच्ने छु तिमीले मलाई अझै सच्चा दिलले माया गर्छौ । त्यसैले अस्मि अब आफनो सुन्दर भविष्य बसाल । उनी धेरै रोइन म पनि ! त्यो हाम्रो अन्तिम रुवाई थियो । जुनपल अब फेरी आउने छैन ।
अहिले पनि हाम्रो सम्पर्क भै रहन्छ । अहिले त उनको सानो
परिवारमा अविनेशको पनि आगमन भएको छ रे । उनले खुशी हँुदै मेल लेखेकी थिइन । हाम्रो दुःखपूर्ण प्रेम कहानी उनको श्रीमानसंग पनि सियर गरिछन । उनको श्रीमानले पनि भेट्ने इच्छा जनाएको उनले मेलामा लेखकी थिइन । उनले लेखेकी रहिछिन राज अब मेरो एउटा इच्छा छ ।
मैले पनि उनको इच्छा के रहेछ जान्नको लागि रिप्लाई गरे । उनको इच्छा रहेछ मेरो विवाह भएको हेर्ने । मैले पनि उनलाई भने अस्मी कस्ले विश्वास गर्ला र मलाई …॥ तिमी भनन मात्र तिम्रो लागि केटीको लाइन लगाइदिन्छु । उनले मेरो लागि केटी हेरी सकेको जवाफ मेलमा लेखेकी थिइन । राज अब तिम्रो फर्कने बेला भयो आऊ अनि उनीसंग विवाह गर्नुपर्छ भन्दै मेल गरेकी रहिछिन हेरु के हुन्छ………… समयले कुन मोडमा पुर्याउने हो ,अनभिज्ञ छु ।
-राजेश्वर ढकाल 
नवोदित साहित्यिक मोवाईल पुस्तकालयद्धारा प्रकाशित नवोदित बुलेटिन दोस्रो अंकमा प्रकाशित

Tags:

0 comments

Leave a comment