BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

नीर शाहले गुमाए ३५ करोडको प्रोजेक्ट

Published on Tuesday, April 26, 2011 3:46 AM //


font increase font decrease
nir_shah_home_400अभिनेता तथा निर्माता नीर शाह प्रमुख रहेको नीर फिल्मस प्रालिले ३५ करोड रुपैंयाको एक स्पेनिस प्रोजेक्ट निर्माण गर्ने मौका गुमाएको छ । स्पेनको मिडिया फिल्म्सले नेपालका लागि शाहलाई प्रोजेक्ट निर्माणका लागि ठेक्का दिन चाहेको थियो तर कतिपय कुरामा असमझदारी भएपछि नीरले प्रोजेक्ट नै छाड्नुपर्‍यो । 'काठमाण्डू सङ'को नाममा यतिबेला जोमसोममा फिल्म सुटिङ भैरहेको छ । नीरले छाडेपछि नेपालको प्रोजेक्टको जिम्मा 'साइलेन्स इन्टरटेनमेन्ट'ले पाएको छ ।


स्रोतका अनुसार शाहले बढी रकममा ठेक्का लिन खोज्नु र निर्माण क्रममा एकलौटी तथा राजस्व छल्न खोजेको कारणले निर्माण कम्पनीले ठेक्का दिन नचाहेको हो । 'जोमसोममा विदेशी सिनेमाको सुटिङ गर्नुपरे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापलाई हजार डलर कर तिर्नुपर्छ' स्रोत भन्छ 'तर नीर शाहजी उक्त कर पनि नतिरी सस्तो मूल्यमा अवैधानिक रुपबाट फिल्म सुटिङ गर्न तम्सनुभयो ।' शाहले 'काठमाण्डू लुलाभाई' नाममा फिल्म दर्ता गरी एकलौटी पार्न खोजेको राजस्व छल्न चाहेको आशंका बढेपछि मिडिया फिल्मसले शाहलाई ठेक्काबाट बन्चित पारिदिएको हो ।

लेरी लेभोन्को निर्माता र आइसर निर्देशक रहेको उक्त प्रोजेक्टको सुटिङ कथामा उब्जिएको विवादले ढिला सुरु भएको थियो । काठमाडौं, भक्तपुर र मुस्ताङका तीन स्थानमा सुटिङ हुँदैछ । चलचित्रमा बीएस राणासहित १६ नेपाली कलाकार छन् । चलचित्र नेपाली पुरुषसँग विहे गरेकी एक स्पेनी महिला विकी सुविरानाको बारेमा छ । तर, विकीका पति लक्की शेर्पाले आफ्नो व्यक्तिगत जीवनमा असर पार्ने गरी फिल्म बनाउन लागेको भन्दै फिल्मविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले अनुमति किन दिएको भन्दै चलचित्र विकास बोर्डलाई कारण देखाऊ आदेश जारी गरेको थियो । विकी र लक्कीबीच डिभोस्र भैसकेको छ । 
shabhar : merocinem.com

Tags:

0 comments

Leave a comment