BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

अन्तर-कुन्तर कुरा

Published on Tuesday, April 26, 2011 3:42 AM //


आर्यन सिंग्देल (नायक)

तीन कुरा जसका कारण तपाईं आफ्नो जीवनलाई माया गर्नुहुन्छ ?

आफैं, परिवार र चलचित्र

जीवनमा गर्न चाहेर पनि नसकेका दुई काम ?

गायन र एट प्याक्स मसल्स

एक जना जसलाई जीवनभर बिर्सन सक्नुहुन्न ?

पूर्वप्रेमिका अनारिया

जीवनमा किन्न बाँकी महत्त्वपूर्ण वस्तु ?

इन्गेज्मेन्ट रिङ

यदि तपाईंसँग सुपर पावर भयो भने ?

नेपाललाई सीधै स्विट्जरल्यान्ड बनाएर नामचाहिँ नेपाल नै राख्थें । 

संसारका तीन सुन्दरी महिला रोज्नुपर्‍यो भने ?

एञ्जिलिना जोली, सुस्मिता सेन र झरना बज्राचार्य

पछिल्लो पटक कहिले सबैभन्दा धेरै खुसी हुनुभएको थियो ?

पहिलो चलचित्र 'किस्मत' साइन गर्दा ।

तपाईंसँग भएको सबैभन्दा महँगो वस्तु ?

टोयटा कोरोला कार

तपाईंले सबैभन्दा बढी प्रयोग गर्ने थेगो वा शब्द ?

चाहिँ

तपाईंको सबैभन्दा राम्रो बानी ?

खाना पकाउनेदेखि घर सफा गर्नेसम्म, म आफ्ना सबै कार्य आफैं गर्छु ।

तपाईंले हालसालै हराएको कुनै वस्तु ?

मोबाइल सेट

कुन खानेकुरा सम्झँदा मुखै रसाएर आउँछ ?

छोयला

कुन महिला सेलिब्रेटीलाई देख्दा यौनचाहना बढेको अनुभूति हुन्छ ?

स्कारलेट जोहान्सन (हलिउड अभिनेत्री)

Tags:

0 comments

Leave a comment