BABUGORKHALI

समाचार मनोरन्जन आदिको सगालो

घर किनेपछि अरुणिमाले छाडिन् दुई फिल्म

Published on Tuesday, April 26, 2011 3:49 AM //


arunima_lamsal_in_400
कतिपय अभिनेत्री प्रोजेक्ट नपाएर फुर्सदमा छन् । तर, अभिनेत्री अरुणिमा लम्सालको मामिलामा भने अवस्था उल्टो छ । वितेको एक महिनामा 'निगरानी' हिरोइनले दुई-दुईवटा सिनेमा छाडिन् ।

फिल्म छाड्नुको कारणबारे अरुणिमाले भनिन् 'अहिले म गृह व्यवस्थापनमा लागेकी छु ।' एक महिनादेखि आराममा बसेकी उनी कता हराइन भन्ने गाइँगुइँ पनि नचलेको होइन । हिरोइनबाट फिल्म लेखक समेत बनेकी अरुणिमा आमा बन्न लागेको अड्कलहरु पनि नकाटिएका होइनन् ।

ती गाइँगुइँहरुको खण्डन गर्दै उनले भनिन् 'आराम गरेर बसेको होइन । नयाँ घर किनेकाले डेकोरेसनमा व्यस्त छु ।' जेठको पहिलो साताबाट नयाँ प्रोजेक्टको सुटिङमा व्यस्त हुने कुरा पनि उनले बताइन् । चलचित्रको कमाईले यसअघि कार किनेकी अरुणिमाले पति र आफ्नो कमाईमा राजधानीको कपनमा घर किनेकी हुन् ।

पति जागिरमा व्यस्त भएकाले आफू घरको काममा व्यस्त भएको उनले सुनाइन् । सोही घरको सजावट, रङरोगन, फर्निसिङलगायतका काममा व्यस्त छिन् उनी । घरको काम सकेर चलचित्रको काममा लाग्ने उनको कथन छ । अभिनेता विराज भट्टपछि अरुणिमाले घर किनेकी हुन् । यसअघि उषा पौडेलले पनि सिनामंगलमा घर किनेकी थिइन् ।

shbhar : मेरोसिनेमा 

Tags:

0 comments

Leave a comment